समाचार »

७५३ वटै स्थानीय तहले सूचना अधिकारी तोक्नू

राष्ट्रिय सूचना आयोगले सबै स्थानीय तहलाई अनिवार्य रुपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ। सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो। सूचनाको हकसम्बन्धमा १० बुँदा कार्यान्वयनका लागि आयोगको गत असोज १६ को बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिएको हो। जसमा सूचना अधिकारी अनिवार्य…

एएफसी यु–१७ एसियन कप छनोटमा नेपालको लज्जाजनक हार

नेपालले एएफसी यु–१७ एसियन कप छनोटमा महारथी टोली जापानसँग लज्जाजनक हार व्यहोरेको छ। सुरुमै बनाएको अग्रता जोगाउन नसक्दा जापानसँग ९–२ ले पराजित भएको छ । बुधबार राति कतारको दोहामा भएको समूह ‘एफ’ को खेलमा नेपालले सुरुआती अग्रता लिएको थियो। बलियो टोलीविरुद्ध सबिनकुमार मगरले १२ औं मिनेटमा अप्रत्यासित रुपमा गोल गरे। अर्काे गोल विपिन खड्काले ८८…

साफ च्याम्पियनसीपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपाल समूह ’बी’ को विजेता बन्दै महिला साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (बिहीबार) भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हरायो। नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता रानामगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १÷१ गोल गरे। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। भुटान समूह…

कास्की जिल्ला अदालतमा रवि लामिछानेले दिएको बयान (बयान जस्ताको तस्तै)

सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सरकारबाट अन्याय भएको आरोप लगाएका छन्। उनले जिल्ला अदालत कास्कीमा बयानका क्रममा आक्रोशमिश्रित बयान दिएका हुन्। उनले आफू अन्यायको शिखरमा उभिएर न्यायको याचना गरिरहेको बताए। आफूलाई राज्यले हदभन्दा बढी गरेको रविको आरोप छ। आफूलाई थुनामा राखिएको, राज्यले दम्भ देखाएको, बयान…

महिला साफ च्याम्पियनसीपमा भुटान सेमिफाइनल पुग्यो

भुटान साफ महिला च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा पुगेको छ। समूह ‘बी’ को लिग चरणको अन्तम खेलमा माल्दिभ्समाथि १३ गोलवर्षा गराउँदै बलियो भुटानले सेमिफाइनलमा स्थान बनाएको हो। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (बिहीबार) भएको समूह ’बी’ को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो। भुटानकी देकी ल्हजोमले ५ गोल गरिन्। यस्तै, पेमा छोदेन शेरिङ र शेरिङ याङ्देनले समान २/२…

रुपन्देही जिल्ला अदालतबाट पनि रवि लामिछानेविरुद्ध पक्राउ अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो। सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ। लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी…

महिला साफ च्याम्पियनसिपमा बंगलादेश समूह विजेता

साविक विजेता बंगलादेशले महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। साविक उपविजेता भारतलाई पछि पार्दै बंगलादेख समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। समूह ‘ए’ अन्तर्गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले भारतलाई ३–१ ले हराउँदै प्रतियोगितामा समूह विजेता बन्यो। यो जितसँगै बंगलादेश २ खेलबाट ४ अंकका साथ समूह विजेतासमेत बन्यो। भारत २ खेलबाट ३…

धावक अर्जुनले काठमाण्डौंदेखि पोखरासम्मको दौड पूरा गरे

कास्कीको रुपा गाउँपालिकाका धावक अर्जुन गोदारले काठमाण्डौंदेखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा गरेका छन्। धावक गोदारले करिब साढे २ दिनमा उक्त दूरी पार गरेका हुन्। काठमाडौँको दशरथ रंगशालाबाट सोमबार देखि सुरु भएको गोदारको दौड पोखरा रंगशालासम्म आज (बुधबार) दिउँसो करिब २ः०० बजे पूरा गरेका हुन्। गोदार नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट…

‘आफ्नो र सार्वजनिक चासोमा मात्रै सूचना माग्न पाउने अधिकार’

प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आफ्नो र सार्वजनिक चासोको विषयमा मात्रै सार्वजनिक निकायमा सूचना माग्न पाउने अधिकार रहेको बताएका छन्। सोमवार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रमुख सूचना आयुक्त गुरुङले अपराध, अनुसन्धानमा रहेको विषयमा सूचना दिन नपर्ने स्पष्ट पारेका छन्। ‘नेपालको संविधान र सूचनाको हकसम्बन्धी कानूनले नेपालको सार्वभौमसत्ता,…

टी–२० क्रिकेटमा सोमपाल बने ‘प्लेयर अफ दि सिरिज’

नेपाली क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी ‘प्लेयर अफ दि सिरिज’ बनेका छन्। अमेरिकासँगको ३ वटा टी–२० आईसीसी श्रृंखलामा नेपालले ‘क्लिन स्विप’ गर्दा सोमपाल ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन्। उनले प्रतियोगितामा सर्वाधिक ५ विकेट लिए। घरेलु टोली अमेरिकाका जसदीप सिंहले पनि समान ५ विकेट लिए। नेपालकै दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिएका थिए। नेपालका कुशल…