खेलकुद »

१९ औं संस्करणको सफल पोखरा म्याराथनमा साप्ताहिक र मासिक दौड पनि

यस वर्षदेखि सफल पोखरा म्याराथनमा साप्ताहिक र मासिक दौड समेत समावेश गरिने भएको छ। पोखरा महानगरपालिकाको ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ को नारासमेत आत्मसात गर्दै पहिलोपटक मासिक दौड यही पुसको २७ गते (शनिबार) हुनेछ। युवा खेलाडीको उत्पादन गर्ने उद्देश्यले ३ किमी र ५ किमी दौड प्रतियोगिता गर्न लागिएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। पहिलो…

खेलकुद पत्रकार मञ्च, गण्डकीको तेस्रो अधिवेशन माघ १० मा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन आगामी माघ १० गते (बिहीबार) हुने भएको छ। मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा आज (आइतबार) पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको कार्यसमितिको ४६ औं बैठकबाट अधिवेशनको मिति तय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। मञ्चमा ७४ जना खेलकुद बिटमा कलम चलाउने खेलकुद पत्रकारहरु…

माछापुच्छ्रे पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

आरव सम्राट हाडा र सुनिरा थापा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन टेनिसको च्याम्पियन बनेका छन्। २१ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत पोखरामा मंगलबार सम्पन्न प्रतियोगितामा आरव सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका हुन्। कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको सम्पन्न फाइनलमा आरव सम्राट हाडाले प्रतिद्वन्दी प्रनव मानन्धर र…

माछापुच्छ्रे पोखरा ओपन टेनिस मेन्स सिंगल्समा आरव र प्रनव फाइनल भिड्ने

आरव सम्राट हाडा र प्रनव मानन्धर पोखरामा जारी २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत ओपन मेन्स सिंगल्स फाइनलमा भिड्ने भएका छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा संचालन भइरहेको प्रतियोगितामा ओपनतर्फ मेन्स सिंगल्समा नेपालका नं १ प्रदिप खडकालाई २–१ सेटमा पराजित गर्दै आरव सम्राट हाडाले प्रनव मानन्धरसँग फाइनलमा भेट पक्का गरेका हुन्।…

दोस्रो संस्करणको ड्रागन बोट रेसमा चिनिया टोलीको वर्चस्व

चिनियाँ टोलीले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको उपाधि जितेका छन्। पोखराको फेवातालमा सोमबार सम्पन्न ‘दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेस प्रतियोगितामा चिनिया टिमहरूले उपाधिमाथि कब्जा जमाए। पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जितेको छ। दोहोरो उपाधिसँगै विजेता चीनको डोङग्वान लाओयू क्लबले नगद १० हजार…

विभागीय आर्मीका मुकेस पाल ‘गैँडाकोट हाफ म्याराथन’ च्याम्पियन

विभागीय आर्मीका मुकेस पाल दोस्रो संस्करणको ‘गैँडाकोट हाफ म्याराथन’ को च्याम्पियन बनेका छन्। विजय फाउन्डेसन नेपालको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा (सोमबार) सम्पन्न ‘गैँडाकोट हाफ म्याराथन–२०२४’ को उपाधि आर्मीका धावक पालले जितेका हुन्। प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी १ घण्टा १६ मिनेट ८ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबका धावक मुकेशबहादुर पाल च्याम्पियन बने। हाफ…

चिन–नेपाल मैत्रीपूर्ण बास्केटबलमा चिनको नर्मल विश्वविद्यालय च्याम्पियन

पाहूना टोली चिनको नर्मल विश्वविद्यालय पोखरामा सम्पन्न चिन–नेपाल विश्वविद्यलायस्तरीय छात्रा बास्केटबलमा च्याम्पियन भएको छ। गण्डकी प्रदेश बास्केटबल संघ र पोखरास्थित चिनिया ओभरसिजको आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजलाई ७४–३६ को स्कोरले पराजित गर्दै पाहूना टोली च्याम्पियन भएको हो । च्याम्पियन बनेसँगै नर्मल विश्वविद्यालयले नगद ३० हजारका साथमा ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार हात पारेको…

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसमा सलोनी र सुनिरा उपाधि नजिक

पोखरामा जारी २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा फाइनल भिड्ने भएका छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन महिला सिंगल्स ओपनतर्फको सेमिफाइनलमा उनीहरु आफ्नो खेल जित्दै उपाधि नजिक पुगेका हुन्। सलोनीले प्रकृति श्रेष्ठलाई ६–२, ६–२ र सुनिराले स्वस्तिाका विष्टलाई ६–३,…

माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिसमा क्वाटरफाइनल समीकरण पूरा

पोखरामा जारी २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ। कास्की जिल्ला टेनिस संघले आयोजना गरेको शनिबार विभिन्न उमेरसमूह अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन्। शनिबार मेन्स सिंगलतर्फ नेहाल जंगबहादुर थापाले ओजेन महर्जनलाई ६–०, ६–० ले हराउँदै क्वाटरफाइलमा स्थान बनायो। राजबीर प्रधानले शक्ति शर्मालाई ६–०, ६–० ले पराजित गर्दै…

गोरखाका बोगटीले जिते रोट¥याक्ट सचिन स्मृति खुल्ला दौडको उपाधि

गोरखा सिरानचोकका दिनेशसिंह बोगटीले रोटर्‍याक्ट सचिन स्मृति खुल्ला दौडको उपाधि जितेका छन्। रोटर्‍याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सह–सचिव स्व. रोटरियन सचिनकुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको २२ औ संस्करणको खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो। तनहुँको सदरमुकाम दमौलीस्थित अनसनचोकदेखि छाब्दीबाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट १६ सेकेण्डमा पार गर्दै बोगटीले उपाधि जितेका हुन्।…