समाचार »

एमएम कप क्रिकेटमा सुदूर पश्चिमको जित

पोखरा । मनमोहन (एमएम) कप एकदिवसीय क्रिकेटमा सुदूर पश्चिमले पाहुना टोली मलेसिया सिलेक्सन–११ लाई हराएको छ । सुदूरपश्चिम प्रदेशका लागि बलिङमा शेर मल्ल र विनोद लामाले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया सिलेक्सन–११ लाई ८ विकेटले पराजित गरेको छ । मलेसियाका लागि विरेनदीप सिंहले सर्वाधिक २२ रन जोडे । पाहुना टोलीका लागि विरेनदीपबाहेक अन्य कसैले पनि दोहोरो…

ए डिभिजन लिगमा मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

पोखरा । सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले चौथो जित निकालेको छ । जितसँगै मच्छिन्द्र लिगको शिर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जाउलाखेल युथ क्लबलाई १–० ले हरायो । मच्छिन्द्रको जितमा विशाल राई नायक बने । विशाल राइले खेलको ३१ औं मिनेटमा गरेको एक मात्र गोलले नै मच्छिन्द्रलाई स्पष्ट ३…

पुसको २९ देखि पोखरामा क्योकुशिन कान प्रतियोगिता

पोखरा । पोखरामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता हुने भएको छ । नेपाल क्योकुशिन कान कराते संघ कास्की शाखाले पुसको २९ गतेदेखि माघ १ गतेसम्म दुई दिन उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । पोखरा रंगशालामा पुस २९ गते र ढुंगेसाँघुमा माघ १ गते हुने संघका सल्लाहकार…

राष्ट्रिय महिला भलिबल कपको सेमिफाइनल समिकरण पूरा

पोखरा । न्यू डायमण्ड स्पोर्टस् क्लबको आयोजनामा भएको न्यू–डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आयोजक न्यू–डायमण्डसहित ३ विभागीय एपीएफ, आर्मी र पुलिसले अन्तिम चारमा स्थान बनाएका छन् । समूह ‘ए’ बाट विभागीय एपीएफ विजेता र आर्मी उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, समूह ‘बी’ बाट आयोजक…

एमएम कप क्रिकेटमा पुलिस सेमिफाइनलमा

पोखरा । नेपाल पुलिस क्लब इनरुवामा जारी एमएम कपको सेमीफाइनल पुग्ने तेस्रो टिम बनेको छ । समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा शुक्रबार प्रदेश–२ लाई ४६ रनले पराजित गर्दै नेपाल पुलिसले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । अन्तिम चारमा स्थान बनाउन दुवै टिमका लागि शुक्रबारको खेल जित्नैपर्ने थियो । जसमा वलरले उत्कृष्ठ प्रर्दशन गरेपछि नेपाल…

मनाङ–मच्छिन्द्रका ६ खेलाडी कारवाहीमा

काठमाण्डौं । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि मच्छिन्द्र र मनाङका ६ खेलाडीहरु कारवाहीमा परेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको हो । एन्फाको अनुशासन समितिले मच्छिन्द्र र मनाङका ६ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल तथा रञ्जन विष्टलाई…

प्रिन्स, सिंगल र डबल्स दुबै विधाको फाइनलमा

पोखरा । नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिजको दुई बिधामा फाइनल पुगेका छन् । प्रिन्सले मेन्स सिंगलतर्फ र डबल्सत गरी दुबैतर्फ फाइनलमा स्थान बनाएका हुन् । प्रतियोगितामा दोश्रो वरीयताप्राप्त तथा बिश्व जुनियर वरीयतामा १४ औं स्थानमा रहेका प्रिन्सले सेमिफाइनलमा भारतका अभिन बशिष्ठमाथि २१–१८, २०–२२ र २१–१७ को जित निकाल्दै…

माघको पहिलो हप्ताबाट पोखरामा प्रदेशस्तरिय मुख्यमन्त्री कप फुटबल

पोखरा । माघको पहिलो साताबाट पोखरामा मुख्य मन्त्री कप गण्डकी प्रदेशस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । एन्फाको नयाँ कार्यविधी अनुसार प्रदेशस्तरिय फुटबल प्रतियोगिता गण्डकी प्रदेशमा पहिलो पटक हुन लागेको हो । माघको ४ देखि ९ गतेसम्म पोखराको भण्डारढिक आदर्श खेल मैदानमा हुने पत्रकार सम्मेलनमार्फत प्रतियोगिता संयोजक कृष्ण थापाले जानकारी दिए । एन्फा उपाध्यक्ष समेत…

अख्तियारद्वारा एकैदिन ७ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा ७ जनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री उनका सहयोगीहरु टंकप्रसाद…

तेहरानमा विमान दुर्घटना, १७६ जनाको मृत्यु

इरानमा यूक्रेनी विमान दुर्घटना हुँदा कम्तिमा १७६ जनाको मृत्यु भएको छ । तेहरानमा विमान दुर्घटनाग्रस्त हुँदा १६७ यात्रुसँगै ९ चालक दलका सदस्यसहित १७६ जनाको मृत्यु भएको हो । इरानस्थित प्रेस टीभीका अनुसार इमाम खमौनी अन्तर्राष्ट्रिय विमानस्थलका जनसम्पर्क अधिकृत अली खसानीलाई उद्धृत गर्दै बोइङ्ग ७३७ मा १६७ यात्रु र ९ चालक दल रहेको जनाएको छ ।…