शिक्षा-स्वास्थ्य »

कोरोनालाई जितेर २७ दिनपछि घर फर्किएकी युवती भन्छिन, ‘नआत्तिनुस, सजग भएर उपचार गर्दा निको हुन्छ’

पोखरा । कोरोना भाइरस (कोभिड १९) लाई जितेर काठमाण्डौकी १९ वर्षीया किशोरी घर फर्किएकी छिन् । घर फर्किँदै गर्दा उनले कोरोना भाइरसको संक्रमण हुँदा जसलाई पनि डर लाग्ने भएपनि नआत्तिन उनले आग्रह गरेकी छिन् । उनले भनेकी छिन, ‘रोग भन्नेबितिकै हामी सबै आत्तिन्छौँ । तर, नआत्तिनुस, सजग भएर उपचार गराइयो भने कोरोनाको संक्रमण निको हुन्छ…

नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो, सबैको स्वास्थ्य स्थिति सामान्य

पोखरा । नेपालमा सोमबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पुष्टिससँगै, यहाँ अब संमितको संख्या १६ पुगेको छ । नयाँ संक्रमितहरुको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । यस्तै, संक्रमित २ जनाको काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । त्यस्तै, बागलुङमा २ जनाको उपचार भइरहेको छ…

पोखरा महानगरले थाल्यो महानगरभित्र छर्न ‘डिसइन्फेक्सन स्प्रे’

पोखरा । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन पोखरा महानगरले कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनाषक औषधी छर्कने कार्य शुरु गरेको छ । किटनाषक औषधी छर्कने कार्यको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरका विभिन्न ठाउँमा किटनाषक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको हो…

बिपतमा सवारी नपाए, पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष गुरुङलाई मोबाइल नम्बर ९८५६००३०२७ मा फोन गर्नुस्

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले लकडाउनमा विरामी भएर अस्पतालनै लैजानुपर्ने अवस्था आए आफूलाई फोन गर्न वडावासीलाई आग्रह गरेका छन् । उनले आफूले निजी रुपमा प्रयोग गर्दै आएको बा ११ च ६०२१ नम्बरको कारसहित आफू वडावासीलाई विपतका बेलामा सहयोग गर्न तयार रहेको बताएका छन् । लकडाउनका कारण सवारी साधन नपाउँदा…

फागुनको ११ देखि पोखरामा क्यान इन्फोटेक, तयारी तिब्र

पोखरा । आगामी फागुनको ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एशोसिएसन विथ वल्र्डलिंक’ हुने भएको छ । क्यान कास्कीले आयोजन ागर्ने ११ औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको पत्रकार सम्मेलनमा बताइएको छ । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने…

सुनिताले पोखरामा एकैपटक चार शिशुलाई जन्म दिइन्

पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एक युवतीले एकै पटक बिहीबार चम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । स्याङ्जा पुतलीबजारकी सुनिता पौडेल प्रधानले मणिपाल शिक्षण अस्पतालमा १ छोरासहित चार शिशुको जन्म दिएकी हुन् । स्याङ्जा पुतलीबजार नगरपालिका वडा १ की २६ वर्षीया सुनिताको शल्यक्रिया मार्फत ति ४ शिशुहरु जन्मिएका हुन् । अस्पतालमा कार्यरत डा. महेन्द्र पाण्डे…