खेलकुद »

काभा पुरुष भलिबलमा इरानको यु–१८ टोलीको लगातार तेस्रो जीत

काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपमा इरानको यु–१८ को टोलीले लगातार तेस्रो जीत हात पारेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (बुधबार) भएको खेलमा इरानको १८ वर्षमुनिको टोलीले भारतको क्यालिकट हिरोजलाई ३–० को सोझो सेटमा हरायो। इरानको युवा टोलीले पहिलो सेट २७–२५ ले जीत निकाल्यो। यसैगरी, दोस्रो सेटमा २५–२२ ले जित्यो। तेस्रो सेटमा…

एनपीएल क्रिकेटमा काठमाण्डौं गुर्खाजको दोस्रो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले दोस्रो जीत निकालेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाण्डौले लुम्बिनी लायन्सलाई १८ रनले हरायो। काठमाण्डौले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर २ बलमा ८५ रनमा अलआउट बन्यो। लुम्बिनीका सन्दीप जोराले सर्बाधिक २६ रन बनाए। काठमाण्डौका कप्तान करण केसीले ४ विकेट लिए। त्यसैगरी,…

एनपीएल क्रिकेटमा जनकपुरको अपराजित यात्रामा विराम लाग्यो

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सको ४ खेलको अपराजित यात्रा टुंगिएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा जनकपुर सूदूरपश्चिम रोयल्सँग ७२ रनले पराजित भयो। सूदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट बन्यो। एनपीएलमा यो सबैभन्दा कम योगफल हो। यसअघि, चितवन राइनोजसँगको खेलमा पोखरा एभेन्जर्स…

एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्सको तेस्रो हार

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले तेस्रो हार ब्यहोरेको छ। पोखरा एभेन्जर्सको आफ्नो पाँचौ खेलमा मंगलबार कर्णाली याक्ससँग ७ विकेटले पराजित बनेको हो। काठमाण्डौको कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। कर्णालीका लागि सर्बाधिक गुल्सन झाले अविजित ४९ रन बनाए। यस्तै, चाडविक वाल्टनले…

आदर्श कपमा कास्की–११ को विजयी सुरुवात

कास्की–११ ले २५ औं संस्करणको आदर्श कप फुटबलमा विजयी सुरवात गरेको छ। पोखराको लेखनाथस्थित भण्डारढिकमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा कास्कीले स्याङ्जा फुटबल संघलाई २–० गोलले पराजित गरेको हो। जीतसँगै कास्की–११ ले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। कास्कीको जीतमा मुकुन्द न्यूरे र अनिष तामाङले गोल गरे। मुकुन्दले पहिलो गर्दै टिमलाई अग्रता दिलाए। त्यसैगरी, कास्कीकै अनिषले…

काभा पुरुष भलिबलमा गण्डकीको लगातार तेस्रो हार

गण्डकी प्रदेशले काभा पुरुष क्लब च्याम्पियनसीपमा लगातार तेस्रो हार ब्यहोरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा इरानको यु–१८ को टोलीसँग गण्डकी ३–२ को सेटमा पराजित भएको हो। सुरुआती २ सेट जितेको गण्डकीले त्यसपछिको लगातार ३ सेट इरानी यु–१८ को युवा टोलीलाई सुम्प्यो। गण्डकीले प्रतिस्पर्धात्मक पहिलो सेटमा २८–२६ को कठिन जीत…

काभा पुरुष भलिबलमा भारतीय क्यालिकट हिरोजको पहिलो जीत

भारतको क्यालिकट हिरोजले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसीपमा पहिलो जीत निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार क्यालिकटले माल्दिभ्सको क्लब एचडीसीलाई ३–० को सोझो सेटमा हराएको हो। क्यालिकटले पहिलो सेटमा २५–१३ ले सहज जीत निकाल्यो। दोस्रो सेटमा २५–२३ को कठिन जीत निकाल्यो। त्यसैगरी, तेस्रो सेटमा २५–२१ ले जित्यो। जीतसँगै…

काभा पुरुष भलिबलमा इरान यु–१८ को विजयी सुरूवात

काभा पुरुष क्लब भलिबल च्याम्पियनसीपमा इरानको यु–१८ को युवा टोलीले विजयी सुरुवात गरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई ३–२ को सेटमा हरायो। यो जितसँगै १ खेल खेलेको इरानको यु–१८ का युवा टोलीले २ अंक जोडेको छ। इरानको यु–१८ युवा टोलीले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेकोे…

काभा क्लब भलिबलमा हेल्प नेपालको लगातार दोस्रो जीत

नेपालको हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसीपमा लगातार दोस्रो जित निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार हेल्प नेपालले गण्डकी प्रदेश भलिबल संघविरुद्ध ३–१ सेटको जित निकाल्यो। सुरुआती २ सेट ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो। हेल्प नेपालले पहिलो सेट…

काभा पुरुष क्लब भलिबलमा माल्दिभ्सको एचडीसीे विजयी

माल्दिभ्सको एचडीसीले सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसीपमा विजयी सुरुवात सुरुवात गरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडीसीले नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हरायो। लगातार पहिलो र दोस्रो सेटमा जीत निकालेको गण्डकीले त्यसपछिको लगातार ३ सेट गुमायो। गण्डकीले पहिलो सेटमा २५–१८…