समाचार »

एसिया रग्बी सेभेन्स ट्रफीः नेपाली महिला टोली पनि पराजित

एसिया रग्बी सेभेन्स ट्रफीमा महिलातर्फको पहिलो खेलमा नेपाल पराजित भएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ३२–० को फरक स्कोरमा पराजित भयो। यसअघि, नेपालको पुरुष टोली उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो। यसैगरी, महिलातर्फको पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरले हरायो। प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता छ। आयोजकका…

एसिया रग्बी सेभेन्स ट्रफीः नेपाली पुरुष टोलीको लज्जाजनक हार

एसिया रग्बी सेभेन्स ट्रफीमा घरेलु टोली नेपाल पुरुषतर्फको पहिलो खेलमा पराजित बनेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबारबाट सुरु भएको रग्बीमा नेपालको पुरुष टोली उज्वेकिस्तानसँग २४–० को लज्जाजनक रुपले पराजित भएको हो। अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५ ले, कतारले साउदी अरेबियालाई ३९–७ ले, श्रीलंकाले काजकिस्तानलाई ४३–० ले, भारतले बंगलादेशलाई ३१–० ले तथा चाइनिज ताइपेइले अफगानिस्तालाई…

राहत कोषमा सीआइटीको ५१ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोष (सीआइटी) ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ। हालै, मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो। कोष संचालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले आज (शुक्रवार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सहयोग रकमको…

क्यानडाले जित्यो त्रिदेशीय टी–२० श्रृंखला

नेपाल सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको उपाधि क्यानडाले जितेको छ। गएराति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर क्यानडाले त्रिदेशीय टी–२० श्रृंखलाको उपाधि जितेको हो। ओमानले दिएको ८३ रनको लक्ष्य पछ्याएको क्यानडाले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो। क्यानडाका लागि निकोलस किर्ताेनले २० रन बनाए । ओमानका कलीमुल्लाह र अकिब इलियासले…

इडब्ल्युभिएल: गण्डकी थन्डर्सको पहिलो जित

एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डर्सले पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज (बिहीबार) भएको खेलमा गण्डकीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै जारी भलिबल लिगमा पहिलो जित निकालेको हो। गण्डकीले लिगमा खेलेको ४ खेलबाट पहिलो जित निकालेको हो। ललितपुरलाई गण्डकीले दोस्रो सेट २५–२३ ले हराउँदै खेलमा फर्कियो। ् त्यसैगरी,…

इडब्ल्युभिएल: कर्णाली लगातार ४ खेल जित्दै फाइनलमा

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभीएस लगातार चौथो जित निकाल्दै फाइनलमा पुगेको छ। कर्णालीले प्रतिस्पर्धात्मक खेलमा चितवन शक्तिलाई ३–२ को सेटमा पराजित गरेपछि एक खेलअगावै फाइनलमा पुगेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको आफ्नो दोस्रो खेलमा कर्णालीले चितवन शक्तिमाथि रोमाञ्चक जित निकाल्यो। कर्णालीले पहिलो सेट २०–२५ ले गुमायो। दोस्रो सेटमा कर्णालीले २५–१८…

इडब्ल्युभिएल: काठमाडौं स्पाइकर्सको तेस्रो जित

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा काठमडौं स्पाइकसले तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार मधेश युनाइटेडविरुद्ध ३–१ सेटको पुनरागमन जित निकाल्यो। काठमाडौंल पहिलो सेट १५–२५ ले गुमायो। दोस्रो सेटमा २५–२३ जित निकाल्यो। तेस्रो सेटमा २५–१५ जित निकाल्यो। चौथो सेट २५–१८ ले जित्यो। जितसँगै ४ खेलबाट ९ अंक जोडेको काठमाडौं…

‘कसरि पढ्ने र सिक्ने?’ पुस्तकको पोखरामा विमोचन

सामाजिक अभियन्ता कृष्ण क्षत्री ‘उदय ‘ ले एउटा पुस्तक बजारमा ल्याएका छन्। पुस्तकको नाम हो, ‘कसरी पढ्ने र सिक्ने?’ क्षत्रीले, ‘एउटा बिद्यार्थी सफल हुन क–कसको भूमिका कस्तो हुन्छ? बिद्यार्थी स्वयंले कसरी पढ्ने? र ती पढेका बिषयहरुबाट कसरी सिक्ने? उनीहरुको पढाई र सिकाईलाई सार्थक पार्न अभिभावक र शिक्षक अनि समाजको कस्तो भूमिका हुनुपर्छ?’ भन्नेबारे विविध उपायहरु…

गण्डकी सरकारबाट उद्धार कोषमा ५० लाख सहयोग

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन्। गतसाता परेको वर्षाले उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गरेको छ। त्यसैगरी, वेपत्ताको खोजी,…

त्रिदेशीय टी–२० श्रृंखलामा नेपालले ओमानलाई हरायो

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ। क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले हराएको हो। नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १०१ रनमा अल आउट बन्यो। ओमानका जिशान मकसुदले सर्वाधिक ३५ रन बनाए। नेपालका कुशल भुर्तेलले ३ विकेट लिए। त्यसअघि, टस हारेर…