प्रेस रिपोर्ट »

दिनेशचन्द्र बाँस्तोला, मुद्रण उद्योग संघ कास्कीको नयाँ कार्यसमितिको अध्यक्ष

दिनेशचन्द्र बाँस्तोला, मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा चुनिएका छन्। पोखरा क्षेत्रमा संचालनमा रहेका मुद्रण उद्योगका संचालकहरुको संस्था संघको शनिबार सम्पन्न पाँचौ अधिबेशन एबं १४ औं साधारणसभाले अध्यक्षमा बाँस्तोलालाई निर्वाचित गरेको हो। अध्यक्षमा निर्बाचित बाँस्तोला हाल पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत हुन। उनी लामो समयदेखि मुद्रण ब्यबसायमा संलग्न छन। जसको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुर्तेल, प्रथम…

पत्रकार धनबहादुर गुरुङ (सुमन) लाई छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार प्रदान

पोखरेली पत्रकार धनबहादुर गुरुङ (सुमन) लाई छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। तमु (गुरुङ) संचारकर्मी संघ, नेपालद्वारा काठमाडौंमा बुधबार आयोजना गरेको एक समारोहबीच पत्रकार पोखरामा क्रियाशील पत्रकार सुमनलाई सो पुरस्कार प्रदान गरेको हो। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपाध्यक्ष रेशम गुरुङले उनलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका हुन्। पुरस्कार राशि नगद २० हजार रुपैयाँ छ।…

पत्रकार भरत कोइरालालाई ‘निट पत्रकारिता पुरस्कार’ प्रदान

पोखराका पत्रकार भरत कोइरालालाई ‘निट पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले संचालन गरेको यो पहिलो पुरस्कारबाट पत्रकार कोइरालालाई पुरस्कृत गरिएको हो। पोखराको महेन्द्रपुलस्थित निट डेण्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सव अवसरमा शुक्रबार पोखरामा एक समारोहबीच फोनिज गण्डकीले पत्रकार कोइरालालाई यो पुरस्कार प्रदान गरेको हो। प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख…

पत्रकार सुरेस रजकलाई सरकारले सहिद घोषणा गर्‍यो

सरकारले पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ। सोमबारको मन्त्रिपरिषद बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं संचारमन्त्री जगदिश खरेलले दिएको जानकारीअनुसार एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार रजकको गत चैत १५ गतेको तीनकुने घटनामा मारिएका थिए। ‘चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको…

पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार

पत्रकार भरत कोइराला निट पत्रकारिता पुरस्कारबाट सम्मानीत हुँदैछन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशद्वारा संचालित पहिलो यो पुरस्कारबाट पत्रकार कोइराला सम्मानीत हुनेछन्। पोखरा महेन्द्रपुलमा संचालनमा रहेको निट डेण्टल केयर प्रालिले यो पुरस्कार स्थापना गरेको हो। फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नाम फोनिज गण्डकीको बैठकले अनुमोदन…

डा. कुमार शर्मा आचार्य, प्रेस काउन्सिल नेपालमा अवको अध्यक्ष

वरिष्ठ अधिवक्ता डा. कुमार  शर्मा आचार्यलाई सरकारले प्रेस काउन्सिलको अध्यक्ष मा मनोनीत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत आचार्यलाई अवको प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा कार्यरत थिए। २०४० सालमा अधिवक्ता भएका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता…

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा श्रेष्ठ

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रबिन्द्र श्रेष्ठ चुनिएका छन्। शाखाको आइतबार टोकियोको मुसासिनो प्यालेसमा सम्पन्न छैटौँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चुनेको हो। अधिवेशनले आगामी कार्यकाल सन (२०२५ देखि ०२८) का लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमितिसमेत गठन गरेको छ। जसको २ उपाध्यक्षहरुमा मनिषा चम्लागाई र लक्ष्मी पौडेल निर्वाचित भएका छन्। सचिवमा अर्जुन लामिछाने छन्। २ जना…

युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ लाई युवा पत्रकारिता पुरस्कार प्रदान

युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ लाई मेजर लक्ष्मीप्रसाद/हुमकुमारी गुरुङ एमबीओ बीइएम टुजीआर युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। आदिवासी जनजाति पत्रकार महासंघका सचिव एमबी आस्था र पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद गुरुङले ‘सुमन’ लाई बुधबार पुरस्कार प्रदान गरेका हुन्। पत्रकार ‘सुमन’ लाई पुरस्कार राशि १० हजार नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको हो। आदिवासी जनजाति पत्रकार महासंघ…

प्रेस काउन्सिलका सदस्य–सचिव पराजुलीलाई काउन्सिलमा स्वागत

प्रेस काउन्सिल नेपालका सदस्य–सचिव छबीन्द्र पराजुलीलाई विहीबार काउन्सिलमा स्वागत गरिएको छ। काउन्सिलका सदस्यहरू कुमारी निमा काफ्ले, पदमराज जोशी, विजयराज अधिकारी, शन्तराम बिडारी, मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सह–प्रशासकीय अधिकृत रामशरण बोहरालगायत कर्मचारीले उनलाई काउन्सिलमा स्वागत गरेका हुन्। स्वागतका क्रममा सदस्य कुमारी निमा काफ्लेले काउन्सिलले सदस्य–सचिव र काउन्सिलको टिमको सहकार्यबाट परिणाममुखी कार्य…

पत्रकार धौलागिरीद्वारा लिखित पत्रकारिता विषयको २ पुस्तक सार्वजनिक

पत्रकार विनोदप्रसाद शर्मा (विनोद धौलागिरी) का २ पुस्तक बुधबार सार्वजनिक भएका छन्। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका ‘लेखन र सम्पादन’ तथा ‘लेखन कला’ विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाण्डौका क्याम्पस प्रमुख कविता शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। सेफर्ड कलेज काठमाण्डौमा आयोजना गरिएको सो…