
एसीसी यु–१९ महिला एशिया कप क्रिकेटमा नेपाल र श्रीलंकाले अंक बाँडेका छन्। प्रतियोगिताअन्तर्गत ’सुपर–फोर’ मा नेपाल र श्रीलंकाबीचको खेल नतिजाविहीन भएपछि दुबै देशले समान १÷१ अंक बाँडेको हो। मलेसियाको क्वालालम्पुरमा वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल नतिजाविहीन भएको बन्यो। श्रीलंकाले १ ओभरमा १ विकेट गुमाएर १ रन बनाएको अवस्थामा वर्षाका कारण खेल बाधक बन्यो। नेपालकी…
पोखराको पामे क्षेत्रमा यही पुसको ९ गतेदेखि बेलुन महोत्सव हुँदैछ। महोत्सवको सबै तयारी पूरा भएको जनाइएको छ। आयोजक बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनकाअनुसार नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाईमा लग्न बीवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागिएको हो। महोत्सवमा झन्डै २ दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाईमा पुग्ने महर्जनले बताए। महोत्सवमा २५ वटा बेलुन ५…
सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) का नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले प्रसारणका विषयवस्तुहरुलाई नागरिक केन्द्रीत बनाउन निर्देशन दिएका छन्। रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आज (बुधबार) आयोजित स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष डा. विष्टले भने, ‘राष्ट्रको आवश्यकताका आधारमा २ सरकारी संचार माध्यमहरु रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्था बनाइएकोले जनताका आवाज…
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन्। गण्डकी विश्वविद्यालयद्वारा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै उनले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले विश्वविद्यालयले खेलकुदको शिक्षासँगै…
कास्कीको मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ को सहयोग मिलेको छ। सो गाउँपालिकाका विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले लत्ताकपडा सहयोग गरेको हो। गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा मादी गाउँपालिका–७ को बालपदम र मादी–६ को शिवशक्ति…
सूदूरपश्चिम रोयल्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सूदूरपश्चिमले फाइनल पक्का गरेको हो। आज भएको पहिलो क्वालिफायरमा सूदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो। जनकपुरले दिएको १४० रनको लक्ष्य सूदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर…
लमजुङको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनबीच भेटवार्ता गरेका छन्। बेसीशहर नगरप्रमुखको कार्यकक्षमा बुधबार राजदूत थम्पसन र नगरप्रमुखबीच भेटघाट गरेका हुन्। भेटघाटका क्रममा राजदूत थम्पसन र नगरप्रमुख अर्यालबीच पिस कोरबाट खटाइएका रेस्पोन्स स्वयंसेवकहरुले खटाइएका क्षेत्रमा गरिरहेको काम, समस्या र अवका दिनमा गर्नुपर्ने क्षेत्रबारे छलफल गरे। अमेरिकी राजदूत थम्पसनले…
कर्णाली याक्स नेपाल फ्रेन्चाइज प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हरायो। कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो। चितवनका रवि बोपाराले सर्बाधिक ५३ रन बनाए। कर्णालीका जीशान मक्सूदले ३ विकेट लिए।…
नेपालको यु–१९ टोलीले हङकङसँगको एक दिवसीय श्रृंखला एक खेलअगावै जितेको छ। हङकङको १९ वर्षमुनिको टोलीसँगको ३ खेलको एकदिवसीय क्रिकेट श्रृंखला नेपाली युवा टोलीले जितेको छ। मूलपानी क्रिकेट मैदानमा आज (बुधबार) भएको दोस्रो खेलमा हङकङलाई २२६ रनले हराउँदै नेपालले एक खेलअघि नै श्रृंखला जितेको हो। नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा…
नेपाली महिला यु–१९ को टोलीले मलेसियामा जारी एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा स्थान बनाएको छ। नेपाल र भारतको समान ३/३ अंक भएपछि रन रेटका आधारमा नेपाल एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा प्रवेश गरेको हो। नेपालसँगै भारतले पनि ‘सुपर फोर’ मा स्थान बनाएको छ। महिला यु–१९ एसिया कपमा नेपाल र भारतबीचको आज (सोमबार) को…