समाचार »

गण्डकी प्रदेश सरकारले सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट छुट्टायो

गण्डकी प्रदेश सरकारले पोखरा बाटुलेचौरका संगीतकार सुन्दर थापाको स्मृतिमा गठन गरिने सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट विनियोजन गरेको छ। चाँडै नै गठन हुन गइरहेको थापाको स्मृति प्रतिष्ठानका लागि प्रदेश सरकारले बजेट छुट्टाएको हो। अब चाँडै प्रतिष्ठान गठन गरेर गीत÷संगीतको क्षेत्रमा काम गर्नका लागि बजेट विनियोजन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं विज्ञान, प्रविधि…

भारतमा कोभिड महामारीको तेस्रो वेभको खतरा

भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ। भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो। सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो। भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भी के पाउलले सो चेतावनी दिएको समाचार संस्था सिन्ह्वामा जनाइएको…

युद्धग्रस्त स्थानमा रिपोर्टिङ गर्दागर्दै मारिए भारतीय फोटोपत्रकार

बेलायती न्यूज एजेन्सी रोयटर्सका भारतीय फोटोपत्रकार दानिस सिद्दिकी रिपोर्टिङ गर्ने क्रममा मारिएका छन्। अफगानिस्तानको युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङकै क्रममा कान्दार पुगेका सिद्दिकी सुरक्षाकर्मीकै घेरामा मारिएका हुन्। सिद्दिकी केही दिनदेखि अफगानिस्तानमा भइरहेको युद्धको रिपोर्टिङ गरिरहेका थिए। तालिवानले पाकिस्तानसँग सीमा जोडिएको मुख्य सीमा चौकीमाथि नियन्त्रण जमाएको थियो । सोही आक्रमणमा परि उनी मारिएका हुन्। हालसम्म उक्त आक्रमणमा कतिजनाको…

६,०८५ जनामा कोरोना संक्रमण, ६८ जनाले ज्यान गुमाए

नेपालमा गत २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज (मंगलबार) १७ हजार १ सय ४७ पीसीआर परीक्षण गरिएकोमध्ये ५ हजार २ सय ८५ र ३ हजार १८ एन्टिजेन परीक्षणमा ८ सय जनामा पोजिटिभ देखिएको हो। यससँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ६६…

२४ घण्टामा थप ७,६६० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा गत २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज (मंगलबार) १६ हजार १ सय ३१ पीसीआर परीक्षण गरिएकोमा ७ हजार ५ सय ८७ जनामा र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण देखिएको हो। यससँगै नेपालमा कूल संक्रमितको संख्या…

सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादीको आज (मंगलवार) पेरिसडाँडामा बसेको अनौपचारिक स्थायी कमिटीको बैठकले २०७४ फागुन ३ गते दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। यो निर्णयसँगै सरकार अल्पमतमा परेको छ। माओवादी नेता देव गुरुङले मंगलबारको स्थायी समिति बैठकपछि संचारकर्मीहरुलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्।ओलीले…

कोभिडले थलिएको देशमा अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने योजना आयोगको प्रक्षेपण

कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे ६ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न ६ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो। आयोगले आर्थिक वर्ष २०७६/७७ को तेस्रो चौमासिक अवधिमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव, यसले पु¥याएको क्षति विश्लेषण गर्दै राहत तथा पुनरुत्थान रणनीति…

अल विदा ! महान अर्जेन्टिनी फुटबलर म्याराडोना

महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको समाचार छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो। दुई साताअघि मात्रै अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा भर्ना भएका म्याराडोनाको एक साता अघि मंगलबार मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो। ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको…

आज एकैदिन कुकुर तिहार र लक्ष्मी पूजा

आज (शनिबार) एकैदिन कुकुर तिहार र लक्ष्मी पूजाको तिथि परेको छ। सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकूर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्नै गर्दछ। तर, यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। आजै (शनिबार) बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा…

बाबुराम भट्टराई सोध्छन्, ‘शोख शान सबै राजा–रानीको जस्तो चाहिने, नाउँ चाहिँ किन कम्युनिष्ट हँ ?’

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीप्रति कडा प्रतिक्रिया दिएका छन्। डा. भट्टराईको प्रतिक्रिया यस्तो छ, ‘शोक शान सबै चाहिने व्यक्ति कम्युनिष्ट हुन सक्दैन।’ प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली संखुवासभाको किमाथाङ्काको भ्रमणमा जाँदा प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाटै हेलिकोप्टरमार्फत् उडेको विषयमा अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया दिएका…