प्रेस रिपोर्ट »

समाचार संकलनका क्रममा घाइते ४ पत्रकारलाई प्रेस काउन्सिलको सहयोग

प्रेस काउन्सिल नेपालले जेन जी (Zen Z) प्रदर्शनका समाचार संकलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। मंगलबार आयोजित छलफलपछि काउन्सिलका सदस्य भीमलाल श्रेष्ठले कान्तिपुर टेलिभिजनका फोटोपत्रकार श्याम श्रेष्ठ, नयाँपत्रिका दैनिकका दिपेन्द्र ढुंगाना र नेपाल प्रेस डटकमका उमेश कार्कीलाई सहयोग रकमसहितको चेक हस्तान्तरण गरे। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उनीहरूले…

पत्रकार केशव पाठकलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान

पत्रकार केशव पाठकलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ। सहारा क्लब पोखराद्वारा सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार पाठक सम्मानीत भएका हुन्। सहारा क्लब पोखराको २७ ओैं साधारण सभा तथा १४ ओै अधिवेशनको अवसरमा शुक्रबार आयोजित समारोहमा उनलाई २५ हजार ५५५ रुपैयाँ नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो। प्रमुख अतिथि हिमश्री फुड्स प्रालिका प्रबन्ध…

पत्रकार एकराज गिरीलाई सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार प्रदान

पोखराका कृयाशील पत्रकार एकराज गिरीलाई सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ। पोखरा यातायात प्रालिको पोखरामा विहीबार आयोजित सातौ वार्षिक साधारणसभामा प्रालिले स्थापना गरेको सो सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेल, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रंसाद…

पत्रकार आरजु बिष्ट ‘सल्यानी’ लाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

पत्रकार मोहनकुमार (आरजु) बिष्ट ‘सल्यानी’ लाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। पोखरा उद्योग वाणिज्य संघको साधारण सभाको अवसरमा शनिबार संघले पत्रकार ‘सल्यानी’ लाई उक्त पुरस्कार प्रदान गरेको हो। पोखरा उद्योग बाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार मोहनकुमार (आरजु) विष्ट ‘सल्यानी’ सम्मानीत भएका हुन्। समारोहमा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन…

ढोरपाटनकर्मी अर्जुन काफ्ले र राजेन्द्र नेपाली पुरस्कृत

ढोरपाटनकर्मी अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपाली पोखरामा पुरस्कृत भएका छन्। एक समारोहबीच आइतबार पोखरामा पत्रिकाका स्याङ्जा संवाददाता काफ्ले र व्यवस्थापक नेपाली पुरस्कृत भएका हुन्। पोखराबाट प्रकाशन हुने ढोरपाटन दैनिकले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट संवाददाताको रुपमा स्याङजा संवाददाता अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपालीलाई सम्मान तथा पुरस्कृत गरेको हो। पत्रिकाका अध्यक्ष तथा प्रधान…

पत्रकार गोविन्द सुवेदीलाई पर्यटन पत्रकारिता पुरस्कार प्रदान

पोखराका पत्रकार गोविन्द सुवेदीलाई महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) द्वारा संचालित पर्यटन पत्रकारिता पुरस्कारबाट प्रदान गरिएको छ। ओटेफको विहिबार पोखरामा आयोजना भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा सुवेदीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारीलगायतले पत्रकार सुवेदीलाई नगद १५…

पत्रकारहरु राम गुरुङ र कैलाशबाबु श्रेष्ठ (सुशिल) लाई कञ्चन पत्रकारिता पुरस्कार प्रदान

पत्रकारहरु राम गुरुङ र कैलाशबाबु श्रेष्ठ (सुशिल) लाई कञ्चन पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ। कास्कीका फोटो पत्रकार गुरुङ र गोरखाका पत्रकार श्रेष्ठ (सुशिल) सो पुरस्कारबाट सम्मानीत भएका हुन्। पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व. नेत्रकुमारी गुभाजू तथा बाबा स्व. वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)…

गोरखाबाट प्रकाशित ‘हाम्रो गोरखा सन्देश’ पत्रिका १८ औं वर्षमा प्रवेश

गोरखाबाट प्रकाशित हुने ‘हाम्रो गोरखा सन्देश’ पत्रिका १८ औं वर्षमा प्रवेश गरेको छ। आज (सोमबार), सो पत्रिकाले १८ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको हो। जिल्ला समन्वय समिति गोरखाको सभाहलमा भएको कार्यक्रममा गोरखा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापामगर, गोरखाका पत्रकार, कार्यलय प्रमुख, प्रहरी प्रमुखलगायतको सहभागितामा पत्रिकाको वार्षिकोत्सव मनाएको हो। कार्यक्रममा गोरखा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापामगरले ‘हाम्रो…

संसदीय पत्रकार मञ्च, गण्डकीको नवनिर्वाचित समितिको पदभार

संसदीय पत्रकार मञ्च गण्डकीको चौथो अधिवेशनबाट निर्वाचित समितिले शुक्रबार पदभार ग्रहण गरेको छ। प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापा र प्रदेश सभा सचिव हरिराज पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेको हो। कार्यक्रममा निर्वाचन समिति संयोजक रमेश पौडेलले निर्वाचित समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै सपथसमेत गराए। कार्यक्रममा सभामुख धितालले मञ्चले पछिल्ला २ वर्षमा सम्पादन…

पत्रकार रुद्र श्रीषमगरलाई ‘कौराहा संरक्षण पत्रकारिता पुरस्कार’ प्रदान

पत्रकार रुद्र श्रीषमगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानीत भएका छन्। गण्डकी प्रदेशका युवा खेलकुद तथा सामाजिक विकासमन्त्री विन्दुुकुमार थापाले पत्रकार श्रीषमगरलाई सम्मानपत्र तथा नगद १५ हजारसहित सम्मान गरे। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्वारा संरक्षित सो पुरस्कार प्रदान गर्दै मन्त्री थापाले गण्डकी प्रदेश सरकारले हाल…