
प्रेस काउन्सिल नेपालले दशैंको विदामा समेत मिडियाको नियमनलाई निरन्तरता दिने भएको छ। काउन्सिलले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी दशैं बिदाको समयमा आएका उजुरी, गुनासाहरुमा अनुगमन र सुनुवाई हुने जानकारी गराएको हो। सह–प्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल हुलाक सेवाका विभिन्न आयाममा अभ्यस्त हुने क्रममा रहेको बताएका छन्। मन्त्री गुरुङले यसको विकासका लागि सरकार अग्रसर रहेको बताएका छन्। १५० औं विश्व हुलाक दिवसको अवसरमा आज (बुधबार) भिडियो सन्देश दिदँै उनले सो कुरा बताएका हुन्। विश्वभरको हुलाक सेवा प्रभावकारी बनाउने हेतुले सन् १८७४ अक्टोबर ९ मा विश्व…
स्याङ्जामा २ पत्रकारसहित ८ जनालाई सम्मान गरिएको छ। १५० औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय स्याङ्जाले उनीहरुलाई सम्मान गरेको हो। हुलाकले गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेलाई (पत्रपत्रिका) र रेडियो आँधीखोलाका स्टेसन प्रबन्धक तोलाकान्त बगालेलाई (रेडियोकर्मी) विधामा सम्मान गरेको हो। पत्रकारलाई सूचना र संचारको क्षेत्रमा हुलाकलाई सहयोग गरेको भन्दै सम्मान गरेको हो। यस्तै, पत्र…
एक पत्रकारको सहयोगमा बाँकेको खजुरा गाउँपालिका–६ का दृष्टिविहीन जयबहादुर विकको घर बनेको समाचार छ। समाचारअनुसार विकको घर वर्षामा भत्किएपछि नयाँ घर बनाइदिन खजुराका पत्रकार खगेन्द्र दाहाल सकृय बने। दाहालको समन्वयमा र अन्यको सहयोगका विकको घर ठडियो। समाजसेवी लिलबहादुर थापाको सहयोगमा १ वर्षका लागि पुग्ने खाद्यान्न र लत्ताकपडाको सहयोग पनि जट्यो। कच्ची घर भत्केको २ महिनामा…
अनिल साहको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले चौथो एकदिवसीय अभ्यास खेलमा क्यानाडाको हाइप्रोफोमेन्स (एचपी)विरुद्ध २ विकेटको जित निकालेको छ। जितसँगै नेपालले श्रृंंखलामा ३–१ को अग्रता लिएको छ। यसअघि, ३ विकेटले पराजित भएको नेपालले २० र १० रनको जित निकालेको थियो। मंगलबार एचपीले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर लक्ष भेट्टायो। नेपालका लागि…
मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसीपमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिता अक्टोबर ११ देखि १३ सम्म जर्मनीको फ्र्याङ्कफर्टमा हुनेछ। इजिकेल परियार र नीराजन मोक्तानले प्रतिस्पर्धा गर्ने भएका हुन्। इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। नीराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङ्फुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन्। इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन…
काभा यु–२० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई हराएको छ। कोलम्बोको सुगाथादासा रंगशालामा आज (मंगलबार) भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो। नेपालले पहिलो सेट २५–५ ले जित्यो। त्यसैगरी, दोस्रो सेट २५–१२ जित्यो। र, तेस्रो सेट २५–२० ले जित्यो। यसअघि, हिँजो भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो।…
पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौडको तयारी थालिएको छ। खेलकुदका माध्यमबाट नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउन कार्तिक २४ गते पोखरामा तेस्रो संस्करणको क्रस कन्ट्री दौड हुने भएको हो। हिमालयन टुरिजम फोरमद्वारा पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ‘साझा समृद्धिका लागि दौड’ भन्ने उदघोषका साथ प्रतियोगिताको तयारी सुरु गरिएको जनाएको हो। आगामी कार्तिक…
प्रेस काउन्सिल नेपालले ४३ युट्युब च्यानललाई कारबाहीको सिफारिस गरेको छ। त्यसैगरी, ३ वटा अनलाइन संचारमाध्यमलाई कालोसूचीमा राखेको छ। काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न संचारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको हो। गत चैत २० गते काउन्सिलले युट्युब व्यवस्थापन, सूचीकरण र अभिलेखिकरणसम्बन्धी कार्यविधि बनाई नियमित अनुगमन र कारवाही गर्दै…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन आज (सोमबार) विभिन्न संस्थाबाट ४ करोड ७९ लाख १० हजार ३ सय ९० सहयोग प्राप्त भएको छ। नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट १ करोड, प्रभु बैंकबाट रु १ करोड, अरुण तेस्रो पावर कम्पनीबाट १ करोड, एभरेष्ट बैंक लि. बाट. ५० लाख, प्राइम बैंकबाट ३१ लाख रकम कोषमा…