Author Archive »

‘एनपीएलको प्रत्यक्ष प्रसारण सम्झौता अवैधानिक छ’

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक भएको संचार क्षेत्रका ३ संस्थाले आरोप लगाएका छन्। नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया एलाइन्सले आज (मंगलबार) संयुक्त विज्ञप्ति जारी गर्दै स्टार स्पोर्ट्ससँग सम्झौता गर्दा (क्यान) ले गंभीर गल्ती गरेको आरोप लगाएका हुन्। (क्यान) ले एनपीएलको…

९ सामाजिक सञ्जालहरु (युट्युब/फेसबुक पेज) कारवाहीमा

गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युव च्यानलहरु प्रेस काउन्सिल नेपालको कारवाहीमा परेका छन्। तीमध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा काउन्सिलले पत्राचारसमेत गरेको छ। सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युव च्यानल) मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन…

यु–१९ पुरुषतर्फको चौथो अभ्यास खेलमा नेपाल पराजित

यु–१९ पुरुषतर्फको नेपाली क्रिकेट टोली भारतको कर्नाटकको यु–१९ को टोलीसँगको चौथो अभ्यास खेलमा भएको छ। कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १०६ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोलीले ३७ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। कर्नाटकका अक्षत प्रभाकरले २४ रन बनाए। नेपालका सन्तोष यादवले ३ विकेट…

म्याग्दीको बेनी नगरपालिकामा ३०३ योजनाहरु कार्यान्वयनको चरणमा

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ३०३ वटा पूर्वाधारसम्बन्धी योजना कार्यान्वयन गर्दैछ। गत असारको नगर सभाबाट छनौट भई बजेट विनियोजन भएका वडास्तरीय २७१ मध्ये ४७ वटा सम्झौता र नगरस्तरीय ३२ मध्ये ८ वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ। सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना छनौट भएका छन्।…

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाई पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको हो। सीआईबीका प्रहरीले प्रसाईलाई भक्तपुरस्थित उनको आफ्नै निवासबाट मंगलबार पक्राउ गरेको हो। प्रसाईलाई साइबर अपराधको मुद्दामा प्रहरीले पक्राउ गरेको हो। प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ। प्रसाईविरुद्ध…

विराटनगर र जनकपुर एनपीएलको उदघाटन खेलमा भिड्ने (खेल तालिका) सहित

पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट एशोसिएसन (क्यान)ले सोमबार साँझ एनपीएलको तालिका सार्वजनिक गरेको हो। मंसीरको १५ गतेदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को खेल सुरु हुने तालिका छ। जसअनुसार, पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ। खेल मंसीर १५ गते शनिबार मध्याह्न…

व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउँछ

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री थापाले भने, ‘व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरतातर्फको कदम हो।’ उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव समेत दिए। ‘आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ। दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि…

क्रिकेटरहरु रचना र दीपेशलाई पोखरामा सम्मान

पोखराका क्रिकेटरहरु रचना चौधरी र दिपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ। पोखरा महानगर क्रिकेट संघले एक समारोहबीच २ खेलाडीको सम्मान गरेको हो। १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनौट हुन सफल पोखरा गलेश्वरकी रचना चौधरी र पोखरा चाउथेका दिपेश खत्रीलाई उनीहरूले पोखराको क्रिकेट विकासमा गरेको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो। पोखरा…

पत्रकारहरु नै असुरक्षित, सरोकारवालाको ध्यानाकर्षण

पछिल्लो समय पोखरामा सुरक्षाकर्मी र आन्दोलनरत् पक्षबाट पत्रकार तथा संचारकर्मीहरु निशानामा पर्दै गएको घटनाप्रति पत्रकार महासंघको प्रदेश तथा जिल्ला घटकलगायत सम्बद्ध संघ, संगठनले आपत्ति जनाएको छ। आन्दोलनरत् पक्ष र सुरक्षाकर्मीबाटै पत्रकारमाथि असुरक्षा र संचार सामग्रीको तोडफोडको घटनालाई लिएर पत्रकार सम्बद्ध संघ, संगठनले आपत्ति जनाएको हो। पत्रकार, संचारकर्मीमाथि असुरक्षा बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रतासम्बद्ध संघ, संगठनले…

पोखरामा पूर्वगर्भनर नेपालको प्रश्न, लगानी किन बढेन ?

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल दाबी गर्छन्, राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्र उत्साहित हुँदैन। र, देशमा वैदेशिक लगानी पनि भित्रदैँन।’ उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढेपनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे। सिंगापुर र चीनको दृष्टान्त दिँदै नेपालले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्, त्यहाँ विदेशी लगानी पनि बढ्ने…