
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। चितवन राइनोजले काठमाण्डौ गुर्खाजलाई ५ विकेटले हराएको हो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो। चितवनका सन्तोष कार्कीले २८ र विदेशी खेलाडी लुक बेनकेनस्टाइनले सर्वाधिक २२ रन बनाए। काठमाण्डौ गुर्खाजका शाहब आलमले सर्वाधिक…
एसीसी यु–१९ पुरुष एशिया कपको नेपालले लगातार दोस्रो हार खेपेको छ। युएईमा चलिरहेको प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भोगेको हो। नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो। बंगलादेशका जवाद अब्राररले सर्वाधिक ५९ रन बनाए। त्यसपछि, कप्तान अजिजुल हकिमले नटआउट ५२ रन बनाए। नेपालका युवराज…
नेत्रहीन टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित बनेको छ। नेपाललाई हराएसँगै आयोजक पाकिस्तान नेत्रहीन टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। पाकिस्तानको मुल्तानमा आइतबार भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले नेपाललाई १० विकेटले हरायो। नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५ ओभर ३ बलमा १ विकेटपनि नगुमाई भेट्टायो। पाकिस्तानका कमरन अख्तरले सर्वाधिक ६३ रन बनाए। त्यसपछि, बाबर…
नेपालकै खेल इतिहासमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) सुरु भएको छ। बहुप्रतिक्षित एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्टले विजयी सुरुवात गरेको छ। जनकपुरले विराटनगर किङ्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा भेट्टायो। जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ रन…
विगतमा जस्तै यस वर्षपनि एन प्याब्सन कास्कीले खेलकुद महोत्सवको आयोजना गर्दैछ। यही मंसीरको २५ गतेदेखि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) कास्कीले १४ औं संस्करणको महोत्सव गर्न लागेको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ। खेल महोत्सवमा कक्षा १ देखि ७ कक्षासम्मको छात्र/छात्रा जुनियरतर्फका विद्यार्थीहरुले १०० मिटर, २०० मिटर, ४०० मिटर,…
विगतमा जस्तै यस वर्षपनि एन प्याब्सन कास्कीले खेलकुद महोत्सवको आयोजना गर्दैछ। यही मंसीरको १९ गतेदेखि निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन) कास्कीले १८ औं संस्करणको स्पोर्ट्स मिट गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ। यससँग, पोखरा रंगशालामा हुने १८ औं संस्करणको प्याब्सन कास्कीे स्पोर्टस् मिट–२०८१ लाई सफल बनाउन आयोजक संस्था प्याब्सन कास्की…
प्रतिभा उच्चमावि १७ औं हिसान कास्की स्पोर्ट्स मिटको च्याम्पियन बनेको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको यस संस्करणको हिसान स्पोर्ट्स मिटमा प्रतिभा च्याम्पियन बनेको हो। स्पोर्ट्स मिटमा समावेश ४ खेलमा नै प्रतिभाको गतिलो प्रदर्शन रह्यो। प्रतिभा ३१ अंकसहित च्याम्पियन बनेको हो। प्रतिभाले छात्र÷छात्रा दुबैतर्फको बास्केटबलमा विजेता बन्दै ७÷७ गरी…
एसीसी यु–१९ पुरुष एशिया कपको पहिलो खेलमा नेपालको खराब सुरुवात गरेको छ। नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ। श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा अलआउट भयो। नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए। श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिए। यसअघि, युएईको शारजहामा टस हारेर…
एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज (शुक्रबार) श्रीलंकासँग खेल्दैछ। युएईको शारजाह क्रिकेट स्टेडियममा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरू हुनेछ। प्रतियोगिताको अन्तिम तयारीस्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग ५ खेलको एकदिवसीय अभ्यास श्रृंखला खेलेको थियो। यो श्रृंखला ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका…
नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल तेस्रो पटक पराजित बनेको छ। नेपाल आफ्नो पाँचौं खेलमा घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित भएको हो। नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले १ विकेटपनि नगुमाई ४० बलमै भेट्टायो। पाकिस्तानका नैमतले सर्वाधिक ६९ रन बनाए। त्यसैगरी, सफदारले २४ रन बनाए। यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट…