
विभागीय सशस्त्र प्रहरी बल एपीएफ महिलातर्फ पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको क्वालिफायरमा स्थान बनाएको छ।। महिलातर्फको एपीएफ क्लब अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै विभागीय एपीएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो। एपीएफसँग पराजित भएको…
पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबलमा महिलातर्फ ट्राभल इन्क्वायरी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जीत निकालेको छ। पोखरा रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वायरीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्।…
पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टाइगर ग्रुपको टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा (आइतबार) बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। आयोजक टोलीले आर्मीमाथि पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र…
पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको आयोजक टोली र विभागीय त्रिभुवन आर्मी क्लबबीचको उद्घाटन खेल भने स्थगित भएको छ। आयोजक टाइगर ग्रुप र विभागीय आर्मीबीचको खेलमा तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो। पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली टाइगर ग्रुप २३–२५ ले गुमाउन पुग्यो। दोस्रो सेटमा पनि…
प्रतियोगिताअन्तर्गत महिलातर्फकै दोस्रो खेलमा टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबले विभागीय नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जीत निकाल्यो। न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा जीत निकालेको हो। पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमण्डलाई सुम्पेको थियो। निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो। चौथो सेटमा उत्कृष्ट…
पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु प्रतियोगितामा विभागीय एपीएफले जीत निकालेको छ। एपीएफले पाहूना टोली ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको हो। त्यस्तै, न्यु डायमण्डले पनि खेलमा उत्कृष्ट पुनरागमन गर्दै…
पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ। गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलि (शनिबार) देखि हुने टाइगर कप भलिबलको ट्रफीे अनावरण गरेका हुन्। कार्यक्रममा बोल्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको औंल्याए। उनले…
यु–१९ महिला टी–२० विश्वकप क्रिकेटको प्लेअफमा नेपालले आयोजक घरेलु मलेसियालाई ७ विकेटले हराएको छ। मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा घरेलु मलेसियाले दिएको ४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। नेपालकी कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन्। मलेसियाकी मस्र्या अब्दुल्लाहले ३ विकेट लिइन्। यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६…
आइसीसी यु–१९ को महिला टी–२० विश्वकप क्रिकेटमा लगातार तेस्रो हार ब्यहोर्दै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ। विश्वकपको तेस्रो खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो। मलेसियाको बांगीस्थित युकेएम क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो। नेपालकी कप्तान पूजा महतोले सर्बाधिक १८…
पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ। पोखरामा हुने यस पटकको संस्करणमा प्रतियोगितालाई विगतमा भन्दा थप आकर्षण बनाउने प्रयासमा आयोजक टाइगर ग्रुप अफ पोखरा जुटेको छ। प्रतियोगितालाई थप केही नयाँपन दिन आयोजक टाइगर ग्रुप जुटेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितालाई विगतमा…