राजनीति »

म्याग्दीको प्रदेशसभा (२) बाट माओवादीका रेशमबहादुर जुग्जाली निर्वाचित

म्याग्दी जिल्लाको प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र) का रेशमबहादुर जुग्जाली निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई १०१ को झिनो मतान्तरले हराउँदै रेशमबहादुर गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रेशमबहादुरले ९ हजार ४५४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी यामबहादुरले ९ हजार ३५३…

पोखरालाई खेलकुदको राजधानी बनाउने गठबन्धनको प्रतिवद्धता

कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिवद्धता जनाएका छन्। खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा विकास गर्न पहल गर्दै अन्तराष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्ने बताएको छ। साथै, मौजाको हाई अल्टिट्युड खेल मैदान सम्पन्न गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ। खेलसँगै उनीहरुले प्रतिवद्धता पत्रमा पोखरा अन्तराराष्ट्रिय विमानस्थल संचालन…

विन्दु थापा भन्छन्, ‘पोखरामा मुटु अस्पताल निर्माणमा पहल गर्छु’

गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २ (ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने बताए। घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने…

मीना भन्छिन्, ‘अवस्था बदलेर उत्साह भर्छु’

यसपालिको चुनावमा मत माग्न जाने सबैले सामना गर्नुपर्ने प्रश्न होः दल र नेताले काम गरेनन्, जनताको अवस्था बदलिएन। नेकपा एमालेबाट कास्की २ ९२०मा उम्मेदवार बनेकी मीना गुरुङलाई पनि सोमबार केही मतदाताले यस्तो गुनासो गरे। आक्रोश मिश्रित गुनासो राखेका मतदातालाई उनले विगतमा आफूले गरेका कामको फेहरिस्त सुनाइन्। उनले भनिन्, ‘म यो क्षेत्रका जनताका समस्याबारे परिचित छु,…

गण्डकीको जग बसायौं, अब घर बनाउँछौँ : मीना गुरुङ

हामी जनताबीच प्रिय छौं। एमालेले देशको कायाकल्प गर्ने धेरै योजना सुरुआत गरेको छ। देशमाथि विदेशीले थिचोमिचो गर्दा सतिसाल भएर उभिएको छ। स्थिर सरकार र समृद्धिको विश्वसनीय मार्गचित्र प्रस्तुत गरेको छ। हामी, अहिले एक्लै उभिएका छौं, ढोडका बैशाखी टेकेका छैनौं। पार्टीले मलाई कास्की २ (२) उम्मेदवार बनाएको छ। पोखरा महानगरका वडा नं. ४, ८, ९, ११,…

गठबन्धनका उम्मेदवारहरु भन्छन्: ‘पोखरामा सेटलाइट टाउन निर्माणको पहल गर्छौ’

कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरामा सेटलाइट टाउन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्। पोखराको ग्रामीण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने उनीहरुले जनाएका छन्। यस्तै, फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारहरुले प्राथमिकता दिएका…

काहुँडाँडामा गुरु योजनासहितको विकास ल्याउँछु: थापा

गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन्। गठबन्धनबाट कास्की क्षेत्र २ (२) मा प्रत्यक्ष उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँडाडाँमा घर–दैलो गर्दै चुनावीसभामा उक्त कुरा बताएका हुन्। थापाले वडा नं. ११ मा काहुँडाडा निकै पिछडिएको बताउँदै यसको विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको…

मत दिनुस्, नमुना प्रदेश दिन्छौं: विश्वप्रकाश

पाँच दलीय गठबन्धनबाट कास्की २ (१) का साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा उपत्यका नगर विकास समिति र फेवाताल जग्गा छानबिन समितिको जिम्मेवारीमा हुँदा जस्तैको नमुना काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले पहिलेका जस्तै नमुना काम गर्ने मौका दिन मतदातालाई आग्रह गरे। लामिछानेले लोकतन्त्रमा निर्वाचन नै दल र नेताहरुको मुख्य परीक्षा भएको उल्लेख गरे। माओवादी केन्द्रका…

गठबन्धनका उम्मेदवार भन्छन, ‘पहिलो प्राथमिकतामा कृषि सडक’

कास्की निर्वाचन क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका साझा उ्रम्मेदवारले पहिलो प्राथमिकतामा कृषि सडक राखिएको बताएका छन्। शनिवार विहान मतदातासँग भेट्दै उनीहरुले अधिकाशं मतदाता कृषिमा नै आत्मर्निभर भएकाले उनीहरुको आवश्यकता कृषि सडक रहेको बताए। सडक लगायत भौतिक पूर्वाधारमा काम गरिए पनि जनतालाई राहात पुग्ने गरि कृषि सडक भने नभइसकेको उनीहरुले बताएका थिए। आगामी दिनमा कृषि…

दरिलो सरकार,काममा रफ्तार: मीना गुरुङ

एमाले उम्मेदवार मीना गुरुङले जनताले स्थिर, दरिलो सरकार र तीव्र विकासका लागि एमालेलाई नै छान्ने बताएकी छिन्। कास्की २ (२) मा उम्मेदवार बनेकी उनले मंसीर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गरिन्। उनले भनिन्, ‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ।’ गण्डकी प्रदेश सभाकी निवर्तमान सांसद…