Author Archive »

काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समिति बन्यो, संयोजकमा महामन्त्री शर्मा

नेपाली काँग्रेसले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ। जसको महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको हो। सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा शर्मालाई नियुक्त गरेका हुन्।  

२९ भदौदेखि सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ खुल्दै

सिक्लेस हाइड्रोपावर कम्पनीले २९ भदौदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो। योमध्ये ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन…

१२ अंकले राताम्मे बन्यो नेप्से परिसूचक

शेयर बजार (नेप्से) बुधबार पनि ओरालो लागेको छ। शेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर १ हजार ९३९ दशमलव ८८ बिन्दुमा झरेको छ। नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ। बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ। २२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर…

१००० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा तोलामै १ हजार रुपैयाँले सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार ९४ हजार रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला ९३…

महिला साफ च्याम्पियनसीप : नेपालले भुटानलाई ४–० ले हरायो

घरेलु नेपालले महिला साफ च्याम्पियनसीप फुटबलमा भुटानलाई ४–० हराएको छ। उद्घाटन खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको हो । नेपालका लागि साबित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेत चम्कदाँ भुटानमाथि सहज जित निकाल्न संभव बन्यो। उनीहरुले २२ गोल गरे। नेपालले पहिलो हाफमा १ गोल गरेको थियो। मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप ३ गोल गर्न सफल बन्यो।…

शिक्षामन्त्री पौडेल बागलुङका २ वटै क्षेत्रबाट सिफारिस

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका २ वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन्। मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए। उनको स्थायी घर बागलुङ क्षेत्र नम्बर– १ मा पर्दछ। बागलुङ क्षेत्र नम्बर–१ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम सिफारिस गरिएको सो बागलुङ माओवादी केन्द्र श्रोतले बताएको…

नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ पठाइयो

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सुझावसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयक सभामुख सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका हुन्। राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट जस्ताको तस्तै पारित भएपछि सभामुख सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका…

साफ यु–१७ च्याम्पियनसीप: भारतको विजयी सुरुवात

भारतले श्रीलंकामा सोमबारदेखि सुरु भएको साफ यु–१७ च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ। कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा भएको उद्घाटन खेलमा भारतले भुटानलाई ३–० गोलले हरायो। भारतको जितमा थंगालसोनु गांगटेले २ र कप्तान भनलापिका ग्वेटेले १ गोल गरे। पहिलो हाफमा २ गोल गरेको भारतले दोस्रो हाफको १ गोल थपेको हो। जितसँगै समूह ‘बी’ मा रहेको भारतले…

साफ महिला च्याम्पियनसीप: घरमै उपाधि राख्छौं

नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्नेे बताएकी छिन्। काठमाण्डौमा आज (सोमवार) आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वरको दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उपाधि जित्नलाई प्रयास गर्ने बताइन्। नेपालले भोलि (मंगलवार) उद्घाटन खेलमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। नियमित कप्तान रेनुका नगरकोटी…

केन्याविरुद्धको एकदिवसीय श्रृंखलामा नेपालको क्लिन स्विप

घरेलु टोली केन्याविरुद्धको एकदिवसीय श्रृंखला नेपालले क्लिन स्विप गरेको छ। नेपालले यसअघि ५ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला ३–२ ले जितेको थियो। सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले श्रृंखला क्लिन स्विप गरेको हो। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट…