
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराएको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) भएको दोस्रो खेलमा चितवनले जनकपुरलाई ३२ रनले हराएको हो। चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा अलआउट भयो। जनकपुरका जिमी नीशमले सर्बाधिक ६५ रन बनाए। ओपनर आशिफ शेखले २३ रन जोडे। चितवनका…
नेपालको हेल्प नेपाल स्पोर्ट्स काभा भलिबल क्लब भलिबल च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। हेल्प नेपालले माल्दिभ्सको एचडीसीलाई ३–० को सोझो सेटमा सहज जीत निकालेसँगै फाइनलमा स्थान सुरक्षित गरेको हो। काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको उपाधिका लागि हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजले फाइनलका लागि शनिबार फाइनल खेल्नेछन्। च्याम्पियनसीप अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनलमा…
कास्की मोडर्नाइज्ड एकेडेमी च्याम्पियन १४ औं संस्करणको एन प्याव्सन खेलकुद महोत्सवको च्याम्पियन बनेको छ। एन प्याव्सन खेलकुद महोत्सवमा १ सय ७५ अंकका साथ कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन वनेको हो। यस वर्षबाट सुरु गरिएको रनिङ शिल्ड कास्की मोडर्नाइज्डले हात पारेको हो। नेशनल प्याव्सन कास्कीको आयोजना गरेको यस संस्करणको चाँदीजडित १ लाख २५ हजारमा बनेको रनिङ शिल्ड…
भारतको क्यालिकट हिरोजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसीपको फाइनलमा फाइनलमा स्थान बनाएको छ। क्यालिकटले लिग चरणमा अपराजित रहेको इरानको युवा टोलीमाथि ३–१ को सेटमा जीत निकाल्दै फाइनल पुगेको हो। क्यालिकट हिरोजले इरानको यु–१८ को जुनियर टोलीलाई २१–२५ को अंकमा पहिलो सेट सुम्प्यो। क्यालिकट हिरोज, दोस्रो सेटबाट खेलमा फर्कदैँ २५–२२ ले इरानको यु–१८ को जुनियर युवा…
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले दोस्रो जीत हात पारेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो। विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो। चितवनका अमर रौटेलाले सर्बाधिक ४२ रन बनाए। विराटनगरका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। यसअघि,…
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो। लुम्बिनीका टम मूर्सले सर्बाधिक ३६ रन बनाए। सन्दीप जोराले २६ रन जोडे। आशुतोष घिरैया र साद बिन जफरले समान १६÷१६ रन…
काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको सेमिफाइनल समीकरण पूरा भएको छ। इरानको यु–१८ को जुनियर टोलीले क्लब लिगको शीर्ष स्थान ओगट्यो। त्यसैगरी, नेपालको हेल्प नेपाल स्पोर्ट्स क्ल दोस्रो स्थानमा रह्यो। भारतको क्यालिकट हिरोज तेस्रो स्थान रहन सफल बन्यो। यसैगरी, माल्दिभ्सको क्लब एचडीसी चौथो स्थानमा रह्यो। आज भएको लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेश भलिबल संघले क्यालिकट…
जनकपुर बोल्ट्स एक खेल अगावै फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले–अफ’ मा पुगेको छ। काठमाण्डौ गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एक खेलअघि नै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले–अफ’ मा पुगेको हो। जनकपुर जारी एनपीएलको ‘प्ले–अफ’ मा पुग्ने पहिलो टोलीसमेत बनेको छ। काठमाडौँको पनि ‘प्ले–अफ’ पुग्ने संभावना कायमै छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा…
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ’सुपर ओभर’ मा विराटनगर किङ्समाथि पोखरा एभेन्जर्सले जीत निकालेको छ। जारी यस एनपीएलमा यो पहिलो ’सुपर ओभर’ हो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीबार ‘सुपर ओभर’ को रोमाञ्चक खेलमा पोखराका लागि रेमन रेफरले १७ रन बनाए। एन्ड्रिस गौसले १ रन थपे। जवाफमा ५ रन बनाएको विराटनगरका लागि मार्टिन गुप्टिल र…
हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार जीत निकाल्दै काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। कमाठमाण्डोंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको अन्तिम खेलमा हेल्प नेपालले माल्दिभ्सको एचडीसीलाई ३–१ को सेटमा हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो। प्रतियोगितामा हेल्प नेपालको यो तेस्रो जीत हो। जीतसँगै हेल्प नेपालले ३ खेलबाट ८…