समाचार »

एक वर्षपछि गृष्मकालीन जापान ओलम्पिक

जापानमा यसै वर्षको जुलाईमा हुने भनिएको गृष्मकालीन ओलम्पिक एक वर्षका लागि सारिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण पूर्व निर्धारित समय जुलाई २४ देखि अगस्ट ९ सम्म नै आयोजना गर्ने अडानमा आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसी रहेपनि मंगलबार जापानको टोकियोमा बसेको विशेष वैठकले ओलम्पिक एक बर्षका लागि सार्ने…

पोखरामा १८ औं संस्करणको आहा ! रारा गोल्डकप शुरु : उद्घाटन खेलबाटआयोजक सहाराको विजयी शुरुवात

पोखरा । आयोजक सहारा क्लबले पोखरामा शुरु १८ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौंको ब्रिगेड ब्वाइजसँग दुई पटक पछि परेरपनि घरेलु सहाराले अन्तिममा जित निकाल्यो । त्रिदेव गुरुङको अन्तिम निर्णायक गोल मद्दतमा आयोजक सहाराले जित निकालेको थियो । त्रिदेवले सहाराका…

पुलिसलाई हराउँदै मनाङ बुढासुब्बा गोल्डकप च्याम्पियन

धरान । मनाङ मस्र्याङ्दीले २२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप च्याम्पियन बनेको छ ।  धरान रंगशालामा भएको फाइनलमा विभागीय नेपाल पुलिसमाथि ३–१ गोलको जित निकाल्दै मनाङ च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै मनाङले १० लाख र ट्रफी पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिसले ५ लाख सहित ट्रफी पुरस्कार जितेको छ । प्रमुख अतिथि…

संगम एफसीलाई गार्डेन कप फुटबलको उपाधि

पोखरा । संगम एफसीले दोश्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको मणिपाल शिक्षण अस्पताल खेल मैदानमा भएको फाइनल खेलमा मेरो नेपाल युथ क्लवमाथि २–१ गोलको नतिजा निकाल्दै संगमले सोे उपाधि जितेको हो । जितसँगै संगमले १ लाख २५ हजार सहित शिल्ड जितेको छ । उपविजेता मेरो नेपालले ७०…

वेगनास कपको उपाधि हिमाल एण्ड रक्ष मेमोरिएलले जित्यो

लेखनाथ । हिमाल एण्ड रक्ष मेमोरिएलले दोश्रो संस्करणको सेभेन ए साइड वेगनास कप फुटबलको उपाधी जितेको छ । प्रतियोगिाको सम्पन्न फाइनल खेलमा शिशुवा एफसीमाथि १–० गोलको कठिन जित निकाल्दै रक्ष मेमोरिएलले उपाधि जितेको हो । उपाधिसँगै रक्ष मेमोरिएलले १ लाख ५ हजार ५ सय ५५ सहित शिल्ड पुरस्कार जितेको छ । उपविजेता बनेको शिशुवा एफसीले…

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई कलश सहकारीको सहयोग

पोखरा । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगका लागि पोखराको कलश बचत तथा ऋण सहकारी संस्थाले ७५ हजार प्रदान गरेको हो । निर्माणधीन रंगशालामा पुगेको सहकारीको टोलीले उक्त रकम प्रदान गरेको हो । सहकारीका अध्यक्ष दुर्गाप्रसाद सुबेदीले रंगशाला निर्माणका सदस्य कुमार कट्टेललाई सो रकम हस्तान्तरण गरेका हुन्…

एसीसी इस्टर्न रिजन टी–२० मलेसियासँग नेपालको हार

पोखरा । नेपालले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार ब्यहोरेको छ । नेपाल थाइल्याण्डमा मलेसियासँग २२ रनले हार ब्यहोरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निधारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । अविनाष बोहोराले २ विकेट लिन सफल भए ।…

पोखरामा प्रदेशस्तरीय हक्की प्रतियोगिता शुरु

पोखरा । पोखरामा सहाना प्रधान स्मृति दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगिता शुरु  भएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नेपाल हक्की संघले पोखरा रंगशालास्थित आर्चरी मैदानमा शुरु गरेको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । आर्मीले घरेलु गण्डकी प्रदेशलाई ३–० ले हराउँदै…

सेन्ट्रल भ्यालीले अन्तर लायन्स क्लब अफ पोखरा भलिबलको उपाधि जित्यो

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालीले पोखरामा सम्पन्न १३ औं संस्करणको अन्तर लायन्स क्लब भलिबल टुर्नामेन्टको उपाधि जितेको छ । साविक विजेता सेन्ट्रल भ्यालीले उपाधिसँगै खसी र ट्रफी पुरस्कार जितेको हो । टुर्नामेन्टमा उपविजेता बन्दै लायन्स क्लब अफ पोखरा पिस सिटीले बोका र ट्रफी पुरस्कार जित्यो । त्यस्तै, तेस्रो बन्दै लायन्स क्लब अफ…

नेपालले प्याराग्लाइडिङको वल्र्ड च्याम्पियनसीपको टिम इभेन्टतर्फको उपाधि जित्यो

पोखरा । नेपालले वल्र्ड कप एसियन टुरको २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसीपको क्रसकन्ट्री विधाको टिम इभेण्टतर्फ उपाधि जितेको छ । क्रस कन्ट्रीको टिम इभेन्टतर्फ ४७.८ किलोमिटरको दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको हो । अन्य टिमलाई पछि पार्दै १७ अंक सहित नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।…