Author Archive »

एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत निकालेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा विहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै जनकपुरले अपराजित यात्रा कायमै राखेको हो। पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै ३ विकेट गुमाएर भेट्टाायो। जनकपुरका विदेशी खेलाडी लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन जोडे। त्यसपछि,…

रबि लामिछानेलाई रातारात पोखरा ल्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गएराति पोखरा ल्याइएको छ। सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिँजो बुधबार अबेर बयान सकिएपछि राति ३ः३० बजे पोखरा ल्याइएको हो। हिजो बुधबार दिउँसो लामिछानेको बयान चलिरहँदा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो। आज बिहीबार पनि प्रदर्शन…

रवि लामिछानेको चितवनमा दोस्रो दिनको बयान सकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेको चितवनमा दोस्रो दिनको बयान सकिएको छ। सहकारीको रकम हिनामिनाको आरोपमा बयानको लागि चितवन लगिएका लामिछानेसँग त्यहाँ २ दिन लगाएर बयान लिइएको थियो। कार्यालय समय खुलेसँग आज बुधबार चितवन प्रहरी हिरासतबाट सरकारी वकिल कार्यालय लगिएका लामिछानेको दोस्रो दिन १० घण्टासम्म बयान लिइएको थियो। चितवनका न्यायधिवक्ता शान्तिराज लुँइटेल र जिल्ला…

एनपीएल क्रिकेटमा विराटनगर किङ्सको जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले पहिलो जीत निकालेको छ। विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको हो। लुम्बिनीले दिएको १९२ रनको लक्ष्य पछ्याएको विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो। विराटनगरका लोकेश बमले सर्वाधिक ७१ रन बनाए। यस्तै, बसिर अहमदले ४० जोडे। मार्टिन गप्टिलले २८ थपे। क्रिस सोलले ४ बलमा नटआउट…

२६ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी सुरु

रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ। ‘सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ’ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको तयारी सुरु गरेको छ। यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले पहिलो चरणमा आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका संचालकहरूसँग सल्लाह सुझाव लिएको हो। रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा…

एनपीएल क्रिकेटमा काठमाण्डौ गुर्खाजको पहिलो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ। कर्णालीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाण्डौ गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टाायो। काठमाण्डौका सुमित महर्जनले नटआउट सर्वाधिक ४० रन बनाए। गेरहार्ड इरस्मसले ३८ थपे। कप्तान करण केसीले २८ रन जोडे। कर्णालीका कप्तान सोमपाल कामी, नन्दर यादव, गुल्सन…

पोखराको भण्डारढिकमा २५ औं संस्करणको आदर्श कप फुटबल हुँदै

पोखराको लेखनाथस्थित भण्डारढिकमा २५ औं संस्करणको फुटबल टुर्नामेन्ट हुने भएको छ। आदर्श युवा क्लबको आयोजनामा आउँदो शनिबारदेखि भण्डारढीक खेल मैदानमा २५ आदर्श कप फुटबल प्रतियोगितामा हुने भएको हो। झण्डै, ६ वर्षपछि आदर्श क्लबले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागेको आज बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। आयोजक आदर्श युवा क्लबले फुटबलको शाखलाई जोगाउने प्रयासस्वरुप लेखनाथमा…

२८ मंसीरमा पत्रकार महासंघको निर्वाचन

नेपाल पत्रकार महासङ्घको निर्वाचन यही मंसीर २८ गते हुने भएको छ। निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो। निर्वाचन मण्डलले महासंघको निर्वाचन तालिका सार्वजनिक गरेको हो। सार्वजनिक कार्यतालिकाअनुसार यसै साता अर्थात मंसीरको २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। त्यसैगरी मंसीर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। मतदान मंसीर २८…

रवि लामिछानेको चितवनमा पहिलो दिनको बयान सकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवनमा पहिलो दिनको बयान सकिएको छ। सहरा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि चितवन लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहिलो दिनको बयान बुधबार सकिएको हो। चितवनको सहारा सहकारीको रकम ठगीको मुद्दामा रविको बयान बुधबार बेलुका ८ बजे सकिएको हो। उनको चितवनस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइएको…

टिकटकले हटायो ६ हजार बढि भिडियोहरु

टिकटकले ६ हजार ७८ भिडियोहरु हटाएको छ। हटाइएका ती भिडियोहरु ‘कम्युनिटी गाइडलाइन्स’विपरीत पोस्ट गरिका थिए। अप्रिल र जुन महिनामा पोस्ट भएका यस्ता भिडियो हटाइएको टिकटकका प्रतिनिधिले जनाएका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा आज (मंगलबार) टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा यो जानकारी दिइएको हो। टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न…