खेलकुद »

नेपाल पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

विभागीय नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आज (शनिबार) भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो। उपाधिसँगै पुलिसले १० लाख रुपैयाँ नगदसहित आकर्षक ट्रफी हात पारेको छ। उपविजेतामा सीमित त्रिभुवन आर्मी क्लबले पाँच लाख रुपैयाँ नगदसहित रनरअप ट्रफी पायो।…

यु–१९ को एकदिवसीय अभ्यास श्रृंखलामा नेपालको क्लिन स्वीप

दिल्लीको १९ वर्षमुनिको टोलीसँगको एकदिवसीय क्रिकेटको अभ्यास श्रृंखला खेलमा नेपालको यु–१९ टोलीले क्लीन स्वीप गरेको छ। दिल्लीको १९ वर्षमुनिको टोलीसँगको ३ खेलको एकदिवसीय क्रिकेटको अभ्यास श्रृंखला नेपाली युवा टोलीले क्लीन स्वीप गरेको हो। वीरगञ्जमा भएको तेस्रो खेलमा दिल्लीलाई ५१ रनले पराजित गर्दै नेपालले श्रृंखला क्लीन स्वीप गरेको हो। यसअघि, लगातार २ खेल जितेर नेपालले श्रृंखला…

एएफसी महिला एसियन कप छनोट चरणमा नेपाल समूह ’एफ’ मा

एएफसी महिला एसियन कप–२०२६ को छनोट चरणमा नेपाल समूह ’एफ’मा परेको छ। मलेसियामा बिहीबार भएको ‘ड्र’ मा नेपाल, आयोजक उज्वेकिस्तानसँगै समूह ’एफ’ मा परेको हो। उक्त समूहमा लाओस र श्रीलंकासमेत ४ देश छन्। एएफसी छनोटका लागि ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो। आगामी जुनमा हुने समूह ‘एफ’ को छनोट खेल उज्वेकिस्तानमा हुँदैछ। नेपालले हालसम्म…

नेपाली यु–१९ टोलीले एक खेलअघि नै जित्यो अभ्यास खेलको श्रृंखला

नेपाली यु–१९ टोलीले एक खेलअघि नै अभ्यास खेलको श्रृंखला जितेको छ। दिल्लीको यु–१९ को टोलीसँगको ३ खेलको एकदिवसीय क्रिकेटको अभ्यास श्रृंखला नेपाली युवा टोलीले एक खेलअगावै जितेको हो। वीरगञ्जमा आज (विहीबार) भएको दोस्रो खेलमा नेपाली टोलीले दिल्लीको टोलीलाई १०२ रनले हरायो। नेपालले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३० ओभर ४ बलमा ९०…

नेपाल एशियन कप छनोट फुटबलमा मलेसियासँग पराजित

नेपाल एएफसी एशियन कप–२०२७ को छनोटको फुटबल खेलमा मलेसियासँग पराजित भएको छ। मलेसियाको जोहोरबारूस्थित सुल्तान इब्राहिम रंगशालामा हिँजो (मंगलबार) भएको खेलमा नेपाल २–० ले पराजित भएको हो। मलेसियाले दुवै हाफमा १/१ गोल गर्‍यो। मलेसियाको जीतमा हेक्टर हेभल र ला भेरे कोर्बिन अङले गोल गरे। खेलको २९ औं मिनेटमै मलेसियाले सुरुआती अग्रता लिएको थियो। मलेसियाली जर्सीमा…

पहिलो अभ्यास खेलमा नेपालको यु–१९ विजयी

नेपालको यु–१९ टोलीले पहिलो अभ्यास खेलमा दिल्लीको यु–१९ टोलीलाई ५ विकेटले हराएको छ। वीरगञ्जमा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले ३१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। नेपालका अमर मिश्रले सर्वाधिक २७ रन बनाए। त्यसैगरी, रोशन विश्वकर्माले नटआउट २५ रन जोडे। दिल्लीका अमन चौधरीले २ विकेट लिए। यसअघि, टस जितेर ब्याटिङ गरेको दिल्लीले २३…

सिंगापुरसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालको ऐतिहासिक जीत

नेपालले सिंगापुरसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा ऐतिहासिक जीत निकालेको छ। ३६ वर्षपछि सिंगापुरसँगको मैत्रीपूर्ण फुटबल खेलेको नेपालले ऐतिहासिक जीत निकालेको हो। हिँजो (शुक्रबार) बेलुका सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो। जिलेप्सीजंग कार्कीको गोलमा नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले हरायो। कार्कीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो…

४ देशीय महिला क्रिकेट: नेपालले हङकङलाई हरायो

४ देशीय महिला क्रिकेमा: नेपालले हङकङलाई हराएको छ। वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो। युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज (शुक्रबार) हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बलअघि ४ विकेट गुमाएर भेट्टायो। नेपालकी सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन्। पूजा महतोले नटआउट २०…

४ देशीय महिला क्रिकेट: नेपाल घरेलु युगान्डासँग पराजित

४ देशीय महिला टी–२० क्रिकेटमा नेपाल घरेलु युगान्डासँग पराजित बनेको छ। युगान्डामा भइरहेको ४ देशीय वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा आज (बिहीबार) नेपाल फेरि पराजित भएको हो। युगान्डा एन्टेब्बे क्रिकेट ओभलमा भएको पाँचौँ खेलमा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो। जारी प्रतियोगितामा नेपालको यो चौथो हार हो। युगान्डासँग भने पहिलो…

४ देशीय महिला क्रिकेटः नामिबियासँग नेपाल पराजित

४ देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्ग नेपाल नामिबियासँग पुनः पराजित भएको छ। नामिबियासँग नेपाल २३ रनले पराजित भएको हो। टस जितेर सुरुमा बलिङ गरेको नेपालविरुद्ध नामिबियाले ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। युगान्डाको एन्टेबे क्रिकेट मैदानमा १२६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो।…