
पोखरामा मंगलबारदेखि १७ औं संस्करणको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) स्पोर्ट्स मीट सुरु भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले (हिसान) कास्कीको आयोजनामा सुरु स्पोर्ट्स मिटको औपचारिक रुपमा उद्घाटन गरे। कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताए। स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने उनको भनाई छ। विद्यालयहरु खेलकुद…
नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले चौथो खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो। नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रनमात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १०० रन बनाए। दक्षिण अफ्रिकाका २ खेलाडी रनआउट भए। यसअघि, पाकिस्तानमा टस हारेर ब्याटिङको…
नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ। पाकिस्तानमा चलिरहेको तेस्रो खेलमा आज (सोमबार) भएको खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायो। नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो। अफगानिस्तानका अबसिन सेलाबले सबैभन्दा धेरै ५३ रन बनाए। नेपालका सुनिल मगरले ३ विकेट लिए। यसअघि, पाकिस्तानमा टस…
पोखराको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्लास्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ गुरुकुल विद्या सदन र छात्रातर्फ करुणानिधि एजुकेशन फाउण्डेशन (केफ), मावि च्याम्पियन बनेका छन्। विद्यालयको हीरक महोत्सव अवसरमा सोमबार सम्पन्न छात्रतर्फ फाइनलमा माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै गुरुकुलले उपाधिसँगै ५० हजार रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ। उपविजेता माउण्ट अन्नपूर्णले ३०…
स्याङ्जाको कोल्मा बहाकोटमा यस वर्ष पनि खुल्ला दौड हुँदैछ। सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च, स्याङ्जाद्वारा विगतमा जस्तै यस वर्षपनि पाँचौं संस्करणको २५ कि.मि.को खुल्ला दौड, खुल्ला महिला र २१ वर्षमुनिको १० कि.मि. दौड, विद्यालयस्तरीय ५ कि.मि. दौडको आयोजना गर्न लागेको हो। मञ्चले पोखरामा आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको ८ गते खुल्ला…
कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाका–४ को लाहाचोकस्थित ज्ञानज्योति बोर्डिङ स्कुल पालिकाले आयोजना गरेको छैठौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन बनेको छ। माछापुच्छ्रे गाउँपालिकाको आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा पालिकाका १२ विद्यालयमध्ये ज्ञानज्योतिले ५ स्वर्ण, २ रजत र १ कास्य पदक गरी च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै ज्ञानज्योतिले रनिङ शिल्डको साथमा नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र…
चौथो नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार खेपेको छ। पाकिस्तानमा चलिरहेको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६७ रनले रनले पराजित बनेको हो। हिँजो लाहोरमा भएको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६७ रनले पराजित भयो । यसअघि, पहिलो खेलमा नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको थियो। बंगलादेशले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा…
पोखराको राष्ट्रिय माविले विविध कार्यक्रम गरी आफ्नो हीरक महोत्सव मनाउँदैछ। पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसरमा कास्की जिल्लाब्यापी अन्तर विद्यालयस्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवारदेखि सुरु भएको छ। उक्त प्रतियोगितामा कास्कीका ४० टिमको सहभागिता छ। खेलकुद कार्यक्रम संयोजक तेजबहादुर गुरुङले प्रतियोगितामा छात्रतर्फ २६ टीम छात्र र छात्रातर्फ १३ टिमको सहभागिता रहेको…
नेत्रहीन टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। नेपाल श्रीलंकासँग ७० रनको फरक अन्तरमा पराजित भएको हो। श्रीलंकाले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो। यसअघि, पाकिस्तानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १९५ रन बनायो। श्रीलंकाका दमिथ सन्दारुवानले नटआउट…
यु–१९ पुरुषतर्फ, कर्नाटकसँगको ५ अभ्यास खेलको श्रृंखला नेपालले जितेको छ। १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले कर्नाटक टोलीसँगको ५ वटा अभ्यास खेलको श्रृंखला जितेको छ। आज भएको पाँचौं तथा अन्तिम खेलमा कर्नाटकलाई ७ विकेटले हराउँदै नेपाली युवा टोलीले श्रृंखला जितेको हो। कर्नाटकले दिएको १९२ रनको लक्ष्य नेपालले ४० ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका…