प्रेस रिपोर्ट »

पत्रकार बासुदेव पौडेल मिलेनियम ट्रेक अवार्डबाट सम्मानीत

पोखरामा क्रियाशील पत्रकार बासुदेव पौडेललाई मिलेनियम ट्रेक अवार्डबाट सम्मानीत भएका छन् राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख पौडेललाई मिलेनियम ट्रेक व्यवस्थापन समितिले सो अवार्ड प्रदान गरेको हो। समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आज (शनिबार) नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा एक समारोहबीच पौडेललाई सो अवार्डबाट…

पत्रकार लालप्रसाद शर्मालई ‘गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान

पत्रकार लालप्रसाद शर्मालई ‘गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८३’ बाट सम्मानीत भएका छन्। नेपाल पत्रकार महासंघ कास्कीले शर्मालाई सो पुरस्कार प्रदान गरेको हो। शर्मा, महासंघ कास्कीको १८ औं साधारण सभामा सो पुरस्कारबाट सम्मानीत भएका हुन्। नेपाल पत्रकार महासंघ, कास्कीद्वारा संचालन गर्नेगरी गजेन्द्र भण्डारी परिवारबाट सो पुरस्कार स्थापना गरेको हो। गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी…

नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारणसभा

नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा शनिबार भएको छ। साधारण सभा तथा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहको गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी व्यवस्था मन्त्री भीम कार्कीले उद्घाटन गरे। कार्यक्रममा बोल्दै मन्त्री कार्कीले मोफसलमा रहेर पत्रकारिता गर्नेहरूको योगदानको कदर गर्दै उनीहरूको वृत्ति विकासका लागि प्रदेश सरकार सधैँ तत्पर रहेको बताए।…

पत्रकारहरु बस्नेत र बराललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कार

पत्रकारहरु सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पुरस्कार प्रदान गरिएको छ। प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पुरस्कार वर्ष–२०८१ बाट बस्नेत र वर्ष–२०८२ बाट बराललाई यो पुरस्कार प्रदान गरेको हो। पत्रकार महासंघ कास्की शाखाले प्रजातन्त्र सेनानी स्व. पालिखेको स्मृति दिवसको अवसर पारेर मंगलबार यो पुरस्कार प्रदान गरेको हो। यो पुरस्कार पालिखे परिवारद्वारा…

बंगलादेशको ढाकामा १० नेपाली फोटो पत्रकारहरुलाई सम्मान प्रदान

नेपालका १० जना फोटो पत्रकारहरु बंगलादेशको ढाकामा आइएचआई फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड-२०२६ बाट सम्मानीत भएका छन्। बंगलादेशको राजधानी ढाकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बंगलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनले अवार्ड प्रदान गरेकी हुन्। कार्यक्रममा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, ‘दि न्यू नेसन’ का प्रबन्ध सम्पादक अर्शाद हुसेन, बंगलादेश फेडरल युनियन अफ जर्नालिस्ट्सका महासचिव…

संचारिका समूह गण्डकीको नयाँ कार्यसमितिलाई सपथ तथा पदस्थापन गराइयो

संचारिका समूह नेपाल गण्डकी प्रदेशको नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ गराइएको छ। साथै, सो समितिलाई पदस्थापनसमेत गराइएको छ। अधिबेशनबाट निर्बाचित राधिका कँडेल नेतृत्वको नयाँ कार्यसमितिलाई सोमबार पद तथा गोपनीयताका सपथ गराइएको हो। निर्वाचन समितिका सदस्य अधिवक्ता भुवन पराजुलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। संचारिका समुह गण्डकी प्रदेश समितिको…

नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभा जेठ ९ गते

नेपाल पत्रकार महासंघ, कास्कीले जेठ ९ गते साधारण सभा गर्ने भएको छ। आइतबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पत्रअनुसार कास्की शाखाले साधारण सभा गर्ने निर्णय गरेको हो। सोहीअनुसार कास्की शाखाको १८ औं साधारण सभाको तयारी तीब्र पारिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष मावध वरालले जानकारी दिएका छन्।…

चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा पुन: समिर बलामी

चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा समिर बलामी निर्वाचित भएका छन्। संघको १० औं अधिवेशनले वलामीलाई पुन: अध्यक्षमा चुनेको हो। अधिवेशनबाट बलामी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। शनिवार राति भएको मतदानमा कुल १६९ मध्ये ९५ मत पाएर बलामी निर्वाचित हुँदा उनका निकततम प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत पाए। संघको उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा…

राधिका शर्मा कँडेल संचारिका समुह गण्डकीकी अध्यक्ष

फोटो पत्रकार राधिका शर्मा कँडेल संचारिका समूह गण्डकीको अध्यक्षमा निर्वाचित भएकी छन्। पोखरामा आज (सोमबार) भएको समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म रुपमा चयन गरेको हो। समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे (अनिता), कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) छन्। त्यस्तै, सदस्यहरुमा शोभा नेपाल, रिना थापा (तानी),…

कृष्णप्रसाद बास्तोला पुन: स्वतन्त्र पत्रकार संघको अध्यक्ष

कृष्णप्रसाद बास्तोला पुन: स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा चुनिएका छन्। संघको पाँचौँ अधिवेशन तथा १४ औँ वार्षिक साधारणसभाले कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो। शुक्रबार नवलपुरको गैँडाकोटमा सम्पन्न केन्द्रीय अधिवेशनले पुन: बास्तोलालाई अध्यक्षमा सर्वसम्मत चयन गर्‍यो। नयाँ समितिको उपाध्यक्षमा निर्सनालक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चुनिका छन्।…