खेलकुद »

यु–१९ महिला टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार

आइसीसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ। मलेसियाको बांगीमा भएको दोस्रो खेलमा पनि नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो। नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर भेट्टायो। स्कटल्यान्डकी पिपा स्प्रोलले सर्वाधिक ३५ रन बनाइन्। नेपालकी रचना चौधरी र सीमाना केसीले समान २/२…

खो–खो विश्वकपमा नेपालको दुबै टोली उपविजेता

नेपालको महिला/पुरुष दुबै टोली खो–खो विश्वकपमा उपविजेता बनेको छ। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खो–खो विश्वकपको फाइनलमा नेपालको महिला/पुरुष दुबै टोलीले आयोजक भारतसँग पराजित बन्दै उपविजेतामा समेटियो। फाइनल प्रतिस्पर्धामा आयोजक भारतसँग नेपालको पुरुष टोली ५४–३६ र महिला टोली ७८–४० ले पराजित बन्दै उपविजेता बन्यो। फाइनलमा नेपाल घरेलु टोली भारतसँग ५४–३६ ले पराजित…

पोखरा–१५ मा तेस्रो संस्करणको बृहत् खेलकुद महोत्सव सकियो

पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ। पुरूष फुटबलतर्फ नयाँगाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ। वन विज्ञान क्याम्पसको खेल मैदानमा वडाबासीको उत्साहजनक सहभागितामा भएको फुटबल फाइनलमा नयाँगाउँले प्रतिभा टोल विकास संस्थालाई पराजित गरेको हो। पुरुष भलिबलतर्फ तल्लो नयाँगाउँ टोल…

यु–१९ महिला टी–२० विश्वकपमा नेपालको खराब सुरुवात

यु–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ। पहिलो खेलमै नेपाल बंगलादेशसँग ५ विकेटले पराजित बनेको छ। नेपालले दिएको ५३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो। बंगलादेशका लागि सादिया इस्लामले सर्वाधिक १६ र सुमैया अक्टरले १२ बनाए। नेपालकी पूजा महतो, सीमाना केसी, रचना चौधरी र रिया शर्माले…

टाइगर कप भलिबल माघको १२ गतेदेखि सुरु

पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता यही माघ १२ देखि १९ गतेसम्म संचालन हुने भएको छ। ‘टाइगर ग्रुप अफ पोखरा नेपाल’ ले पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगितामा महिला र पुरुष गरी कूल १२ टोलीको सहभागिता रहने शुक्रबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिएका छन्। उनका अनुसार पुरुष…

पोखरा–१५ मा बृहत् खेलकुद महोत्सव सुरू

पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव आज (बुधबार) देखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं–१५ द्वारा आयोजित वडास्तरीय ४ दिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो। पोखरा–१५ ले आयोजना गरेको यो तेस्रो संस्करणको खेल महोत्सव हो । खेलकुद महोत्सवको पहिलो दिन फुटबल, भलिबल र ब्याडमिन्टनका खेलहरु सुरु…

आहा ! रारा पोखरा गोल्डकपको सह–प्रायोजकमा जयश्री फुड्स प्रालि

२४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप–२०८१ सँग चितवनको जयश्री फुड्स प्रालि सह–प्रायोजकरुपमा जोडिएको छ। सो सम्बन्धमा क्लब अध्यक्ष केशवराज बराल र कम्पनीका तर्फबाट जनरल म्यानेजर अमीत अग्रवालबीच शनिबार सम्झौता–पत्रमा हस्ताक्षर भएको छ। चितवनको जयश्री फुड्स प्रालिको उत्पादन बासमती प्रिमियम राइसले सह–प्रायोजकवापत ५ लाख रुपैयाँ प्रदान गर्नेछ। सो अवसरमा अग्रवालले सहारा क्लब पोखराद्वारा संचालित…

पोखरामा अर्को साहसिक खेलकुद स्काई डाइभिङ थपियो

पोखरामा थप अर्को साहसिक खेल स्काई डाइभिङ सुरु गरिएको छ। पोखराको आकासमाथिबाट नेपाली प्रशिक्षकहरूले नै स्काई डाइभिङ सुरु गरेका हुन्। विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले स्काई डाइभिङ थालेका हुन्। यसअघि, विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भएपनि यस पटक भने नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराउन सफल भएका छन्। सिम्रिक एयर…

विभागीय त्रिभुवन आर्मी मदन भण्डारी स्पोर्ट्स भलिबल च्याम्पियन

विभागीय त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबलको च्याम्पियन बनेको छ। विभागीय आर्मीले बिहीबार बुटवलमा सम्पन्न त्रिभुवन आर्मीलाई मदन भण्डारी स्पोट्र्स भलिबल च्याम्पियनसीप–२०८१ को उपाधि जितेको हो। बुटवल उपमहानगरपालिका–१० रामनगरमा आज (बिहीबार) भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक…

घान्द्रुक किम्चेलाई घलेल ल्होछार भलिबलको उपाधि

२६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधि घान्द्रुक किम्चेले जितेको छ। तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ र ९ स्थित घलेलमा सम्पन्न आज (मंगलबार) भएको फाइनल खेलमा धम्पुसलाई ३–० को सोझो सेटले पराजित गर्दै घान्द्रुक किम्चेले उपाधि जितेको हो। उपाधिसँगै घान्द्रुक किम्चेले ६५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र…