Author Archive »

११ औँ पोखरा महोत्सवको तयारी तीब्र

११ औँ संस्करणको पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ। महोत्सव आयोजक युनाइटेड क्लवले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २८ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको तयारी तीब्र परिएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा वोल्दै पोखरा महोत्सव मूल आयोजक समारोहका संयोजक तथा युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको…

बैदाम तामाङ समाजको अध्यक्षमा पुनः ज्याक तामाङ

बैदाम तामाङ सेवा समाजको अध्यक्षमा पुनः ज्याक तामाङ निर्वाचित भएका छन्। समाजको १० औं बार्षिक साधारण सभा तथा छैंठौं अधिबेशनले पुनः तामाङलाई नयाँ कार्यसमितिको अध्यक्षमा निर्वाचित गरेको हो। १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सरस्वती तामाङ, सचिवमा निमा तामाङ, सहसचिवमा लक्ष्मण तामाङ, कोषाध्यक्षमा कविता योञ्जन निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरुमा टेकबहादुर तामाङ, खड्कबहादुर तामाङ, बंगेल लामा, नम्रता…

हेम्जाका विश्वासराज एमफील टपर

पोखराका विश्वासराज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट भएका छन्। व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एमफिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सर्वोत्कृष्ट भएका हुन्। काठमाण्डौमा सोमवार सम्पन्न त्रिविको ४७ औँ दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट पौडेल विभुषित समेत भए। दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका…

नयाँ बेहुला–बेहुलीको जोडीलाई पोखराको दुईतर्फी निशुल्क टिकट उपहार

नव विवाहित जोडीलाई बुद्ध एयरले आफ्नो विमानबाट यात्रा गर्ने बेहुला–बेहुलीको जोडीलाई पोखरा हनिमुनका लागि निशुल्क दुईतर्फी टिकट उपहार दिने भएको छ। नव विवाहित जोडीले बुद्ध एयरको विमानबाट यात्रा गरेको हुनुपर्नेछ। यस बापत जोडीले बुद्ध एयरबाट पोखराको दुईतर्फी टिकट उपहार पाउनेछन्। यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिन विवाहको पोसाकसहित बुद्ध एयरको विमानमा यात्रा गरेको फोटो खिचेर…

नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) भर्चुअल प्रेस मिट गर्दै नेपालमा पनि २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो। ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एक जना ७१ वर्षीय व्यक्तिमा…

साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको चौथो संस्करण हेटौडामा

नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह–आयोजनामा आउँदो पुसको दोस्रो हप्तादेखि चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी पौष महिनाको १३ देखि १७ गते सम्म बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको छ। प्रतियोगितामा ६ प्रदेशका टोलीहरु सहित एक बिभागिय टोली (नेपाल आर्मी) ले सहभागिता जनाउने छन्।…

पत्रकारमाथि भएको हातापातको घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

समाचार संकलनका क्रममा सोलुखुम्बुस्थित सोलु एफएमका समाचार सहायक एवं उज्यालो नेटवर्कका सुबास दर्नाल र रमन वनमाथि भएको हातपात र उनीहरूको संचारसामग्रीमा क्षति पु¥याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार महासंघ केन्द्रका महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारलाई कुण्ठित पार्ने यो घटनाको महासंघ कडा भत्र्सना गर्दछ।’…

‘राष्ट्रियताको सवालमा राप्रपासँग विचार मिल्छ’ – प्रचण्ड

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको सवालमा राप्रपासँग विचार मिल्ने बताएका छन्। बुधवार काठमाडौंमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिदैँ प्रचण्डले राप्रपासँग आफ्नो विचार र मत नमिल्ने तर, राष्ट्रियताको भाषा मिल्ने भएकाले गोत्र चाहिँ मिल्ने भन्न सकिने प्रचण्डले बताए । ‘म गणतन्त्रवादी, धर्मनिरपेक्षतावादी हुँ तर, तपाईंहरूजस्तै राष्ट्रवादी चाहिँ हो।’ प्रचण्डले…

नेकपा माओवादी (केन्द्र) का नेताहरुलाई जिम्मेवारी तोकियो

नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरालाई चयन गरिएको छ। उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ। यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी  दिइएको छ। यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट सो पार्टीले केन्द्रीय विभाग,  प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय,…

नेताहरूको कार्यविभाजन गर्दै माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)को शनिबारदेखि जारी बैठकले नेताहरुको कार्यविभाजन गर्ने भएको छ। शनिबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। ‘सांगठनिक अजेन्डा प्रस्तुत गरिएको छ। त्यसमा मुख्यतः अहिले हाम्रो कार्यविभाजन हुनेछ। प्रदेशको विभागहरुको र आवश्यक कार्यविभाजनहरु गर्नेछौं’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पनि प्रस्तुत गरेका छन्। जहाँ पुस…