प्रेस रिपोर्ट »

कास्कीको याङ्जाकोटमा फोटो पत्रकारको साधारणसभा

नेपाल फोटो पत्रकार संघ कास्कीको साधारणसभा मंगलबार भएको छ। कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा साधारणसभा भएको हो। साधारणसभाबाट संघले गरेको प्रमुख उपलब्धि र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरिएको छ। साथै, सचिव धनबहादुर गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष युनिश गुरुङको आर्थिक प्रतिवेदन पनि सर्वसम्मतले पारित गरेको छ।…

नेपाल फोटो पत्रकार संघ, कास्कीको एडभान्स फोटो पत्रकारिता तालिम

कास्कीको मादी गाउँपालिका –३ याङ्जाकोटमा मंगलबारदेखि ‘एडभान्स फोटो पत्रकारिता तालिम सुरु भएको छ। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजना नेपाल फोटो पत्रकार संघ, कास्कीको सह–कार्यमा तालिम भएको हो। तालिममा फोटोको आधारभूत ज्ञान, फोटोको प्रकार, कम्पोजिसन, फोटो क्याप्सन, फोटो स्टोरी, कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिइएको थियो। गण्डकीकी प्रेस रजिष्ट्रार…

पत्रकारहरु राजबहादुर, फडिन्द्र र एकराजलाई पत्रकारिता पुरस्कार प्रदान

पोखरामा कृयाशील पत्रकारहरु राजबहादुर गुरुङ, फडिन्द्र अधिकारी ‘अकिञ्चन’ र एकराज गिरी पुरस्कार पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्। नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा महासंघको कास्की शाखाले उनीहरुलाई पुरस्कार प्रदान गरेको हो। पोखराको अग्रणी सामाजिक संस्था सहारा क्लब पोखरा पनि पोखरा पत्रकारिता पुरस्कार–२०८२ बाट सम्मानीत भएको छ। गुरुङलाई पोखरा पत्रकारिता पुरस्कार–२०८१ र सहारा क्लब…

पत्रकार तिलक मल्ल जापानमा ‘प्रवास पत्रकारिता पुरस्कार’ बाट सम्मानीत

जापानमा क्रियाशील नेपाली पत्रकार तिलक मल्ल ‘प्रवास पत्रकारिता पुरस्कार–२०२६’ बाट सम्मानीत भएका छन्। जापानमा रहेर नेपाली पत्रकारितामा निरन्तर सकृय रहँदै आएका मल्ललाई नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा सो पुरस्कारबाट सम्मान गरेको हो। पत्रकार मल्ल सन् १९९९ देखि जापानमा पत्रकारिता गर्दै आएका छन्। पत्रकार मल्लले जापानको टोकियोमा रहेर समुद्रपारी डटकम…

पत्रकार लम्साललाई प्रेस चौतारी पुरस्कार, सापकोटालाई चौतारी सम्मान

पत्रकार रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवस अवसरमा कास्की शाखाले बिहीबार आयोजना गरेको समारोहमा उनलाई पुरस्कार प्रदान गरेको हो। प्रेस चौतारी कास्कीले लम्साललाई पुरस्कारस्वरुप नगद २२,२२२ रुपैयाँ प्रदान गर्‍यो। सो अवसरमा आदर्श समाजकर्मी विष्णुप्रसाद सापकोटालाई प्रेस चौतारी पत्रकारिता सम्मान अर्पण गरेको छ। प्रमुख अतिथि नेकपा…

पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार

पोखराका कृयाशील पत्रकारहरु धन बस्नेत र सागरराज तिमिल्सिना टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्। पत्रकार महासंघ कास्कीले पत्रकार बस्नेत र तिमिल्सिनालाई बुधबार पोखरामा एक कार्यक्रमबीच सो पुरस्कारबाट सम्मान गरेको हो। पत्रकार महासंघ कास्कीद्वारा संचालित टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार वर्ष–२०८१ का लागि बस्नेत र वर्ष–२०८२ का लागि तिमिल्सिना सम्मानीत भएका हुन्। गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारी,…

पत्रकार एवं गण्डकी प्रदेश रासस प्रमुख पौडेल सम्मानीत

पोखराका युवा क्रियाशील पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल सम्मानीत भएका छन्। गण्डकी प्रदेशकै प्राचीन विद्यालय संस्कृत माध्यमिक विद्यालय (स्था.वि.सं १९५८) को १२५ औं अभिभावक दिवसका अवसरमा पौडेललाई दोसल्ला र सम्मानपत्रसहित पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान गरेका…

पत्रकारहरु सुमन, विमल र सागरलाई टान गण्डकीको सम्मान

पत्रकारहरु सुमन ढुंगाना, विमल तिवारी र सागर ढकाल पोखरामा सम्मानीत भएका छन्। पर्यटन क्षेत्रको विकासमा पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्‍याएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पत्रकारत्रयलाई सम्मान गरेको हो। टान गण्डकीको ३२ औं साधारण सभाको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो। 6टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले ट्रेकिङ र समग्र पर्यटन क्षेत्रको विकासमा नेपाली पत्रकारिताको…

डिल्लीराम काफ्ले, स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्ष

स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा डिल्लीराम काफ्ले चयन भएका छन्। संघको शुक्रबार पोखरामा सम्पन्न सातौँ अधिवेशनले काफ्लेको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा शिशिर उजाड, सचिवमा मदनराज जैसी, सह–सचिवमा रामकृष्ण अधिकारी तथा कोषाध्यक्षमा गणेशबज्र लामा छन्। त्यस्तै सदस्यहरूमा भोजराज उपाध्याय, दुर्गादेवी बास्तोला, मानबहादुर थापा र रामचन्द्र लामिछाने छन्।…

सन्तोष बस्याल, चलचित्र पत्रकार संघ कास्कीको अध्यक्ष

चलचित्र पत्रकार संघ नेपाल, कास्कीको अध्यक्षमा पत्रकार सन्तोष बस्याल आएका छन्। संघको छैटौं अधिवेशनले बस्याललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो। जसको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम, कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरुमा प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल छन्।…