राजनीति »

मौन अविधि, आज राति १२ बजेबाट सुरु

स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ। निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको…

४ हजार जनाले फिर्ता लिए उम्मेदवारी

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब ४ हजारले फिर्ता लिएका छन्। वैशाखको गत ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकोमा हिँजो (शनिबार) साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो। प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको हो।…

१ लाख ५२ हजार ४६५ उम्मेदवार

स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ। निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार…

१ लाख ५० हजार ४७९ उम्मेदवार

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि १ लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन दर्ता गराएका हुन्। निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावका लागि देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता…

तनहुँमा काँग्रेसका वरिष्ठ नेता पौडेल निकट ७ जनाले दिए सामूहिक राजीनामा

टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका ७ जना कांग्रेस नेता र कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस तनहुँका पूर्वजिल्ला सचिव (हाल संगठन विभाग प्रमुख) विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगालेलगायतले राजिनामा दिएका हुन्। स्थानीय तहको…

भूतपूर्व ब्रिटिश गोर्खाहरू माओवादी केन्द्रमा समाहित

भूतपूर्व ब्रिटिश गोर्खाहरूको सिंगो संस्था नै नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा कृष्णकुमार राईको नेतृत्वमा रहेको गोर्खाहरूको समूहको ८१ पदाधिकारीसहितको समूह माओवादी केन्द्रमा समाहित भएको हो। सयभन्दा बढी संख्यामा रहेका भूतपूर्व ब्रिटिश सेनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराउँदै स्वागत गरे। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन…

प्रदेश मन्त्री थापाद्वारा १५ लाख तलब सबै सामाजिक काममा खर्च

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन्। मन्त्री थापाले विकास निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ खर्च गरेका हुन्। २०७७ साल माघ महिनादेखि २०७८ फागुन मसान्तसम्म बैंक खातामा १३ लाख ६६ हजार ३…

काँग्रेसद्धारा न्यायिक समितिको राष्ट्रिय सम्मेलन बहिष्कार

काँग्रेसले पोखरामा सुरु न्यायिक समितिको राष्ट्रिय सम्मेलन बहिष्कार गरेको छ। देशभरका स्थानीय तहका न्यायिक समिति संयोजकहरुको सहभागिता रहेको सम्मेलनको काँग्रेसले बहिष्कार गरेको हो। b देशभरबाट नगरपालिका तथा गाउँपालिका उपप्रमुखहरुको सहभागिता भइरहँदा कांग्रेसले भने बहिष्कार गरेको हो। सम्मेलनका लागि एमाले पक्षका उपमेयर र उपाध्यक्ष मात्र भेला भएको काँग्रेसले जनाएको छ। काँग्रेसका अनुसार सम्मेलनमा गण्डकी प्रदेश प्रमुख…

आज संसद बैठक बस्दै, त्यसअघि कार्यव्यवस्था समितिको बैठक

प्रतिनिधिसभाको १० औँ अधिवेशनको दोस्रो बैठक आज (मंगलबार) बस्दैछ। संसद बैठक बस्नुअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। संसद बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ। मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल…

पत्रकारमाथि भएको हातापातको घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

समाचार संकलनका क्रममा सोलुखुम्बुस्थित सोलु एफएमका समाचार सहायक एवं उज्यालो नेटवर्कका सुबास दर्नाल र रमन वनमाथि भएको हातपात र उनीहरूको संचारसामग्रीमा क्षति पु¥याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार महासंघ केन्द्रका महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारलाई कुण्ठित पार्ने यो घटनाको महासंघ कडा भत्र्सना गर्दछ।’…