समाचार »

काठमाण्डौं उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको आग्रह

पोखरा । नेपाल सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको बताएको छ । सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल समेत गरेको छ । गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा…

नुवाकोटकी सोमिकाले एकैपटक ५ शिशुलाई जन्म दिइन्

पोखरा । नुवाकोटकी सोमिका तामाङले सोमबार ५ शिशुलाई जन्म दिएकी छन् । २८ वर्षीय सोमिकाले काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एकै पटक ५ वटा शिशुलाई जन्म दिएको अस्पताल श्रोतले जनाएको छ । सोमिकाले जन्माएको ५ शिशुमध्ये एक जनाको जन्मनुअघि मृत्यु भएको र ४ जना जीवित रहेको अस्पतालले जनाएको छ । शल्यक्रियबाट ती…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार बस्दै

पोखरा । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि (मंगलबार) बस्ने भएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको सोमबारको भेटवार्तापछि मंगलबार दिउँसो ४ बजेको लागि सचिवालय बैठक राख्ने निर्णय भएको समाचार छ । यसअघि, नेकपाले आइतबारका लागि सचिवालय…

गण्डकी प्रदेशमा थप ४ जनामा संक्रमण पुष्टि, यस प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार बढी

पोखरा । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार १०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार तनहुँ, लमजुङ र कास्कीमा गरी थप ६ जनामा संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा तनहुँको…

आइसीसीको महिला टी–२० वरीयतामा नेपाल यथावत स्थानमा

पोखरा । आइसीसीको महिला टी–ट्वान्टी वरीयतामा नेपाल यथावत स्थानमै रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै १४ औं स्थानमै रहेको हो । नयाँ वरीयतामा नेपालले ११ खेलमा १ सय ३२ रेटिङ अंक प्राप्त गरेको छ । नेपाल अघिल्लो वरीयतामा समेत १४ औं स्थानमै थियो । नेपाली महिला…

पत्रकार पौडेल सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानीत

पोखरा । कान्तिपुर टेलिभिजनका संवाददाता ईन्द्र पौडेल सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानीत भएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिब सचिव समेत रहेका पौडेललाई क्लबले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरेको हो । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पत्रकार पौडेललाई दोसल्ला ओढाएर नगद २० हजार ५ सय रुपैयाँ,…

राष्ट्रिय सभामा जाँदैं वामदेव गौतम

पोखरा । नेकपा उपाध्यक्ष वामदेव गौतम संघीय संसद्को माथिल्लो सदन (राष्ट्रिय सभा)मा जाने भएका छन् । बिहीवार बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १४ गतेको पार्टी निर्णयअनुसार उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिश गर्ने जानकारी गराएका हुन् । सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको रिक्त १ सीटमा गौतमलाई…

कास्कीमा थप ५ दिनका लागि निषेधाज्ञा लम्ब्याइयो

पोखरा । कास्कीमा जारी निषेधाज्ञा थप ५ दिन लम्ब्याइएको छ । पोखरालगायत जिल्लाको अन्य स्थानमा कोरोनाको जोखिम बढ्ने संभावना बढेसँगै कास्की जिल्ला प्रशासनले थप ५ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम बढेपछि पहिलो पटक भदौको ३ गते राती १२ बजेबाट लागु गरिएको निषेधाज्ञाको समय अब १२ गते राती १२ बजेसम्म…

चीनद्धारा ‘गाओफेन–९०५’ नामको ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ लङमार्चको उपग्रह प्रक्षेपण

पोखरा । चीनले ‘गाओफेन–९०५’ नामको ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ लङमार्चको उपग्रह प्रक्षेपण गरेको छ । टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको हो । चीनले आइतबार बिहान स्थानीय समयअनुसार १० बजेर १७ मिनेटमा उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरेको हो । उसले उक्त उपग्रहलाई ‘लङमार्च टुडी रकेट’को माध्यममार्फत…

कोभिड–१९ का कारण विदेशी भूमिमा १९१ जना नेपालीको मृत्यु, ७६ शव विदेशमै अलपत्र

पोखरा । कोभिड–१९ को संक्रमणबाट नेपालबाहिर १ सय ९१ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकमा नेपालसहित विश्वभर २ सय ९३ जना नेपालीको मृत्यु भएको उल्लेख छ । नेपालमा कोभिड–१९ को संक्रमणको कारण १ सय २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल विश्वभर ३८ देशमा नेपालीहरुमा संक्रमण…