
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) पूर्ण रूपमा संचालन गर्ने बताएका छन्। निर्माण एवं व्यवस्थापनको चरणमा रहेको उक्त प्रेसको आज (बुधबार) अनुगमन निरीक्षणपछि संचारकर्मीसँग कुरा गर्दै उनले आवश्यक बजेट व्यवस्थापन गरी पूर्ण रूपमा संचालनमा ल्याउने गरी योजना बनाउने बताए। ‘मन्त्रालय अब सेक्युरिटी प्रेस पूर्ण…
नेपाल पत्रकार महासंघले राष्ट्रिय भेला बोलाएको छ। विवादमा अल्झिएर चुनाव अनिश्चित बनेपछि पत्रकारहरूको छाता संगठन पत्रकार महासंघको तोकिएको समयमा चुनाव हुन नसकेपछि राष्ट्रिय भेला बोलाइएको हो। पत्रकार महासंघको भविष्य नै संकटमा पर्ने देखिएपछि महासंघले राष्ट्रिय भेला बोलाएको हो। महासंघका महासचिव रोशन पुरीले असोज १९ गते राष्ट्रिय भेला बोलाइएको जानकारी दिएका छन्। उनले भेलाको स्थानबारे चाँडै…
पर्वतको महाशिला गाउँपालिकाले फर्कनेलाई खाद्यान्न खर्चसहित १ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरिसकेको हो। बसाइँ सरेर जानेको संख्या बढ्दै गएपछि गाउँपालिकाले पालिका फर्किनेलाई अनुदान दिँदै आएको हो। पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै समेटेर पालिकाले गाउँ फर्किनेलाई प्रोत्साहन गर्ने नीति लिएको हो। गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा…
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। यसअघि, विद्युतीय कारोबार ऐन–२०६३ अनुसार अनुसन्धान गर्न ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। असोज ६ मा पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्नका लागि साइबर ब्यूरोले ७ दिनको समय मागेर बुधबार अदालतमा पेस गरेको हो। प्रसाईंविरुद्ध ‘चरित्रहत्या…
पोखरा–२२ मा पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानबारे सरोकारवालासँग छलफल चलेको छ। पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले छलफल चलाएको हो। छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानूनी पक्ष, वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको छ। सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका र कानूनी…
एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग लज्जाजनक रपमा पराजित भएको छ। न्यु ताइपेई सिटीमा आज (बुधबार) भएको खेलमा उज्बेकिस्तानले नेपालमाथि ६–० को गोलवर्षा गरायो। खेलको २० औं मिनेटमा सबिन घिमिरे रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नेपाली टोली १० खेलाडीमा सीमित भएको थियो। सबिनले उज्बेकिस्तानका खेलाडीको प्रहार हातले रोकेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए।…
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनशन थालेको समाचार छ। साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनशन थालेका हुन्। समाचारअनुसार आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनशन सुरु गरेको बताएका हुन्। प्रसाईं क्यान्सर सर्भाइभर हुन्। पक्राउ परेलगत्तै प्रसाईंलाई बीर अस्पतालमा राखिएको थियो। मंगलबार वयानका…
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानडाको किङ्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने ९ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण चालु हुन सकेन। खेल रद्द भएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन्। त्रिदेशीय श्रृंखलामा लगातारको हारका कारण दबाबमा रहेको नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेल ओमानसँग…
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। प्रसाईंलाई गैरन्यायिक थुनामा राखिएको भन्दै उनका छोरा निराजनले रिट दायर गरेका थिए। सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो। अमुक महिलाको चरित्रमा प्रश्न उठाउँदै दिएको अभिव्यक्तिविरुद्धको उजुरीमा प्रसाईंलाई…