
नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसीपमा २ रजत पदक जितेका छन्। अमेरिकाको क्यालिफोर्नियामा रहेको आर्काडिया हाई स्कुल जिम्नाजियममा हिँजो (शुक्रबार) भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा उपविजेता बन्दै २ रजत पदक जितेका हुन्। ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेशन युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथिको उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्र्समा प्रतिस्पर्धा गरेका थिए।…
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन्। समूहको शनिबार सम्पन्न २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा…
तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको टिम इभेन्टतर्फ नेपाली धावकहरुले वर्चस्व कायम राखेका छन्। नेपाली धावकहरुले क्रस कन्ट्री दौडको टिम इभेन्टतर्फको सबै उपाधि हात पारेका हुन्। नेपाली सेनाका शुशिल शाही, सिर्जन पौडेल र श्रीकस राईले टिम इभेन्टतर्फको क्रस कन्ट्री दौड जित्न सफल भए। निर्धारित ५० किलोमिटरको दूरी ४ घण्टा २० मिनेट १४ सेकेन्डमा पार गर्दै…
चिनियाँ धावकहरुले तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको च्यालेन्ज इन्डिभिजुअल महिला÷पुरुष इभेन्टतर्फको दुबै उपाधि जितेका छन्। पुरुषतर्फ चीनका यङ ज्याङ जेनले ३ घण्टा, ४४ मिनेट १२ सेकेन्डमा निर्धारित ५० किलोमिटरको निर्धारित दूरी पार गर्दै च्यालेन्ज इन्डिभिजुअल इभेन्टको पुरुषतर्फ च्याम्पियन बने। यस इभेन्टमा विजेता बनेका जेनले १ लाख ५२ हजार ८ सय रुपैयाँ (८ हजार आरएमबी)…
महिलातर्फ चिनियाँ धाविका झेङ वाङ रोङ क्रस कन्ट्री च्यालेन्ज इन्डिभिजुअल इभेन्टतर्फकी च्याम्पियन बनेकी छन्। रोङले उक्त दौड ४ घन्टा ४१ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनिन्। यस इभेन्टमा च्याम्पियन बनेकी रोङले १ लाख ५२ हजार ८ सय रुपैयाँ (८ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार जितिन्। नेपाली धाविका कल्पना बुढा उपविजेता बनिन्। ९…
पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न क्रियाशील पर्यटन व्यवसायीद्धारा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन्। होटल संघ पोखरा नेपालले शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान संचालनको माग राखेका हुन्। संघले मुख्य राजमार्गमा जारी स्तरोन्नति कार्यलाई पनि तीव्र रूपमा अघि बढाएर समयमै सम्पन्न गर्नुपर्ने मागसमेत राखेको छ। पर्यटन व्यवसायका लागि हवाई र स्थलमार्गको…
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खेल पर्यटनको माध्यमबाट नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन्। ‘खेल पर्यटनको माध्यमबाट नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउनुपर्छ, दुई देशबीचको गहिरो सम्बन्धले नै विकासको गतिमा अगाडि बढ्नेछ’, पोखरामा शनिबार आयोजना गरेको तेस्रो संस्करणको उद्घाटन मन्तव्यमा मन्त्री पाण्डेले जोड दिए। उनले प्रकृति र संस्कृतिको धनी नेपालमा चिनियाँ पर्यटक…
पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको छ। बृद्धाश्रमको व्यवस्थापनमा २ जना स्वास्थ्यकर्मीका साथै ९ बेड, थेरापी मेसिन एवं औषधी उपलब्धसहितको जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको हो। पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबार उद्घाटनसमेत गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सो कक्षको उद्घाटन गरेका हुन्। मन्त्री पौडेलले कार्यक्रममा…
पोखरामा शनिबार स्वरसम्राट नारायण गोपालको जीवनीसम्बन्धी पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को पुस्तक विमोचन गरिएको छ। पुस्तकको विमोचन कार्यक्रममा बोल्दै लेखक तथा अध्येता सायमीले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरे। सायमीले कालजयी गीतका गायक स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी बायोपिक चलचित्र बनाउने घोषणासमेत गरे। सायमीले भने, ‘म आफैले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदैछु।’ बरिष्ठ साहित्यकार सरुभक्तले…
कास्कीका बादल कार्की र नारायणी भण्डारीले पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री छात्रछात्रातर्फको ५ किलोमिटरको दौड जितेका छन्। बादलले सो दूरीको दौड १४ मिनेट ५७.३ सेकेण्डमा पूरा गरे। बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे। बादल कास्की मोर्डनाइज्ड र नारायणी छोरेपाटन माबिका विद्यार्थी हुन्। त्यसैगरी, छात्रतर्फ कालिका माबिका कृष्ण परियार दोस्रो भए भने…