राजनीति »

भलामबासीको समस्यामा मेरो सधैं साथ रहन्छ: थापा

गण्डकी प्रदेश सभा क्षेत्र २ ‘ख’ का प्रत्यक्ष उम्मेदवार विन्दुकुमार थापाले भलामबासीको समस्यामा सधैंै साथमा रहने बताएका छन्। पोखरा महानगरपालिका २० भलाममा स्थानीयको समस्या बुझ्दै गर्दा खानेपानीको समस्या रहेको बताएपछि समाधानका लागि पहल गर्ने बताएका हुन्। स्थानीयले पानीको समस्या रहेको बताउँदै आगामी निर्वाचनमा जितेर उक्त समस्या समाधान गरिदिन अग्रह गरेका हुन्। स्थानीय हरि खत्रीले आफूहरु…

एमालेको घोषणापत्र: ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’

नेकपा (एमाले) ले आज (मंगलबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सार्वजनिक गरेको ९६ पृष्ठ लामो चुनावी घोषणापत्रमा एमालेले ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ लाई मूलमन्त्र मानेको छ। साथै, घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिएको छ। कुल ५ खण्ड रहेको एमालेको घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा…

माओवादीको घोषणापत्र सार्वजनिक, प्रत्यक्ष निर्वाचित राष्ट्रपति

नेकपा माओवादी केन्द्रले मंसीर ४ गते हुने चुनावको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (सोमवार) आयोजित कार्यक्रममा सार्वजनिक भएको घोषणापत्रमा माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डालाई प्राथमिकता दिएको छ। संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ। संसद् मुख्यरूपमा विधायन…

नेकपा (एकीकृत समाजवादी)को घोषणापत्र सार्वजनिक

नेकपा (एकीकृत समाजवादी) ले चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको घोषणापत्रमा एकीकृत समाजवादीले निर्वाचन प्रणालीमा सुधार गर्न जोड दिएको छ। उसले महँगो निर्वाचन प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ। सो पार्टीले आज (सोमबार) सार्वजनिक गरेको प्रतिनिधिसभा र…

गण्डकी प्रदेशमा एमालेको प्रतिवद्धता

नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। ‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ मूल नाराका साथ एमालेले २४ पृष्ठको प्रतिबद्धतपत्र आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। आगामी मंसीर ४ गते हुने निर्वाचनलक्षित प्रतिबद्धतापत्रमा विगतका अपूरा योजनालाई पूरा गर्दै समाजवादको आधार तयार गर्ने र केन्द्र सरकारसँगको आर्थिक…

‘अबको कार्यकाल, बाँकी कार्यभार’

फूट ट्र्याक बनेपछि फेवातालको मुहार नै फेरियो। ठेलमठेल हिँड्ने पर्यटक, लस्करै बनेका रेस्टुरेन्ट, झिलिमिली बत्तीले फेवाताल किनारलाई गुल्जार बनायो। त्यतिञ्जेलसम्म उत्तिकै संभावना बोकेको बेगनासतालमा भने फाट्टफुट्ट मात्रै पर्यटक पुग्थे। ताल किनार सुनसानप्राय देखिन्थ्यो। अहिले बेगनासताल किनारमा पनि फूट ट्र्याक बनेपछि भने पर्यटकको चाप बढेको छ। संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनमा कास्की निर्वाचन क्षेत्र १ (१) बाट…

समाजवादीका सचिव नेपाली एमालेमै फर्किए, ‘नेकपा एस भन्ने पार्टी अब नेपालमै रहन्न’ नेपाली

एकीकृत समाजवादी पार्टी कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमै फर्किएका छन्। उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिवार आयोजना गरेको कार्यकर्ता भेलामा नेपालीलाई एमालेमा स्वागत गरिएको हो। विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। नेकपा (एस) का केन्द्रीय प्रतिनिधि सदस्यसमेत…

गठबन्धन प्रदेशसभा उम्मेदवार कोइरालाको प्रतिवद्धता, ‘पोखरा–३२ मालेपाटन ढोंडबेसीलाई उखु खेतीको हब बनाइन्छ’

कास्की–१(क) का प्रदेशसभा उम्मेदवार दीपक कोइरालाले पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेंसीलाई उखु खेतीको हब बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। ५ दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कोइरालाले स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले आज (शनिबार) उक्त वडाको मालेपाटन, ढोडबेंसी, फेदी, डाँडागाउँका स्थानीयसँग भेटघाट गरे। स्थानीय युवा, वृद्धवृद्धा, समाजसेवीसँग भेटघाट गरेर त्यस…

एमाले उम्मेदवार कार्कीको योजना, ‘पोखरा २१ र ३३ लाई ग्रीन हिल सिटीको रुपमा विकास गरिन्छ’

नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भीमबहादुर कार्कीले गण्डकी प्रदेशका ३ जिल्ला कास्की, स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका २ वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने बताएका छन्। विगतमा सुरुवात भएका महत्वपूर्ण काम पूरा गर्ने…

विश्वप्रकाश लामिछाने भन्छन्, ‘कास्कीलाई समृद्ध बनाउने योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्’

कास्की निर्वाचन क्षेत्र नं २ ‘क’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको दाबी गरेका छन्। पोखरा २१ मा ५ दलीय गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा लामिछानेले भने, ‘कास्कीलाई समृद्ध बनाउने योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्।’ उनले विगतमा आफूले पाएका जिम्मेवारी…