समाचार »

पोखरामा ‘लेक टु लेक’ साइकल ट्रयाकको गुरुयोजनाबारे छलफल

पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्नेगरी निर्माण गर्न लागिएको ‘लेक टु लेक’ साइकल ट्रयाकको गुरुयोजनाबारे छलफल गरिएको छ। विकास साझेदार एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्रयाकको रुटका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको हो। छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ कि.मी. लम्बाईको ‘लेक टु लेक’ जोड्ने साइकल ट्रयाक पोखराका लागि महत्वपूर्ण पर्यटकीय पूर्वाधार…

जापानका सांसदलगायत पोखरा महानगर प्रमुख आचार्यबीच भेतवार्ता

जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ। सांसदहरू याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेइ ताकाकुराको नेतृत्वमा जापानका १६ जना व्यवसायीहरूको टोलीले नगरप्रमुख आचार्यसँग भेटवार्ता गरेको हो। भेटवार्तामा नगर प्रमुख आचार्यले पोखरा र जापानबीचमा निकै लामो समयदेखि श्रम तथा प्रविधिको आदान–प्रदान हुँदै आइरहेको उल्लेख गरे। पोखरामा…

‘प्रदेश सरकारलाई हातखुट्टा बाँधेर दौडन लगाइएको अनुभव भएको छ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाण्डेले प्रदेश सरकारलाई हातखुट्टा बाँधेर दौडिन लगाइरहेको अनुभव सुनाएका छन्। कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ (२०२४ को दोस्रो दिन, बिहीबारको पाँचौँ सत्र ‘मुख्यमन्त्रीका मुख्य मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने, ‘संघीय सरकारको नालायकीपनले प्रदेश सरकारले गाली खाइरहेका छन्।’ संघीय संसद् र संघीय सरकारले संविधानअनुरूप कानून…

फ्रान्सेली राजदूत भिर्जिनी–पोखरा महानगर प्रमुख आचार्यबीच भेटवार्ता

नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनी कोर्टेभालले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेकी छिन्। पहिलो पटक पोखरा आएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्यबीच दुई पक्षीय हितका विषयमा छलफल भएको छ। विशेषगरी, अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रीत भएको नगर प्रमुख आचार्यले बताए। फ्रान्सेली नागरिक मौरिस…

देवराज बराल, नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीको अध्यक्ष

नेपाल प्रजातन्त्र सेनानी संघको कास्कीको अध्यक्षमा देवराज बराल चयन भएका छन्। संघको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा जगननाथ गौतम चयन भएका छन्। सचिवमा फणिन्द्रराज पराजुली छन्। त्यसैगरी, सदस्यहरुमा चित्रप्रसाद खनाल, मोतिप्रसाद बस्ताकोटी, राममणि भट्टराई, टेकनाथ घिमिरे, यमबहादुर रानाभाट, रामप्रसाद तिमिल्सीना, रमा कार्की, जीवनजंग हिमाली, टिकाराम बास्तोला, चिरञ्जीवी…

यु–१९ को नेपाली महिला क्रिकेटरहरुलाई जनही साँढे २ लाख पुरस्कार

विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीका सदस्यलाई क्यानले साढे २ लाख रुपैयाँ दिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टी–२० विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यहरुलाई जनही साँढे २ लाख रुपैयाँका दरले पुरस्कारसहित सम्मान गर्ने भएको हो। क्यानको आज (बिहीबार) बसेको बैठकले खेलाडीलाई साढे २ लाख र अफिसियलहरूलाई १…

‘द गार्जियन’ को घोषणा, ‘एक्स’ प्लेटफर्म बहिस्कार

बेलायती अखबार ‘द गार्जियन’ले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अब कुनै कुरा पोस्ट नगर्ने भएको छ। गार्जियनले ‘एक्स’मा नकारात्मकता धेरै भएको उसले बताएको छ। अबदेखि आफ्नो आधिकारिक एकाउन्ट ‘एक्स’मा कुनै समाचार पोस्ट नगर्ने बताएको हो। ‘गार्जियन’ले भनेको छ, ‘हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट ‘एक्स’ मा पोस्ट गर्न बन्द गरेका छौँ। तर, ‘एक्स’ प्रयोगकर्ताले हाम्रा रिपोर्ट…

रुपन्देहीमा रवि लामिछानेको ३ दिनको बयान सकियो

रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रूपन्देहीमा ३ दिनको बयान सकिएको छ। पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा उनले सहकारी ठगीमा आफ्नो संलग्नता ठाडै अस्वीकार गरेका छन्। अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उनले सोधिएका सबै प्रश्नमा आफू कतैपनि सहभागी नभएको जनाएका छन्। हरेक…

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको असामयिक निधन भएको छ। गौचनको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो। हृदयाघातका कारण गौचनको निधन भएको हो। काठमाण्डौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा हिँजो (बुधबार) राति साढे ११ बजेतिर गौचनको निधन भएको हो। उनलाई राति असहज भएपछि १० बजे अस्पताल लगिएको थियो। केही दिनअघि उनी डेंगुबाट संक्रमित भएकी थिइन्।…

मैत्रीपूर्ण फुटबलमा ताजिकिस्तानसँग नेपालको लज्जाजनक हार

ताजिकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४–० को फरक गोल अन्तरले पराजित भएको हो। नेपालले पहिलो हाफमा ३ गोलले पछि परेको थियो भने दोस्रो हाफमा थप १ गोल ब्यहोरेको थियो। ताजकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान २ गोल गरे। अब, नेपालले यसै…