समाचार »

नेपालको मैत्रीपूर्ण एक दिवसीय क्रिकेटमा लगातार दोस्रो जित

पोखरा । नेपालको राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्र्ण एक दिवसीय क्रिकेटमा पाहुना टोली मलेसिया–११ माथि लगातार दोस्रो जित निकालेको छ । नेपाल भ्रमणमा रहेको मलेसिया ११ टिमलाई १ सय ७० रनको जित निकालेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल–११ ले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनायो…

पोखरा म्याराथनले नेपालकै पहिचान बनाउँछ : मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखराको मात्रै नभएर नेपालकै पहिचान बनाउने बताएका छन् । मन्त्री गुरुङले म्याराथनलाई सफल बनाउने दायित्व आयोजकको मात्रै नभई हरेक नागरिक र सरकारको समेत उत्तिकै दायित्व रहेकोे उल्लेख गरे । भुतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन विषयक अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले…

आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत सातौं चरणको खेल खेलेको आर्मीले च्यासलमाथि शानदार जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको हो । उसले च्यासल युथ क्लबलाई ३–० ले हराउँदै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको हो । आर्मीलले ७ खेलबाट १६…

पूर्व राष्ट्रिय खेलाडी रानाभाटलाई बगर भाइखलकको सम्मान

पोखरा । पूर्व राष्ट्रिय खेलाडी खड्क रानाभाटलाई बगर भाइखलक पोखराले सम्मान गरेको छ । खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले रानाभाटलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेकी हुन् । पोखरामा सोमबारदेखि शुरु तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अवसरमा भुतपूर्व खेलाडी मञ्च…

पोखरामा बगर भाइखलक भेट्रान एट–ए–साइड फुटबल शुरु

पोखरा । पोखरामा तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ । बगर भाइखलकको आयोजनामा भएको प्रतियोगिताको उदघाटन खेलमा आयोजकले विजयी सुरुवात गरेको छ । वगर भाइखलक ‘सेतो’ले माहावीर स्पोर्टस् क्लब हेटौंडालाई ४–१ गोल अन्तरले पाखा हराउँदै विजयी सुरुवात गरेको हो । वगर भाइखलकको जितमा मनोज…

मैत्रीपूर्ण क्रिकेटमा पाहुना टोली मलेसियामाथि नेपालको जित

पोखरा । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पाहुना टोली मलेसियासँगको मैत्रीपूर्र्ण एक दिवसीय क्रिकेटमा जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालको भ्रमणमा रहेको टोलीलाई फराकिलो १ सय ३५ रनले हरायो । तीन खेलको श्रृंखलामा नेपालले १ को अग्रता बनाएको हो । नेपालले प्रस्तुत गरेको २ सय ७८ रनको लक्ष्य पछ्याएको मलेसिया…

हिमालयन चितुवा अविरल किक बक्सिङ च्याम्पियन

अविरल घिमिरेले टोकियोमा भएको हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका छन् । टोकियोस्थित नागोयामा भएको भिडन्तमा जापानी च्याम्पियन मुक्केवाजलाई पहिलो राउण्डमै ढाल्न सफल भएका थिए । विपक्षी जापानी खेलाडीमाथि मैदानमा ढालेर पहिलो नकआउट हानेका हुन् । हिमालयन चितुवाका नामले परिचित नेपाली किक बक्सिङका खेलाडी २१ वर्षीय अविरल हिट ४६ किक बक्सिङको टाइटल उपाधि…

सहारालाई एनआरएन युकेका सल्लाहकार मोहन गुरुङको सहयोग

पोखर। एनआरएन युकेका सल्लाहकार मोहन गुरुङले पोखराको सहारा क्लवलाई आर्थिक सहयोग गरेका छन् । तनहुँ जिल्लाको खैरेनीस्थित स्थायी घर भई हाल वेलायत बस्दै आएका गुरुङले सहारा एकेडेमीमै पुगेर ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । गुरुङले सहारा फुटवल एकेडेमीको अवलोकन समेत गरे । पोखरा–१७, दोभिल्लास्थित सहारा क्लवले संचालन गरेको एकेडेमीमा एक समारोहबीच क्लवका अध्यक्ष केशवबहादुर…

नेपाल पुलिस राष्ट्रिय क्लब भलिबल महिलातर्फको सेमिफाइनलमा

पोखरा । विभागीय नेपाल पुलिसको महिला टोली पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय च्याम्पियनसीपको क्लब भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सोमबार सेमिफाइनलमा स्थान बनाएको हो । पहिलोे खेलमा न्यू डायमन्डसँग ३–२ को सेटमा पराजित भएको पुलिसले १ अंक जोडेको थियो । ढोरपाटनलाई…

शशिकलाले पहिरिन् मिस तामाङ पोखराको ताज

पोखरा । लेकसाइडकी शशिकला तामाङले पाँचौ संस्करणको मिस तामाङ पोखराको उपाधि जितेकी छिन् । पोखरामा शनिबार भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन् । शशिकलाले मिस ट्यालेण्टको टाइटल समेत जितेकी छन् । जितसँगै उनले १ लाख, ताज, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु हात पारिन…