
नव विवाहित जोडीलाई बुद्ध एयरले आफ्नो विमानबाट यात्रा गर्ने बेहुला–बेहुलीको जोडीलाई पोखरा हनिमुनका लागि निशुल्क दुईतर्फी टिकट उपहार दिने भएको छ। नव विवाहित जोडीले बुद्ध एयरको विमानबाट यात्रा गरेको हुनुपर्नेछ। यस बापत जोडीले बुद्ध एयरबाट पोखराको दुईतर्फी टिकट उपहार पाउनेछन्। यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिन विवाहको पोसाकसहित बुद्ध एयरको विमानमा यात्रा गरेको फोटो खिचेर…
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) भर्चुअल प्रेस मिट गर्दै नेपालमा पनि २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो। ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एक जना ७१ वर्षीय व्यक्तिमा…
समाचार संकलनका क्रममा सोलुखुम्बुस्थित सोलु एफएमका समाचार सहायक एवं उज्यालो नेटवर्कका सुबास दर्नाल र रमन वनमाथि भएको हातपात र उनीहरूको संचारसामग्रीमा क्षति पु¥याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार महासंघ केन्द्रका महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारलाई कुण्ठित पार्ने यो घटनाको महासंघ कडा भत्र्सना गर्दछ।’…
नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको सवालमा राप्रपासँग विचार मिल्ने बताएका छन्। बुधवार काठमाडौंमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिदैँ प्रचण्डले राप्रपासँग आफ्नो विचार र मत नमिल्ने तर, राष्ट्रियताको भाषा मिल्ने भएकाले गोत्र चाहिँ मिल्ने भन्न सकिने प्रचण्डले बताए । ‘म गणतन्त्रवादी, धर्मनिरपेक्षतावादी हुँ तर, तपाईंहरूजस्तै राष्ट्रवादी चाहिँ हो।’ प्रचण्डले…
नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरालाई चयन गरिएको छ। उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ। यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी दिइएको छ। यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट सो पार्टीले केन्द्रीय विभाग, प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय,…
नेकपा (माओवादी केन्द्र)को शनिबारदेखि जारी बैठकले नेताहरुको कार्यविभाजन गर्ने भएको छ। शनिबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। ‘सांगठनिक अजेन्डा प्रस्तुत गरिएको छ। त्यसमा मुख्यतः अहिले हाम्रो कार्यविभाजन हुनेछ। प्रदेशको विभागहरुको र आवश्यक कार्यविभाजनहरु गर्नेछौं’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पनि प्रस्तुत गरेका छन्। जहाँ पुस…
संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। सिंहदरबारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। साझा नीति तथा कार्यक्रममा कोरोना रोकथाम र प्रभावित क्षेत्रमा राहत दिने विषयलाई प्राथमिकता दिइएको छ।…
सत्तारुढ गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो। बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि आजै अपरान्ह ४ बजे…
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताएका छन्। शनिबार काठमाडौँमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै आफूहरू मैदान छोडेर नभाग्ने बताएका हुन्। उनले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक…
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरे। मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति…