समाचार »

ए डिभिजन लिगमा एनआरटीमाथि फ्रेण्ड्स क्लब विजयी

काठमाण्डौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दावेदार टोली एनआरटीमाथि फ्रेण्ड्स क्लबले जित निकालेको छ । ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा एनआरटी फ्रेन्ड्ससँग २–० गोलले पराजित बन्यो । फ्रेण्ड्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो । फ्रेन्ड्का लागि पहिलो गोल सञ्जोग राईले ७८ औं मिनेटमा सुरुवाती गोल गरेको थियो । त्यसको तीन…

नोभाक जोकोभिचलाई अष्ट्रेलियन ओपन टेनिसको उपाधि

दोस्रो वरीयाताका सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा जोकोभिचले पाँचौ वरीयताका अष्ट्रियाका डोमिनिक थिमलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेटमा जोकोभिचले २६ वर्षीय थिमलाई ६–४ ले पछि पारेका थिए । दोस्रो र तेस्रो सेटमा ४–६ र २–६ ले…

ढोरपाटन महिला डबल लिग भलिबलमा विभागीय एपीएफको दोहोरो जित

पोखरा । विभागीय नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा जित निकालेको छ । जारी लिगमा अपराजित एपीएफले आफ्नो पहिलो खेलमा पारामाउन्ट स्कुललाई तथा दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि सहज जित निकाल्दै दोहोरो जित निकालेको हो । पहिलो खेलमा पारामाउन्टमाथि २५–५, २५–१८ र २५–६ को सहज…

गिरिजाप्रसाद स्मृति हक्की प्रतियोगितामा प्रदेश ५, बागमती र आर्मी विजयी

विराटनगर । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा प्रदेश ५, बागमती र नेपाली सेनाको टोली विजयी बनेका छन् । नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ६–० को फराकिलो गोल अन्तरमा पराजित गरेको छ । प्रदेश ५…

आइसीसीको टी–२० वरीयतामा नेपाल १२ औं स्थानमै

पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० विश्व वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२ औँ स्थानमै यथावत रहेको छ । यसअघि पनि नेपाल १२ औँ स्थानमै थियो । आइसीसीको टी–२० मा नेपाल ११ औँ स्थानसम्म पुगेको छ । टी–२० को विश्व वरीयतामा पाकिस्तान शीर्ष…

बेलायतमा समेत पोखरा म्याराथनको चर्चा

पोखरा । खेलकुदको मेघा इभेन्टका रुपमा फागुनको ३ गते हुन गइरहेको १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबारे बेलायतमा समेत चर्चा छ । यसले पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको माइलेज बढाउँदै लगेको छ । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च युकेले बेलायतमा संयोजनको भूमिका निभाएको छ…

गण्डकी मल्टीपल बास्केटबल च्याम्पियन

तनहुँ । गण्डकी मल्टीपल अन्तर क्याम्पस बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भानुभक्त बहुमुखी क्याम्पसको आयोजनामा भानुभक्त बहुमुखी क्याम्पस, शुक्लागण्डकी नगरपालिका वडा नं. ५ मा भएको प्रतियोगितामा गण्डकी मल्टीपल कलेज च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगिताको फाइनल खेलमा गण्डकी मल्टीपल कलेजले बालबिद्या मन्दिरलाई ३२–१३ को फरक अन्तरले हराउँदै…

प्याराग्लाइडिङ वल्र्र्डकपमा ३० देशका १२५ पाइलटहरुले प्रतिस्पर्धा गर्दै

पोखरा । पोखरामा आगामी फागुनको ११ गतेबाट हुने प्याराग्लाइडिङ वल्र्ड कपमा नेपालसहित ३० देशका १ सय २५ पाइलटहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन टुर–२०२० तथा १९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीपको समेत नाम दिइएको प्याराग्लाइडिङको उक्त प्रतियोगितामा नेपालसहित ३० देशका १ सय २५ पाइलटहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान…

फागुनको अन्तिम सातादेखि आहा ! रारा गोल्ड कप फुटबल प्रतियोेगिता

पोखरा । सहारा क्लब पोखराले १८ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोेगिता फागुनको अन्तिम साताबाट गर्ने भएको छ । पोखरा रंगशालामा फागुनको २२ देखि चैतको १ गतेसम्म प्रतियोगिता संचालन हुनेआयोजित पत्रकार सम्मेलनमा बताइएको छ । प्रतियोगितामा आयोजक सहारा क्लब सहित नेपालका ‘ए’ डिभिजन लिग क्लब र विदेशी टिम गरी १० टिमको सहभागिता…

दोस्रो संस्करणको सृजना कप भलिबल तयारी

पोखरा । दोस्रो संस्करणको सृजना कप भलिबल प्रतियोगिता फागुनको पहिलो साताबाट हुने भएको छ । पोखरामा सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघले फागुनको ६ गतेदेखि प्रतियोगिता गर्न लागेको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । केन्द्र र संघले गत वर्षदेखि कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्ररछात्रा भलिबल प्रतियोगिता शुरु गरेको हो । पोखरा रंगशालास्थित…