प्रवास »

अमेरिकाको वाशिंगटन डिसीस्थित नेपाली दुताबासको कागजात लुटियो

वाशिंगटन डिसीस्थित नेपाली दुताबासको कागजात लुटिएको दुताबासले एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ। डिसेम्बर २३ शुक्रबारका दिन जारी गरिएको बिज्ञप्तिअनुसार टेक्सस राज्यको डालस, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित धनादेश (मनि अर्डर) खजाञ्ची पत्र (क्यासियर चेक) हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोध गरेको छ। यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्ससको…

गण्डकी प्रज्ञा प्रतिष्ठान र रशियन कल्चरबीच भगिनी सम्बन्ध

गण्डकी प्रज्ञा प्रतिष्ठान र रशियन सेन्टर अफ साइन्स एण्ड कल्चरबीच भगिनी सम्बन्ध कायम भएको छ। पोखरामा सोमबार दुवै पक्षबीच सम्झौता भएको हो। सम्झौता पत्रमा रसियन सेन्टर अफ साइन्स एण्ड कल्चरकोतर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा सदस्य सचिव श्रेष्ठले आफूहरुको कार्यकालको ऐतिहासिक सम्झौता भएको…

अस्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम

अष्ट्रेलियन शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा अष्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम भएको छ। दिदी–बहिनी समाज भिक्टोरियाले करिब ७ सय नेपाली महिलाको उपस्थितिमा तीज कार्यक्रम गरेको हो। दिदी–बहिनी समाज भिक्टोरियाले विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य–पश्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको छ। शिक्षा तथा…

अब फ्याम्समार्फत ईपीएसको काम

रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाबाट हुने काम अबदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फ्याम्स)मार्फत हुने भएको छ। सो शाखाले ईपीएसबाट दक्षिण कोरिया जानका लागि गर्नुुपर्ने सबै प्रक्रिया आउँदो सोमबारदेखि फ्याम्समार्फत गर्ने भएको हो। फ्याम्स श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अनलाइनबाट जानकारी गराउने प्रणाली हो। श्रम मन्त्रालयले वैदेशिक रोजगारीबारे एकद्वार प्रणालीमार्फत जानकारी दिने उद्देश्यले…

म्याग्दीका केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी

रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका म्याग्दीको बेनी नगरपालिका–६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाएका छन्। ५ महिनादेखि निरन्तर गरेको कोसिसपछि उनी चारपांग्रे गाडी बनाउन सफल भएका हुन्। विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा ४ वटा ब्याट्री जडान गरिएका छन्। ३ देखि ४ घण्टा विद्युत चार्ज गरेपछि ४० देखि ५० किलोमिटरसम्म चलाउन सकिन्छ। कोरियामा…

कास्की आदर्श सेवा समाज पोर्चुगलको अध्यक्षमा शक्ति भट्टराई

कास्की आदर्श सेवा समाज पोर्चुगलको अध्यक्षमा शक्ति भट्टराई चयन भएका छन्। ‘कस्केलीहरुको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ मूल नाराका साथ पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न समाजको चौथो अधिवेशनले भट्टराईको अध्यक्षताका नयाँ कार्यसमिति चयन गरेको हो। २ वर्षे कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा विशाल आचार्य, शोभा पुरी गिरी र महासचिवमा सबिन पौडेल छन्। त्यसैगरी,…

’अग्निपथ योजना’ अनुसार नै भारतमा गोर्खा भर्ती

भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने प्रष्ट पारेको छ। भारतको राजधानी नयाँ दिल्लीमा आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताएका हुन्। भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ। यसअघि, नेपाल सरकारले नेपालीलाई…

ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ। कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालयसामु अगस्ट १४ मा र्‍याली गरेका थिए। तीमध्ये कतिपयले ७ महिनादेखि ज्याला नपाएको गुनासो छ। लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ। तर, निकाला गरिएका कामदारको…

६ भदौमा नेपाल–बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुँदै

नेपाल र बेलायतबीच आउँदो ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीका अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच भदौ ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो। श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार पारिसकेको छ। बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र…

पहिचानविहीन छन्, म्यानमार, मलेसिया, थाइल्याण्ड र फिजीमा रहेका ५ लाख नेपालीहरु

म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका ५ लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन्। गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष भबिन्द्र बस्नेतका अनुसार दोस्रो विश्वयुद्धमा सहभागी हुन ती ठाउँमा पुगेका नेपालीका सन्तान अहिले पहिचानको खोजीमा छन्। युद्धका बेला इस्ट इन्डिया कम्पनीले हजारौंको संख्यामा नेपालीलाई जापानविरुद्ध लड्न ती ठाउँमा लगेको थियो। युद्धपछि ती देशमा नेपाली बसोबास गर्न थालेको…