
नेपाल रेडक्रस सोसाइटी पोखरा–३३ उपशाखा भरतपोखरीले बडादशैंँ, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सदस्य तथा जुनियर युवा समिति संयोजक रमेशराज भण्डारीले रेडक्रसका आदर्श र सिद्धान्तलगायतका विषयमा प्रकाश पारे। नेपाल रेडक्रस सोसाइटी पोखरा–३३ उपशाखाका सभापति टुकराज भण्डारीले शाखाका गतिविधिबारे प्रकाश पारे। कार्यक्रमका सहभागीलाई युवराज…
नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ सहयोग गरेको छ। नेपाल बैंकले आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त चेक हस्तान्तरण गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल बैंक संचालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढीपहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न उक्त रकम दिएका हुन्। प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै…
नेपाल पत्रकार महासंघले आगामी मंसीर २८ गते ३ वटै तहको निर्वाचन गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महसंघ केन्द्रीय समितिको राष्ट्रिय भेलाले यो निर्णय गरेको हो। महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिवार बिहानदेखि राष्ट्रिय भेला सुरू भएको थियो। भेलाको सर्वसम्मतिले आगामी मंसीर २८ गते शुक्रवार महासंघका ३ वटै तहको निर्वाचन…
कर्णाली यश्विसकी जिनेप आउट्रन एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। शनिबार ललितपुर क्वीन्सलाई ३–२ को सेटमा पराजित गर्दै कर्णाली च्याम्पियन बनेको थियो। कर्णालीलाई अपराजित रहँदै विजेता बनाउन टर्कीकी आउटसाइड हिटर जिनेपले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। जिनेपले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। ६ खेलमा उनी फाइनलसहित २ पटक ‘प्लेयर अफ…
कर्णालीले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार राति भएको खेलमा कर्णाली यश्भिसले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। सुरुआती २ सेट २५–१७, २५–२० ले आफ्नो पक्षमा पारेको कर्णालीले त्यसपछिका २ सेट भने १२–२५, १८–२५ ले गुमायो। निकै रोमाञ्चक पाँचौं तथा निर्णायक…
अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको स्थगित निर्वाचन मंसिर २३ र २४ गते हुने भएको छ। नेकपा (माओवादी केन्द्र) निकट संगठन अखिल क्रान्तिकारी अध्यक्ष मण्डलको आज (शनिबार) बसेकोे बैठकले मंसीर २३ र २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो। अध्यक्षमण्डलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी संगठनको २३…
फिलिपिन्सको दुवै टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को च्याम्पियन बनेको छ। चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिनी पुरुष टोलीले एसिया रग्बीको पुरूषतर्फको उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै फिलिपिन्सले उपाधि हात पारेको हो। खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई फिलिपिन्सले दबाबमा राख्न सफल भएको थियो। उक्त…
पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाँडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ। नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको हो। असोज १७ गतेदेखि सुरु भएको मिनी मेला चाँडपर्व भरी जारी रहने सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा…
नेपालको पुरुष टोली एसिया रग्बी सेभेन्स ट्रफीको ‘च्यालेन्ज थर्ड’ मा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को फराकिलो स्कोरमा पराजित भएको हो। एक समय नेपाल र अफगानिस्तानको स्कोर ५–५ थियो। तर, नेपालले सेकेन्ड हाफमा बलियो प्रदर्शन गर्न सकेन। तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्दै अफगानिस्तानलाई लगातार अंक सुम्पियो। नेपाल त्यही…
घरेलु नेपालको महिला टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आज (शनिबार) बिहान भएको खेलमा महिला टोली कतारसँग ३३–० को स्कोरमा पराजित भएको हो। नेपाल समूहचरणका ३ वटै खेलमा पराजित भएको थियो। नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।