
पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी छ। कास्की जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको देस्रो दिन (शुक्रबार) ४५ वर्षमाथिको मेन्स सिंगलको प्रतिस्पर्धात्मक खेलमा संदुक लामाले गोपीबहादुर भट्टराईलाई ६–४, २–६ र सुपर टाईमा १२–१० ले पराजित गरे। सुपरटाईमा ८–३ को अग्रता जोगाउन नसक्दा आशा गरिएका पोखरेली खेलाडी भट्टराई पराजित हुन…
पोखरामा माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आज (बिहीबार) देखि सुरु भएको छ। गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले एक समारोहबीच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारी र प्रतियोगिता संयोजक नविन चालिसेलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्। प्रतियोगिताको पहिलो दिन भएका खेलहरुमा मेन्स सिंगलमा निहाल जंगबहादुर थापाले विष्णु नेपालीलाई ६–१,६–१ ले हराएका छन्। त्यसैगरी,…
पोखरामा भोलि (बिहीबार) देखि २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु हुने भएको छ। आयोजक कास्की जिल्ला टेनिस संघले आयोजना गरेको टेनिस प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा वुमन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ…
विभागीय नेपाली सेनाका धावक करण रावलले स्याङजाको कोल्मा बहाकोट क्रस कन्ट्री दौड जितेका छन्। सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको राष्ट्रियस्तरको क्रस कन्ट्री दौडमा रावलले २५ किलो मिटरको दूरी १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै उपाधि जिते। विजेता रावलले उपाधिसहित नगद ५० हजार, ट्रफी र मेडल पुरस्कार हात पारे। ‘स्वास्थ्यका लागि…
यु–१९ महिला मैत्रीपूर्ण फुटबल खेलमा घरेलु नेपाल र पाहूना टोली भुटानले बराबरी खेलेको छ। नेपालको यु–१९ वर्षमुनिको महिला टोलीले भुटानको सोही उमेरका महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा १–१ गोलको बराबरी नतिजा निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा नेपालकी सुशीला केसीले गोल गरिन्। त्यसैगरी, भुटानको तर्फबाट फुन्त्सो छोदेनले गोल गरिन्। खेलमा नेपालले अग्रता…
सूदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी एनपीएलको ‘घरेलु बेस्ट प्लेयर’ बनेका छन्। नेपालमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) को ‘सर्वोत्कृष्ट घरेलु खेलाडी’ बनेसँगै कप्तान दीपेन्द्र सिंह ऐरीले आकर्षक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका प्राप्त गरेका छन्। नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका छन्। एनपीएलमा उत्कृष्ट प्रदर्शन…
जनकपुर बोल्ट्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको च्याम्पियन बनेको छ। काठमाण्डौंकोको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा सूदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एनपीएल च्याम्पियन बनेको हो। सूदूरपश्चिम रायल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले…
यु–१६ महिला मैत्रीपूर्ण फुटबलमा भुटानसँग नेपालले लज्जाजनक हार खेपेको छ। भुटानको १६ वर्षमुनिको महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा घरेलु नेपाली टोलीमाथि फरक गोलअन्तरले पराजित गरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानले नेपाललाई ५–१ गोलको फरक अन्तरले हरायो। भुटानकी कप्तान छिरिङ ल्हामो र सोनाम छोगेलले २÷२ गोल गरे। ् त्यसैगरी, भुटानी उगेन सोमोले १ गोल…
यु–१९ महिला एशिया कप क्रिकेटको प्रतियोगिताबाट नेपाल बाहिरिएको छ। यु–१९ महिला एशिया कप क्रिकेटअन्तर्गत ’सुपर–फोर’ को खेलमा बंगलादेशसँग पराजित बन्दै नेपाल फाइनल पुग्नबाट रोकियो। जीतसँगै बंगलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा आज (शुक्रबार) भएको ’सुपर–फोर’ को खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले हराउँदै फाइनल पुगेको हो। बंगलादेश ’सुपर–फोर’ मा…
यु–१९ हङकङ विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले ‘क्लिन स्वीप’ गरेको छ। यु–१९ हङकङ विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले ‘क्लिन स्वीप’ गरेको छ।काठमाण्डौंको जोरपाटीस्थित मूलपानी क्रिकेट मैदानमा आज (शुक्रबार) भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले श्रृंखलामा ‘क्लिन स्वीप’ गरेको हो। नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट…