राजनीति »

‘परिणाम ल्याउने गरी सत्ता गठबन्धनको पक्षमा चुनावी माहौल सिर्जना गरौं’

कास्कीका सत्तारुढ गठबन्धनका नेताहरुले चुनाबी परिणाम गठबन्धनका उम्मेदवारहरुको पक्षमा आउने गरी एकजुट बन्न आग्रह गरेका छन्। सत्तारुढ गठबन्धन दलहरुको कास्की २(ख) को निर्वाचन सम्पर्क कार्यालयको भएको उद्घाटन कार्यक्रममा बोल्दै सत्तारुढ दलका नेताहरुले आफ्ना नेता–कार्यकर्ताहरुलाई अनुरोध गरे, ‘गठबन्धनका उम्मेदवारहरुको पक्षमा नतिजा निकाल्न चुनाव प्रचार–प्रसारमा लाग्नुहोस।’ नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले गठबन्धन आजको आवश्यकता…

‘विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक’– मिना गुरुङ

कास्की क्षेत्र नम्वर २ (२ ) बाट नेकपा एमालेका प्रदेश सभा उम्मेदवार मिना गुरुङले देशमा विकासको लहर ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको औंल्याएकी छन्। उनले समाज तथा राष्ट्र निर्माणको निम्ति एमाले पार्टीको विकल्प नभएको उल्लेख गरिन्। मंसीर ४ गते हुने निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरिन्। पोखरा–११ मा…

संविधानको रक्षा र समृद्धिका लागि गठबन्धन: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको औंल्याउका छन्। पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज (शुक्रबार) पोखरामा बोल्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे। संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनको जित अपरिहार्य छ,’ देउवाले भने। यो चुनावले संविधानको…

निर्वाचनका लागि मात्र गठबन्धन होइन: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको बताए । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज (शुक्रबार) पोखरामा बोल्दै प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यले धेरै ठूलो मेहनतपछि बृहत्तर उद्देश्यका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे। उनले…

गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुस: नेता नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गरेका छन्। पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज (शुक्रबार) पोखरामा बोल्दै उनले गठबन्धन दल किन बनायौं भनेर जनतामाझ जाँदा बुझाउनसमेत आग्रह गरे। उनले भने, ‘विपक्षीले फैलाएको भ्रम चिर्ने गरी जनतामा जानुहोस्,…

पोखरामा आज गठबन्धनको संयुक्त कार्यकर्ता भेला

पोखरामा आज (शुक्रबार) सत्ता गठबन्धनको संयुक्त कार्यकर्ता भेला हुँदैछ। भेलामा गठबन्धन दलका नेताहरुले कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले प्रशिक्षण दिने कार्यक्रम तयार भएको काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताएका छन्। पोखरा सभागृहको हलमा शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई…

गठबन्धनका उम्मेदवार विजयीउन्मुख : शर्मा

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले कास्कीका सवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी उन्मुख भइसकेको बताएका छन्। मंगलबार कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता शर्माले देशलाई धनी र समृद्ध बनाउने अभियानमा रहेका गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग अनुरोध समेत गरे। नेता शर्माले व्यक्तिसँग भएको साधन, श्रोत र उर्जालाई उपयोग…

महिला सशक्तिकरण र समावेशी विकासका लागि उम्मेदवारी: मिना गुरूङ

आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्। पोखरा–८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले महिला हकहितका पक्षमा…

प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार नवीन सिग्देललाई

प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार–२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिएको छ । पूर्णप्रसाद बराल तथा मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिसअनुसार युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो। युनियन कास्कीका सल्लाहकार रविन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो। समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल…

कास्की-१ मा मुल चुनाव प्रचार–प्रसार समिति गठन

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि ५ दलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचार–प्रसार समिति गठन गरेको छ। नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल चुनाव प्रचार–प्रसार समिति गठन गरेको हो। साथै बैठकले १९ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ। मूल चुनाव…