
संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान संचालन गर्न आह्वान गरेका छन्। उनले भने, मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने बताए । नवलपरासी (बर्दघाट सुस्तापश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा…
भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६ सय ७ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ४ सय ९६ जनाको मृत्यु भएको छ। केही दिनदेखि त्यहाँ नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ। कोरोनाभाइरसबाट त्यहाँ संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार…
पोखरा । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा हिजो नियुक्त तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। अर्थमन्त्री विष्णु पौडेल, संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शपथ लिएका हुन्। बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा…
ताइवानलाई अमेरिकाले हतियार बेचेको खण्डमा आफूले अमेरिकाविरुद्ध आवश्यक प्रतिक्रिया जनाउने चीनले बताएको छ। चीनका विदेशमन्त्री वाङ यीले ताइवान चीनको भूमि भएकाले अमेरिकाले त्यहाँ अवैधानिक रुपमा हतियार बेच्न नहुने बताएको हो। यद्यपी, बेचेको खण्डमा चीनले गतिलो जवाफ दिने उनको भनाई छ। हालै अमेरिकी सरकारले ताइवानलाई अत्याधुनिक हतियार बेच्ने बताएको थियो। चीनले ताइवानलाई आफ्नो मूलुक भएको बताउँछ,…
पोखरा । पछिल्लो २४ घन्टामा थप २२ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन्। देशका विभिन्न स्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो। स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन…
पोखरा । पछिल्लो २४ घन्टामा देशभर थप ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन संक्रमण देखिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा बढी हो । यससँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । यस अवधिमा १९ हजार ३ सय २० जनाको नमुना पीसीआर विधिबाट परीक्षण गरिएको…
पोखरा । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले घरमा भएका पुरान लुगा लगाएर यसपालीको दसैं मनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम झनझन् बढ्दै गएकोले यसपालीको दसैं संयमित भई, भिडभाडमा सपिङ नगरी आफैसँग भएका पुराना लुगा लगाएर पूजाआजा गरी दसैं मनाउन सुझाव दिए । उनले भने,…
पोखरा । नेपाल सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको बताएको छ । सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल समेत गरेको छ । गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा…
पोखरा । नुवाकोटकी सोमिका तामाङले सोमबार ५ शिशुलाई जन्म दिएकी छन् । २८ वर्षीय सोमिकाले काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एकै पटक ५ वटा शिशुलाई जन्म दिएको अस्पताल श्रोतले जनाएको छ । सोमिकाले जन्माएको ५ शिशुमध्ये एक जनाको जन्मनुअघि मृत्यु भएको र ४ जना जीवित रहेको अस्पतालले जनाएको छ । शल्यक्रियबाट ती…
पोखरा । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि (मंगलबार) बस्ने भएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको सोमबारको भेटवार्तापछि मंगलबार दिउँसो ४ बजेको लागि सचिवालय बैठक राख्ने निर्णय भएको समाचार छ । यसअघि, नेकपाले आइतबारका लागि सचिवालय…