Author Archive »

साफ यु–१७: नेपाल सेमिफाइनलमा

साफ १७ वर्षमुनिको च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। श्रीलंकामा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो। कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले १/१ गोल गरे। भुटानका जेत्सुन दोर्जीले १ गोल फर्काए। खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए।…

नवौं राष्ट्रिय खेलकुद: क्रिकेटमा एनआरएनएको विजयी सुरुवात

एनआरएनए एकेडेमीले नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गतको पुरुष क्रिकेटमा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराएको हो। एनआरएनएले दिएको ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो। वर्षाका कारण ढिला सुरु भएको खेल ६ ओभरमा झारिएको थियो। सुदूरपश्चिमका लागि…

३१ भदौदेखि पिपुल्स हाइड्रोको आइपीओ खुल्दै

पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुको लागि साधारण सेयर (आइपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३२ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो। सोमध्ये आयोजनाका अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका ६ र ७ नम्बर वडाका बासिन्दालाई ९ लाख ६० हजार कित्ता…

२ अंकले घट्यो नेप्से परिसूचक

साताको पाँचौँ कारोबार दिन (बिहीबार) सेयर बजार झिनो अंकले घटेको छ। यस दिन सेयर बजार नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ बिन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स समेत ०.५४ अंकले घटेर ३७६.८४ बिन्दुमा ओर्लिएको छ। यस दिन १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६ सय रुपैयाँमा ३४ लाख १ हजार ६ सय…

८ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। अघिल्लो दिन (बुधबार) प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कायम भएको छ। चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ११०…

पोखरा–६ का ६४ भूमिहीनलाई जग्गाधनी पुर्जाको निस्सा

पोखरा–६ का ६४ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरिएको छ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र उप प्रमुख मन्जुदेबी गुरुङले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरेका हुन्। प्रमुख अतिथि महानगर प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले प्राप्त गरेको निस्सा लालपुर्जाअघिको लालपुर्जा नै भएको बताए। ‘यो…

सर्वोच्चमा ३ न्यायाधीश सिफारिस

न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त ३ न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्को बैठकले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका डीएन पराजुलीलाई सिफारिस गरेको हो। उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश विनोद शर्मा र…

साफ महिला च्याम्पियनसीप: भारतले पाकिस्तानलाई फराकिलो गोल अन्तरले हरायो

साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधवार) भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको छ। दशरथ रंगशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलले हरायो। ५ पटकको उपाधि विजेता भारतले २१ औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया जमिला खानको आत्मघाती गोलबाट अग्रता लिएको थियो। त्यसको २ मिनेटपछि ग्रेसले गरेको गोलबाट भारतले अग्रता दोब्बर बनायो। इन्जुरी समयमा सौम्याले…

साफ महिला च्याम्पियनसीपस् माल्दिभ्समाथि बंगलादेशको सहज जित

काठमाडौंमा जारी महिला साफ च्याम्पियनसीपमा बंगलादेश माल्दिभ्सबिरूद्धको खेलको पहिलो हाफमा ३–० गोलको जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार जारी खेलको सुरुआतदेखि माल्दिभ्समाथि दबाब दिएको बंगलादेशका लागि सबिना खातुनले २ गोल गरिन् । त्यस्तै, अर्को गोल मासुर प्राबिनले गरिन्। ३३ औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। बंगलादेशकी सबिना खातुनले करिब ३० यार्ड टाढाबाट गरेको…

गण्डकीमा निजामती कर्मचारी दिवस मनाइयो

गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने भएको छ। निजामती सेवा दिवसका अवसरमा प्रदेश मूल समारोह समितिले बुधबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यी दुई अध्यादेश ल्याउन सरकारले अन्तिम तयारी गरेको बताए। कर्मचारी समायोजन ऐन लागु भएर त्यही अनुसार समायोजन भएका कर्मचारीको वृत्तिविकास रोकिएको, कर्मचारीको पदपूर्ति…