राजनीति »

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार बस्दै

पोखरा । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि (मंगलबार) बस्ने भएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको सोमबारको भेटवार्तापछि मंगलबार दिउँसो ४ बजेको लागि सचिवालय बैठक राख्ने निर्णय भएको समाचार छ । यसअघि, नेकपाले आइतबारका लागि सचिवालय…

राष्ट्रिय सभामा जाँदैं वामदेव गौतम

पोखरा । नेकपा उपाध्यक्ष वामदेव गौतम संघीय संसद्को माथिल्लो सदन (राष्ट्रिय सभा)मा जाने भएका छन् । बिहीवार बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १४ गतेको पार्टी निर्णयअनुसार उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिश गर्ने जानकारी गराएका हुन् । सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको रिक्त १ सीटमा गौतमलाई…

पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन ‘ईच्छुक’को पोखरामा १८ औं स्मृति दिवस मनाइयो

पोखरा । पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन (ईच्छुक)लाई मंगलबार पोखरामा स्मरण गरिएको छ । प्रेस संगठन नेपाल कास्कीले ईच्छुकको १८ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम आयोजना गरी सहिद ईच्छुकप्रति श्रद्धासुमन अर्पण गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले ईच्छुकले जहिलेपनि जनपक्षिय पत्रकारितामा आफूलाई समर्पित गरेकाले अहिलेको अवस्थामा समेत जनउत्तरदायी र जनपक्षीय पत्रकारिताको खाँचो औँल्याए ।…

अहं, व्यक्तिवाद र संकीर्ण स्वार्थमा नरमाउँ, मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्न नखोजियोस् : माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्न पार्टी पंक्तिलाई आह्वान गरेका छन् । एक विज्ञप्ति जारी गर्दै नेता नेपालले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा नेपाल कम्युनिस्ट पार्टीको दायित्व अझै बढेको बताएका छन् । नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनमा जनताले नेपाल कम्युनिष्ट पार्टीलाई…

नेकपालाई कमजोर पार्न देशीविदेशी शक्तिहरुले निरन्तर चलखेल गरिरहेछ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ऐतिहासिक पार्टी एकतापछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने चलखेलमा निरन्तर लागिरहेको बताएका छन् । नेकपाको ७१ औं स्थापना दिवसका अवसरमा वक्तव्य निकाल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख गरेका छन् ।…

मिडिया बुर्जुवा शक्तिको हात पुग्यो, त्यसबाट जोगिनुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया बुर्जुवा शक्तिको हातमा रहेको बताएका छन् । शनिबार बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मिडियामा बुर्जुवा शक्ति हाबी भएको बताएका हुन् । मिडियामा बुर्जुवा शक्ति मौलाएकाले यसबाट जोगिनुपर्ने प्रष्ट्याए । समृद्धि नेपाल निर्माण गर्नको लागि पनि जनमत तयार…

काविल महिलाहरुलाई अघि बढाउन नेता नेपालको आग्रह

पोखरा । पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले काविल महिलाहरुलाई अघि बढाउन आग्रह गरेकाछन् । नेपालका मुस्लिम समुदाय नामक पुस्तक विमोचन तथा पुनर्जागरणमा महिला अन्दोलन नामक लघु चलचित्र (अनेमसंघका केन्द्रीय सदस्य गजकुमारी गुरुङको बृत्तचित्रको सार्वजनिकीरण गर्दै नेपालले समाजका हरेक काविल (योग्य) महिलालाई अघि बढाउन आग्रह गरेका हुन् । ‘कसैको उमेर वितेको खण्डमा…

विद्या भट्टराईले लिइन् पद तथा गोपनियताको सपथ

पोखरा । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ बिजयी प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले मंगलवार संसद सचिवालयमा एक कार्यक्रमकाबीच भट्टराईलाई शपथ गराएकी हुन् । नेपालको संसदीय इतिहासमा उपसभामुखबाट शपथ गराइएको यो पहिलो पटक भएको बताइएको छ । नेकपा संसदीय दलका उपनेता सुवास…

कास्की–२ को उपनिर्वाचनमा २५ जना उमेदवारको मनोनयन

पोखरा । मंसिरको १४ गते हुने कास्की २ को उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । यहाँको निर्वाचन कार्यलयमा १४ राजनीतिक दल र ११ जना स्वतन्त्र गरी २५ जनाको उम्मेदवारी परेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीबाट स्व. रवीन्द्रपत्नी विद्या भट््टराई अधिकारीले उम्मेदवारी दिएकी छन् । भट्टराईका लागि नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले…

कास्की–२ को उपनिर्वाचनमा करणको मूल कमाण्डमा (नेकपा)को परिचालन कमिटी

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीले क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचनको तयारी शुरु गरेको छ । आगामी मंसिर १४ गते हुने निर्वाचनमा नेकपाले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङ (करण) को कमाण्डमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेको छ । नेकपाले इन्चार्ज करणको नेतृत्वमा यसपटक उपनिर्वाचन लड्ने निर्णय गरेको जनाएको छ । कार्तिक…