
महिलातर्फ चिनियाँ धाविका झेङ वाङ रोङ क्रस कन्ट्री च्यालेन्ज इन्डिभिजुअल इभेन्टतर्फकी च्याम्पियन बनेकी छन्। रोङले उक्त दौड ४ घन्टा ४१ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनिन्। यस इभेन्टमा च्याम्पियन बनेकी रोङले १ लाख ५२ हजार ८ सय रुपैयाँ (८ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार जितिन्। नेपाली धाविका कल्पना बुढा उपविजेता बनिन्। ९…
पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न क्रियाशील पर्यटन व्यवसायीद्धारा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन्। होटल संघ पोखरा नेपालले शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान संचालनको माग राखेका हुन्। संघले मुख्य राजमार्गमा जारी स्तरोन्नति कार्यलाई पनि तीव्र रूपमा अघि बढाएर समयमै सम्पन्न गर्नुपर्ने मागसमेत राखेको छ। पर्यटन व्यवसायका लागि हवाई र स्थलमार्गको…
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खेल पर्यटनको माध्यमबाट नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन्। ‘खेल पर्यटनको माध्यमबाट नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउनुपर्छ, दुई देशबीचको गहिरो सम्बन्धले नै विकासको गतिमा अगाडि बढ्नेछ’, पोखरामा शनिबार आयोजना गरेको तेस्रो संस्करणको उद्घाटन मन्तव्यमा मन्त्री पाण्डेले जोड दिए। उनले प्रकृति र संस्कृतिको धनी नेपालमा चिनियाँ पर्यटक…
पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको छ। बृद्धाश्रमको व्यवस्थापनमा २ जना स्वास्थ्यकर्मीका साथै ९ बेड, थेरापी मेसिन एवं औषधी उपलब्धसहितको जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको हो। पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबार उद्घाटनसमेत गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सो कक्षको उद्घाटन गरेका हुन्। मन्त्री पौडेलले कार्यक्रममा…
पोखरामा शनिबार स्वरसम्राट नारायण गोपालको जीवनीसम्बन्धी पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को पुस्तक विमोचन गरिएको छ। पुस्तकको विमोचन कार्यक्रममा बोल्दै लेखक तथा अध्येता सायमीले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरे। सायमीले कालजयी गीतका गायक स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी बायोपिक चलचित्र बनाउने घोषणासमेत गरे। सायमीले भने, ‘म आफैले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदैछु।’ बरिष्ठ साहित्यकार सरुभक्तले…
कास्कीका बादल कार्की र नारायणी भण्डारीले पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री छात्रछात्रातर्फको ५ किलोमिटरको दौड जितेका छन्। बादलले सो दूरीको दौड १४ मिनेट ५७.३ सेकेण्डमा पूरा गरे। बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे। बादल कास्की मोर्डनाइज्ड र नारायणी छोरेपाटन माबिका विद्यार्थी हुन्। त्यसैगरी, छात्रतर्फ कालिका माबिका कृष्ण परियार दोस्रो भए भने…
पोखरा–१६, वाटुलेचौरकी पद्मादेवी शर्मालाई यस वर्षको महिला समाजसेवा पुरस्कार प्रदान गरिएको छ। मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै शर्मालाई अर्पण गरेकोे हो। समुहकोे शनिवार २८ औं साधारणसभा तथा १३ औं अधिवेशनको अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, वडाध्यक्ष…
घरेलु टोली युएईसँग नेपाल १३ रनले पराजित आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले पहिलो हार व्यहोरेको छ। महिला विश्वकप एशिया छनोटको आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको हो। युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो। नेपालका…
म्याग्दीको मंगला शिक्षा क्याम्पसले तिहारमा देउसी भैलो खेल्दैछ। जिल्लाको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसको २ करोडको मुद्धती/अक्षयकोष तथा आर्थिक संकलन अभियानका लागि देउसी भैलोमा जुटेको हो। देउसी भैलोमा अभियानमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग गरेको छ। मंगला गाउँपालिका अध्यक्ष एवं क्याम्पसका सम्मानार्थ संरक्षक सतप्रसाद रोका, क्याम्पस संचालक समितिकी उपाध्यक्ष एवं आर्थिक संकलन…
गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आफू सम्पर्कविहीन नभएको बताएका छन्। केही मिडियाहरुमा आफू सम्पर्कविहीन भएको समाचार आएकोले त्यस्ता समाचारहरु असत्य र भ्रामक रहेको मनाङेले उल्लेख गरेका छन्। प्रदेशसभा सदस्य मनाङेले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्तिसमेत जनाएका छन्। केही दिनअघि सर्वोच्च अदालतबाट दोषी…