Author Archive »

संयुक्त सरकारकाे न्यूनतम साझा कार्यक्रम

संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। सिंहदरबारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। साझा नीति तथा कार्यक्रममा कोरोना रोकथाम र प्रभावित क्षेत्रमा राहत दिने विषयलाई प्राथमिकता दिइएको छ।…

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सीसीटिभी क्यामेरा जडान

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सीसीटिभी क्यामेरा जडान गरेको छ। आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड ५१ लाखको लागतमा सीसीटिभी क्यामेरा जडान गरिएका हुन्। आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनीकरणमा सघाउ पुर्‍याउनका लागि सीसीटिभी…

अफगानिस्तानको अर्को प्रान्तीय राजधानी ‘शबरगान’ पनि तालिबानको नियन्त्रणमा

अफगानिस्तानको दोस्रो प्रान्तीय राजधानी शबरगान शहर पनि तालिबानले नियन्त्रणमा लिएको छ । शबरगान उत्तरी क्षेत्रको राज्य जोजनको राजधानी पनि हो । अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकुलाई हटाउने दाबी गरेका छन् । यसअघि तालिबानले गत शुक्रबार अर्को प्रान्तीय राजधानी ‘जाराञ्ज’ नियन्त्रणमा लिएको थियो । ​…

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो

सत्तारुढ गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो। बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि आजै अपरान्ह ४ बजे…

विचारमा अडिग योद्धा हुँ, मैदान छाडेर भाग्ने कुरा हुँदैन : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताएका छन्। शनिबार काठमाडौँमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै आफूहरू मैदान छोडेर नभाग्ने बताएका हुन्। उनले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक…

कर्माचार्य कहिल्यै पनि पदको पछि लाग्नुभएन, नेता कार्यकर्ताले सिक्नु पर्छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरे। मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति…

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

  नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। सोमबारदेखि सुरु भएको १० औं बैठक आज पनि बस्ने भएको हो। बैठक दिउँसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बस्ने छ। सोमबारको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आज यस विषयमा थप छलफल हुने बताइएको छ। यसअघि, १४ औं…

नेकपा एमाले सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिए

नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन्। नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन्। उनले राजीनामा पत्रमा भनेका छन्, ‘राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चियतर्फ धकेलियो । राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता लिप्सा देख्दा नेपालीको मन रुन्छ । पार्टी एकताका लागि…

गण्डकी प्रदेश सरकारले सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट छुट्टायो

गण्डकी प्रदेश सरकारले पोखरा बाटुलेचौरका संगीतकार सुन्दर थापाको स्मृतिमा गठन गरिने सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट विनियोजन गरेको छ। चाँडै नै गठन हुन गइरहेको थापाको स्मृति प्रतिष्ठानका लागि प्रदेश सरकारले बजेट छुट्टाएको हो। अब चाँडै प्रतिष्ठान गठन गरेर गीत÷संगीतको क्षेत्रमा काम गर्नका लागि बजेट विनियोजन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं विज्ञान, प्रविधि…

भारतमा कोभिड महामारीको तेस्रो वेभको खतरा

भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ। भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो। सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो। भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भी के पाउलले सो चेतावनी दिएको समाचार संस्था सिन्ह्वामा जनाइएको…