खेलकुद »

महिला साफ यु–१५ च्याम्पियनसीप: बंगलादेशको विजयी सुरुआत

आयोजक बंगलादेशले महिला साफ यु–१५ च्याम्पियनसीप फुटबलमा विजयी सुरुआत गरेको छ। ढाकामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै च्याम्पियनसीपमा बंगलादेशले सुखद सुरुआत गरेको हो। च्याम्पियनसीपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ। नेपालले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि उचाल्नेछ।…

पीएम कप: पुलिसको दोस्रो जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ। समूह बी अन्तर्गत भएको खेलमा पुलिसले प्रदेश–१ लाई ७ विकेटले पराजित गरेको हो। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै प्रदेश–१ ले दिएको १०२ रन बनाएको थियो। जवाफमा पुलिसले २६१ बल बाँकी हुँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको…

पीएम कप: गण्डकीले सुदूरपश्चिमलाई हरायो

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३२.४ ओभरमा सबै विकेट गुमाउनुअघि १३९ रनमात्र जोड्न सक्यो। सुदूरपश्चिमलाई सस्तैमा समेट्न विपिन कार्कीले ४ विकेट लिए। अभिषेक बस्नेत र सुवास भन्डारीले समान २/२ विकेट लिँदा…

दोश्रो संस्करणको गणेशमान सिंह टेनिस प्रतियोगिता कार्तिक १९ गतेबाट

नेपाली राजनीतिका युग पुरुष प्रजातान्त्रीक योद्धा वीर गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियोगिता यही कार्तिक १९ गतेबाट हुने भएको छ। वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेनिस र १० के रोड रेस हुने कार्यक्रम रहेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ। ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गतेसम्म हुने टेनिस प्रतियोगितामा सिनियर…

पीएम कप : पुलिसको सुखद सुरुवात

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सुखद सुरुवात गरेको छ। मुलपानी क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई १९२ रनले हरायो। पुलिसले दिएको २९० रनको विजयी लक्ष्य पछ्याएको बागमती २८ ओभरमा सबै विकेटको क्षतिमा ९७ रनमा समेटिएको थियो। बागमतीको लागि ईशान पाण्डेले सर्वाधिक २४ रन बनाए। रामनरेश गिरीले २२,…

पीएम कप: एपीएफको विजयी सुरुवात

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हरायो। एपीएफले दिएको २२० रनको विजय लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा सबै विकेटको क्षतिमा १६३ रनमा समेटिएको थियो। आर्मीका लागि हरि चौहानले ६५ र रोहित…

ओलम्पियन संगिनालाई युएई–दुवईमा सम्मान

ओलम्पियन तेक्वान्दो खेलाडी संगीना बैद्यलाई युएई–दुवईमा सम्मान गरिएको छ। दुवईस्थित नुवाकोट सेवा समाज युएईले ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा लगातार २ पटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगिनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको जनाएको छ। नुवाकोटे चेली संगिनालाई आईतबार कोशेली होटल बर,…

सकियो नवौं राष्ट्रिय खेलकुद, दशौं राष्ट्रिय खेलकुद कर्णालीमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। औपचारिक रुपमा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म संचालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भब्य रुपमा सफलताका साथ सम्पन्न भएको छ। गण्डकी प्रदेशका ८ जिल्लामा आयोजना गरिएको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गरेका हुन्। अब, दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।…

नवौं राष्ट्रिय खेलकुद: ३७१ पदकसहित आर्मी च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय आर्मी च्याम्पियन बनेको छ। आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य गरी कूल ३७१ पदक जित्दै राष्ट्रिय खेलकुदमा च्याम्पियन बन्न सफल भएको हो। अर्को विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ६५ स्वर्ण, ७२ रजत ८२ कास्य पदकसहित कूल २१९ पदक जित्दै दोस्रो स्थानमा रह्यो। त्यस्तै, अर्को विभागीय नेपाल पुलिस…

राष्ट्रिय खेलकुद: सडनडेथमा आर्मीलाई हराउँदै पुरुष फुटबलमा एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा विभागीय एपीएफ क्लबले आर्मीलाई सडनडेथमा हराउँदै स्वर्ण पदक जितेको छ। आर्मीले रजत पदकमा चित्त बुझायो। गण्डकी प्रदेशले कास्य पदक पायो। पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो। ३० मिनेटको अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा…