खेलकुद »

नेपाल सुपर लिग: ललितपुर सिटी एफसी शीर्ष स्थानमा

डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा बिहीबार साँझ भएको खेलमा एफसी चिवतनलाई २–१ ले हराउँदै ललितपुर शीर्ष स्थानमा उक्लिएको हो। खेलमा ललितपुरका लागि मणि लामा र इमोह इजेकेलले गोल गरे। चितवनका लागि भिक्टोर मानसारले गोल गरेका थिए। खेलमा अग्रता पनि ललितपुरले नै लियो। खेलको तेस्रो…

४ देशीय टी–२० क्रिकेट: नेपालको दोस्रो जीत

४ देशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले दोस्रो जीत निकालेको छ। हङकङमा भइरहेको टी–२० श्रृंखलामा नेपालले आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जीत निकाल्न सफल भएको हो। नेपालले पहिलो खेलमा हिँजो (बुधबार) कतारलाई ८ विकेटले हराएको थियो। योसँगै शीर्ष स्थानमा रहेको नेपालले ४ अंक पुर्‍याएको छ। अब, नेपालले लिग चरणको अन्तिम…

नेपाल सुपर लिग: पोखरा र धनगढी बराबरीमै रोकियो

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज (बुधबार) भएको पोखरा थन्डर्स एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिएको हो। एनएसएल लिगमा ३ खेल खेलेकोे धनगढीको यो लगातार दोस्रो बराबरी हो। धनगढी ५ अंकसहित तेस्रो स्थानमा छ । समान अंक भएपनि ऊ काठमाडौं रेजर्सभन्द गोलअन्तरमा अघि…

यु–१९ अफगानिस्तानसँगको अन्तिम खेलमा नेपालको जीत

नेपाली यु–१९ को युवा टोलीले अफगानिस्तानसँगको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा जीत निकालेको छ। नेपाली यु–१९ को युवा टोलीले अफगानिस्तानसँगको १९ वर्षमुनिको टोलीलाई हराएको हो। अफगानिस्तानको यु–१९ को टोलीसँगको तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जीत निकालेको हो। यद्यपी, अफगानिस्तानको यु–१९ टोलीले यसअघि नै २ खेल जित्दै श्रृंखलामा जीत हात पारिसकेको थियो।…

४ देशीय टी–२० क्रिकेट: नेपालको विजयी सुरूवात

४ देशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ। हङकङमा आज (बुधबार) देखि सुरू भएको पहिलो खेलमा सहज जीत निकाल्दै नेपालले विजयी सुरूवात गरेको हो। कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए। यस्तै, कप्तान रोहित पौडेल ३७ रनमा अविजित…

नेपाल सुपर लिग: काठमाडौं रेजर्सको रोमाञ्चक जित

काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा रोमाञ्चक जीत निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै ३ महत्वपूर्ण अंक बटुलेको छ। खेलको अन्तिम समयसम्म दुबै टोलीले गोल गर्न सकेका थिएनन्। तर, ९० औं मिनेटमा अमाडोउ डिओपले निर्णायक गोल गर्दै काठमाडौंलाई रोमाञ्चक जित दिलाए। जीतसँगै काठमाडौं तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उनले…

नेपालको टाइम्स बास्केटबल क्लब साबा बास्केटबल च्याम्पियनसीपमा तेस्रो

नेपाली बास्केटबल टाइम्स क्लब पहिलो पटक आयोजना भएको साबा बास्केटबल क्लब च्याम्पियनसीपमा तेस्रो बनेको छ। भारतको चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको आफ्नो चौथो खेलमा भुटानको थिम्पु म्याजिक्सलाई ८७–५९ ले हराउँदै टाइम्स तेस्रो बनेको हो। च्याम्पियनसीपमा टाइम्सको दोस्रो जित हो। टाइम्सले माल्दिभ्सको रेक्स बास्केटबल क्लबलाई ६७–५९ ले हराएको थियो। यता, टाइम्स क्लब श्रीलंकाको कोलोम्बो बास्केटबल…

पोखरा स्पोर्ट्स अवार्ड: उत्कृष्ट प्रशिक्षक प्रायोजकमा टाइगर ग्रुप पोखरा

नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपालले गर्ने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान दिने खेलाडी, प्रशिक्षक, संघसंस्था, पत्रकार, खेलकर्मीलाई वर्षेनी सम्मान गर्दै आइरहेको छ। आगामी बैशाखमा हुने अवार्डको तयारीमा जुटेको मञ्चलाई टाइगर ग्रुपले वर्ष उत्कृष्ट प्रशिक्षक…

नेपाल सुपर लिग: चितवन र झापाले बराबरी खेल्यो

नेपाल सुपर लिग (एनएसएल) सिजन–३ को फुटबलमा एफसी चितवन र झापा एफसीले बराबरी खेलेका छन्। बराबरी खेलेका दुबै टोलीले समान १/१ अंक बाँडेका छन्। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो। यो नतिजासँगै शीर्ष स्थानको चितवनले ३ खेलबाट ७ अंक पुर्‍याएको छ। झापाले भने समान खेलबाट ३…

यु–१९ अफगानिस्तानसँगको अभ्यास क्रिकेटमा नेपाल १ रनले पराजित

यु–१९ अफगानिस्तानसँगको एक दिवसीय अन्तर्राष्ट्रिय अभ्यास क्रिकेटको दोस्रो खेलमा नेपाल १ रनले पराजित भएको छ। अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँगको दोस्रो पटकको युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि नेपाली युवा टोली पराजित भएको हो। काठमाण्डौंको मूलपानीस्थित क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा नेपाल १ रनले पराजित बन्यो। अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर…