समाचार »

पर्वतमा सरोकारवालाबीचको आपसी सहमतिमा नयाँ भाडादर

पर्वत जिल्लामा संचालन हुने जीप तथा बसले यात्रुबाट मनलाग्दी भाडा असुल गरेको गुनासो आएपछि सरोकारवालाबीचको छलफलमा नयाँ भाडादर कायम गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतमा सरोकारवालाबीचको बैठकले नयाँ भाडादर कायम गरेको हो। यात्रुलाई सवारी धनीले मनपरी भाडा लिएको गुनासो धेरै आएपछि सहमतिमा भाडादर कायम गरिएको हो। नयाँ कायम भएको भाडादर अनुसार पर्वत जिल्लाको कच्ची सडकमा…

स्थानीयवासीलाई सिक्लेस हाइड्रोपावरको आइपीओ खुला

सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो। आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका– १, २ र ३ का…

फ्रान्स पहिलो पटक महिला युरोको सेमिफाइनलमा

फ्रान्सको महिला टोलीले पहिलो पटक युरो महिला कपको सेमिफाइनलमा स्थान बनाएको छ। शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १–० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसीपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो। फ्रान्सेली म्यानेजर कोरिन डिआक्रेले भनिन्, ‘हामी यहाँ इतिहास बनाउन आएका हौं।’ इभ पेरिसेटले खेलको १०२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै टोलीलाई…

पोखरा स्पोर्टस् अवार्डको २०७८ को समिक्षा सम्पन्न

छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको समीक्षा कार्यक्रम कास्कीको धम्पुसमा सम्पन्न भएको छ। समीक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन्। अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको भएपनि निरन्तरतामा चुनौती भने रहेको उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष रामकृष्ण…

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन्। ७३ वर्षका वरिष्ठ सांसद गुणवर्दना नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको श्रीलंकाको अनलाइन न्युज वायरले जनाएको छ। उनले राष्ट्रपति रनिल विक्रमासिंघेसँग शपथ पनि लिएको खबरमा उल्लेख छ। उनी श्रीलंकाको १५औँ प्रधानमन्त्री समेत बनेका छन्। गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेएका छन्। गएको अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय…

नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई २५ हजार रुपैयाँ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् राखेपले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत रुपमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो। यस्तै, टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले जनही १४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। स्वर्ण पदक विजेताले मात्रै नगद पाउने र…

दलाल पुँजीलाई पोषेर देशमा समाजवाद असंभव छ : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोषेर देशमा समाजवाद आउन नसक्ने दाबी गरेका छन्। कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई शनिवार सम्बोधन गर्दै नेपालले भने, ‘दलाल पुँजीलाई पोषेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रबद्र्धन संभव हुँदैन देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ।…

लायन्स न्युरोड चौतारीले गर्‍यो बृक्षरोपण

लायन्स क्लब अफ पोखरा न्युरोड चौतारीले बृक्षरोपण गरेका छ। क्लवले शनिबार जिल्ला प्रसाशन कार्यलय कास्कीको प्राङगणमा अम्बा, एभोगाडो लगायतका फलपूmका विरुवा रोपेको हो। बिश्वमा बढ्दो पर्यावरणीय असन्तुलनलाई रोकथाम गर्ने लायन्स अन्तराष्ट्रियको अभियान अन्तरर्गत क्लवले प्रशासनको प्राङगणमा करिब ३० वटा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेको हो। कार्यक्रममा क्लवका अध्यक्ष कृष्णबहादुर लम्सालले जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख…

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन्। सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की ६४ वर्षीया उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन्। जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन्। उनी १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन्। तेस्रो चरणको मत गणना हुँदा उनले ५० प्रतिशत मत कटाएकी छन्। उनलाई विपक्षी उमेदवार…

राष्ट्रिय परीक्षा बोर्डले माग्यो धेरै कर्मचारी

राष्ट्रिय परीक्षा बोर्डले धेरै संख्यामा नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। दरखास्त दिने अन्तिम मिति भाद्र चार गतेसम्म र दोब्बर दस्तुरमा भाद्र ११ गतेसम्म रहेको छ। उप सचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायकलगायत विभिन्न पदमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको हो।   हेर्नुहोस, कर्मचारी…