
पोखरा । तनहुँको व्यास नगरपालिकामा तेस्रो संस्करणको व्यास नगर अल्ट्रा म्याराथनको तयारी शुरु गरिएको छ । व्यास नगरपालिका–५, मानहुँकोटबाट उक्त नगरपालिकाको वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको अल्ट्रा म्याराथन हुन लागेको हो । मानहुँकोटबाट शुरु हुने म्याराथन व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमीको दुरी रहेको छ । नगरपालिकाले मानहुँकोट र पुलिमराङलाई पर्यटकीय…
पोखरा । अख्तियार अनुसन्धान आयोगले गण्डकी प्रदेश समक्ष गत आर्थिक वर्ष ०७५/०७६ को प्रतिवेदन बुझाएको छ । आयोगका सह–सचिव सन्देश श्रेष्ठ लगायत पोखरा प्रमुख र अधिकृतहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रतिवेदन बुझाएका हुन् । देश संघीयतामा आएपछि ०७२ को नयाँ संविधानमा उल्लेख भएअनुसार आयोगका प्रतिवेदनलाई प्रदेशप्रमुख समक्ष बुझाइएको सह–सचिव श्रेष्ठले जनाए । गत आर्थिक वर्षमा…
पोखरा । माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लव माछापुच्छे«–४, लाहाचोकको आयोजनामा बुधवारदेखि गण्डकी प्रदेश क्लवस्तरीय खुल्ला फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक समूहले बाग्लुङ जिल्ला फुटवल संघलाई टाइबे्रकरमा ४–३ गोलअन्तरले हरायो । निर्धारित समयमा १–१ गोलको वरावरी भएपछि खेल टाइबे्रकरमा घकेलीएको थियो । आयोजक समूहको तर्फबाट विवेक सन्तोषी ‘म्यान अफ दी म्याच’ बने…
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा ७ जनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री उनका सहयोगीहरु टंकप्रसाद…
इरानमा यूक्रेनी विमान दुर्घटना हुँदा कम्तिमा १७६ जनाको मृत्यु भएको छ । तेहरानमा विमान दुर्घटनाग्रस्त हुँदा १६७ यात्रुसँगै ९ चालक दलका सदस्यसहित १७६ जनाको मृत्यु भएको हो । इरानस्थित प्रेस टीभीका अनुसार इमाम खमौनी अन्तर्राष्ट्रिय विमानस्थलका जनसम्पर्क अधिकृत अली खसानीलाई उद्धृत गर्दै बोइङ्ग ७३७ मा १६७ यात्रु र ९ चालक दल रहेको जनाएको छ ।…
पोखरा । धम्पुसको मिलन युवा क्लबले घलेल भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । तमु ल्होछारको अवसरमा आयोजित गाउँस्तरिय पुरुष भलिबल तर्फ मिलन युवा क्लब धम्पुस च्याम्पियन बनेको हो । घलेलस्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भूमी युवा क्लब तप्राङलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनलमा जुरे भूमी युवा क्लब…
पोखरा । मनमोहन मेमोरियल एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले महत्वपूर्ण जित निकालेको छ । सेमिफाइनल प्रवेशको संभावना जीवितै राख्न जित्नैपर्ने खेलमा एपीएफले आयोजक एमएमसी इनरुवालाई ८३ रनले पाखा लगायो । विभागीय एपीएफले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याएको आयोजक एमएमसी ३६ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय २१…
पोखरा । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सुनसरीको इनरुवामा आइतबार भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १ सय ८ रनले पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो । आर्मीले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको एपीएफ ३९ ओभर ३ बलमा अलआउट…
पोखरा । नेपाली सिने क्षेत्रको विभिन्न विधामा कामना फिल्म अवार्ड–२०७६ वितरण गरिएको छ । प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कूल ३५ विधामा अवार्ड प्रदान गरिएको हो । समारोहमा लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो । जसमा जुरीको ९० र भोटिङको १० प्रतिशत अंक जोडिएको थियो । वरिष्ठ फिल्मकर्मी नीर शाहलाई ‘कामना लाइफ…
पोखरा । ‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । गीतकार उरारा सलिन कार्कीले गीतको शब्द रचना गरेका हुन् । संगीतकार हरी लम्सालले गीतमा संगीत भरेका छन् । गायक आनन्द कार्कीले गीतमा मीठो स्वर भरेका छन् । गीतलाई राज लामिछानेले अनुवाद गरेका हुन् । गीतको भिडियोमा उदय बिक्रम थापा, उरारा शलिन कार्की, मिस्टर नोरिओ…