समाचार »

‘संचार माध्यमले सुशासनको पक्षमा भूमिका खेल्नुपर्छ’

सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासनका लागि संचार क्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयले आज (बुधबार) दीपावलीको अवसरमा आयोजित चियापान कार्यक्रममा संचारमन्त्री गुरुङले सो कुरा बताएका हुन्। ‘यो सरकार आलोचनालाई सहज रुपमा लिएर आफैबाट कमी कमजोरी भएको रहेछ भने पनि सच्याउन तयार रहेको लोकतान्त्रिक सरकार बनेको…

पूर्व मुख्यसचिव अर्याललाई भ्रष्टाचार मुद्दामा सफाई

पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन्। सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको विषयमा दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई आज (बुधबार) सफाई दिएको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीसफाईप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले व्यक्ति र कम्पनी गरी १२ जना प्रतिवादी रहेको…

साफ फाइनलमा नेपाली टोलीको प्रति गोल १ लाख पुरस्कार

गरिमा विकास बैंक लिमिटेडले साफ वुमन्स च्याम्पियनसीप फुटवलको फाइनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषण गरेको छ। बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ। नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने…

लिग–२ क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हरायो

आइसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकेटमा नेपालले स्कटल्यान्डलाई हराएको छ। अमेरिकामा भइरहेको श्रृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको हो। अमेरिकाको डालसमा स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा भेट्टायो। नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन बनाए। कुशल भुर्तेल र गुल्सन झाले २५÷२५ रन जोडे। आसिफ शेखले २१ रन थपे। स्कटल्याण्डका…

‘अराजकतालाई मलजल गर्ने मिडिया कारवाहीमा पर्छ’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरामा ल्याउने दृढता जाहेर गरेका छन्। सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना संप्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उनले उल्लेख गरे। अध्यक्ष बस्नेतले भने, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ।…

संचारमन्त्री गुरुङ र नेफेज समूहबीच भेटघाट

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नेपाल वातावरण पत्रकार समूह (नेफेज) को समूहले भेट गरेको छ। (नेफेज) समूहको नवनिर्वाचित कार्यसमिति संचार मन्त्रालय पुगेर मन्त्री गुरुङलाई भेटेको हो। भेटमा संचारमन्त्री गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताए। उनले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसंख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गरे। सरकारका प्रवक्ता मन्त्री…

रोड्रीले जिते यस वर्षको बालोन डी’ओर अवार्ड

स्पेनका राष्ट्रिय फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यसवर्षको पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन्। फ्रान्सको पेरिसमा रहेको थिएटर डु शाटेलेटमा भएको भब्य समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन्। रोड्रीले यस वर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। साथै उनले लगातार चौथो पटक प्रिमियर लिगको…

तिहारमा स्वदेशी फूललाई जोड दिउँः कृषि मन्त्री श्रेष्ठ

गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन्। ‘स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीवीसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिउँ’, मन्त्री श्रेष्ठको भनाई छ। पोखरामा सोमबारदेखि सुरु गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प…

राइजिङ पोखरा क्लबस्तरीय क्रिकेट च्याम्पियन

राइजिङ पोखरा क्लबस्तरीय एक दिवशीय क्रिकेट च्याम्पियन बनेको छ। पोखरामा सोमबार सम्पन्न फाइनल खेलमा राइजिङ पोखरा क्लबले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसीपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन जोड्दै च्याम्पियन बनेको…

पोखराको हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

पोखराको हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार प्रदान गरिएको छ। बहुआयामिक व्यक्तित्व सिद्धि गौचनको १४ औं स्मृति सभामा हिमाली सांस्कृतिक परिवारलाई पुरस्कार प्रदान गरिएको हो। जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालको आयोजनामा सिद्धि गौचन स्मृति सभा तथा पुरस्कार अर्पण समारोहको आयोजना गरेको हो। साहित्यकार सरुभक्त, डा. नारायणप्रसाद अधिकारी, अक्षयकोष संस्थापक विश्वमोहन गौचन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज…