
शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ। हालसालैको एक खबरअनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ। यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन्। उनले एपको आईओएस बेटा संस्करणमा टिकटकले ३० मिनेट लामो भिडिओ अपलोडका…
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशबाट ल्याउन लागेको मिडिया विधेयक मिडियामैत्री आउने उल्लेख गरेका छन्। पोखरामा शुक्रबार कास्कीका पत्रकारहरुलाई सम्मान गर्दै सबै यस्तो बताएका हुन्। ‘गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउँछ’, मुख्यमन्त्री पाण्डेले जोड दिए, ‘प्रदेश सरकारले मिडिया विधेयक यही हिँउदे अधिवेशनमा ल्याउँदैछ।’ उनले पत्रकारिता क्षेत्रलाई जम्मेवार र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याए। सामाजिक…
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन्। शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन्। गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), सोही पुरस्कार २०८०…
प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ। काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र पत्र–पत्रिकाहरु टिकाईरहन कठिनाई भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको जनाएको हो। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालद्वारा जारी…
प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका लागि आचारसंहिता अभिमुखीकरण सुरु गरेको छ। बिहीबार संचारग्राममा विभिन्न युट्युब माध्यमका करिब ५० जना सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा युट्युब संचालकहरूले आफूहरूलाई गलत रूपमा सम्बोधन गर्दै युट्युबमार्फत सामग्री संप्रेषण गर्न हतोत्साही गरिने गरेको अनुभव सुनाए। उनीहरूले डिजिटल माध्यममार्फत सूचना संप्रेषण कार्यमा सहयोग नभएको गुनासो गरे।…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भाषाका विषयमा रहेका अन्योल हटाउन विज्ञ संलग्न समितिको खाँचो रहेको बताएका छन्। त्यसका लागि सरकार नै प्रमुख जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ। प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल स्रष्टा समाजको संयोजनमा सोमबार संचारग्राममा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले भाषासँग सरोकार राख्ने पक्ष समेटेर समिति नै बनाएर सरकारले पहल गरे…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरुको प्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संसोधन गर्नुपर्नेमा जोड दिएका छन्। काउन्सिलले शुक्रबार आयोजना गरेको पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले यस्तो बताएका हुन्। नयाँ मिडियाले ल्याएको चुनौती समाधान गर्नका लागि उक्त ऐनका केही दफा संसोधन गर्न जरुरी रहेको औंल्याए। ‘डिजिटल प्लेट्फर्ममार्फत संचालित संचारमाध्यमको प्रभावकारी…
पत्रकारहरु आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट सम्मान गरिएको छ। पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट अग्रज पत्रकारहरु सम्मानित भएका हुन्। पोखरामा आज (बुधवार) आयोजित समारोहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा र आदर्श…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘ढाकछोप र बार्गेनिङ’को पत्रकारिता नचल्ने बताएका छन्। ‘सञ्चार माध्यममा खोजमूलक कम र ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएको छ’, उनले भनेका छन्, ‘पत्रकारिताको विकृतिका रुपमा ढाकछोप र बार्गेनिङ पत्रकारितालाई बढावा हुन नदिन काउन्सिलले सार्थक पहल गरिरहेको छ।’ बिहिबार काउन्सिलमा आयोजित पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका हुन्। उनले नयाँ…
सामाजिक सञ्जाल टिकटकले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर छलफल गर्न आग्रह गरेको छ। टिकटक प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको हो। टिकटकले पत्रमा स्वनियमनका मान्यताअनुसार अघि बढ्ने प्रस्ट पारेको बताइएको छ। मन्त्रालयको अनुसार टिकटकले पत्रमार्फत आफ्नो टोली नेपालमा रहेको जनाउँदै छलफलमार्फत अघि बढ्न आग्रह गरेको हो। यसबारेमा सरकारले भने कुनै निर्णय गरेको छैन।…