
पोखरा महानगरपालिका वडा नं. १५ मा ‘किसान बजार’ संचालनमा आएको छ। स्थानीय स्तरमा उत्पादित कृषि उपजहरूको बजारीकरण गर्ने उद्देश्यले उक्त बजार संचालनमा ल्याइएको वडा अध्यक्ष तोरणबहादुर बानियाले जानकारी दिए। ‘स्थानीय कृषकहरूको हितलाई मध्यनजर गर्दै कृषि उपजहरूको सहज बजारीकरण गर्न कृषि बजार संचालनमा ल्याइएको हो’, वडाध्यक्ष बानियाँले भने, ‘बजार संचालनमा आएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन…
निरन्तरको वर्षाका कारण पोखरालगायत देशभरको जनजीवन प्रभावित भएको छ। नगर क्षेत्रका कतिपय बस्तीहरू पहिरो र डुबानको जोखिममा परेका छन्। खोलानालाको डिल भीर, पाखा–पखेरा, वन जंगललगायत उच्च जोखिम रहेका क्षेत्रमा बसोबास गरिरहेका वस्तीहरूमा कुनैपनि बेला विपद्ले भयावह अवस्था सृजना गर्न सक्ने अवस्था प्रति महानगरपालिका सचेत छ। प्राकृतिक विपद्ले निम्त्याएका अत्यास लाग्दा घट्नाहरुप्रति महानगरपालिकाको गंभीर ध्यानाकर्षण भएको…
निरन्तर वर्षाका कारण पोखरा महानगरपालिका पनि नराम्ररी प्रभावित बनेको छ। पहिरोका कारण पालिकाभित्रका १० जनाले ज्यान गुमाएका छन्। पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट (पुरुन्चौर) मा ७ जना र पोखरा–३२ चैनपुरमा ३ गरी १० जना नगरवासीहरूको पहिरोमा परि ज्यान गएको छ। पहिरोमा परि तल्लाकोट निवासी ४७ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लक्षिमा…
पोखरा महानगरपालिकाको १५ औँ नगर सभा जारी छ। नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयकलगायत सभामा पेस गरिएका प्रस्तावहरू सर्वसम्मतिले पास गरेको छ। त्यसैगरी, वार्षिक विकास कार्यक्रम (बजेट) माथि दफावार छलफलका गर्न आइतबार बिहान ११ बजे नगरसभाको अर्को बैठक आह्वान गरिएको छ। शनिवारको नगरसभा बैठकमा नगरसभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन्। आइतबार वार्षिक विकास कार्यक्रम…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका संचार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने प्रष्ट पारेका छन्। उनले परम्परागत तथा न्यु मिडियाले दिने विषयवस्तु, पत्रकार/संचारकर्मीकोे व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसंगतिका विषयमा काउन्सिलले नै बोल्नुपर्ने बताएका हुन्। प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’…
पोखराको तालचोक–बेगनास सडक–खण्ड विस्तारको काममा भइरहेको विलम्बका विषयमा पोखरा महानगरपालिकाले शहरी विकास मन्त्रालय, विकास साझेदार विश्व बैंक, निर्माण कम्पनी र परामर्शदातासँग गंभीरता पूर्वक छलफल गरेको छ। सो छलफलमा सहभागी निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले अव आफूले क्याच अप प्लान अर्थात् (व्यतित भइसकेको परियोजनाको समयावधिमा हुनुपर्ने कामको अनुपातमा परियोजनाको भौतिक प्रगति) अनुसार काम गर्ने…
पोखराको कालिकास्थान–पुँडिटार–लामेआहाल सडकको शिलान्यास गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो–पुँडीटार–झिगटे(जनजागृती मावि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक अन्तरगत कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलान्यास गरिएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विकास साझेदार विश्व बैंकका एनइयुजीआइपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन्।…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गरेको रहस्य खोलेका छन्। काउन्सिलको आयोजना र संचारिका समूहको संयोजनमा आइतबार काठमाडौँमा भएको न्यु मिडिया र पत्रकार महिला (युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव) विषयक अन्तरक्रिया तथा प्यानल छलफलमा बोल्दै बस्नेतले यस्तो बताएका हुन्। अध्यक्ष बस्नेतले युट्युबलगायत सामाजिक सञ्जालसहितका न्यु मिडियाले संचार माध्यमबीचको ठूलो…
रामप्रसाद आचार्य प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुख बनेर आएका छन्। परिषद स्थापनाको ३ वर्षपछि आचार्य महाशाखा प्रमुखका रुपमा आएका हुन्। नेपाल शिक्षा सेवाको अधिकृतस्तर १० औं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएका हुन्। विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभवप्राप्त आचार्य यसअघि प्रदेश नीति तथा…
विभागीय त्रिभुवन आर्मी क्लब गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्कीको च्याम्पियन बनेको छ। पोखरामा सम्पन्न ‘पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसीप’ को फाइनलमा अर्को विभागीय नेपाल पुलिसलाई हराउँदै आर्मी क्लब च्याम्पियन बनेको हो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ५–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बन्यो।…